पिण्ड : सुनिता निरौला पौडेल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,मंसिर १७ ।
“बा को सोह्रश्राद्ध प्रतिपदा तिथिको दिन थियो । सबै सामाग्री तयार पारे उनले । धेरै चोटि घडीमा हेर्दै छटपटिए, दश बजे आउँछु भनेका पुरेत बाजे बल्ल एक बजे, हस्याङफस्याङ गर्दै आए । ‘बिहान देखि एक छिन फुर्सद छैन् हजुर’, भन्दै श्राद्ध गर्न बसे ।
पुरेत भन्दै थिए ! ‘यहाँ श्राद्ध सकेर फेरि अर्कोतिर जानुपर्ने छ, भन्दै !’ श्राद्ध सुरु गरे । बाहिर गेटमा एक जना वृद्ध बा ‘मलाई धेरै भोक लागेको छ केही खान पाईन्छ की बाबू ? भन्दै थिएँ ।’ ‘एक छिन् पछि आउनु, खानलाई ! श्राद्द सकेर खान दिउँला, उनले भने ! ‘ति बृद्ध त्यहाँबाट पल्लो घर तर्फ लागे ।
‘बाबा यी, हजुरबा लाई भान्सामा पकाएको खिर दिन पाए खान्थे नि, छोराले भन्यो ‘श्राद्ध नसकी दिनुहुन्न’ ‘ह्या बाबा ती बृद्धबा, हाम्रो हजुरबा जस्तै त हुनुहुन्छ ।’ यसरी श्राद्ध गर्नु भन्दा यी आएका वृद्ध बाको भोको पेट भ¥यो भने पो हजुरबा पनि खुशी हुनुहुन्थ्यो’
श्राद्ध पनि सकियो । शहर बजारमा श्राद्धमा पिण्ड सेलाउनलाई खोलानाला नभएकोले बाटाको छेउमा पिपलको रुखनेर चोखो ठाउँमा राखिदिए उनले ।
एकै छिनमा, त्यहाँ टपरी बेपत्ता भयो । टपरीको पिण्ड त एक कुनामा बसेर, ति वृद्ध बाले पो खाईरहेका थिए । ऊनी आत्तिएर, कराए । ‘लौन यो बुढा बा ले के गरेका, त्यो फुटेको पिण्ड हेर्न हुँदैन भन्थे, बुढापाकाले ! हाम्रो पित्री तर्दैनन् अब ।’ ‘के गर्नु बाबु सारै भोक लाग्यो, खप्नै नसकेर !मैले खाएको पिण्डले तपाईंको ‘बा’ ‘अब साँच्चै तर्छ्न्, चिन्ता लिनुपर्दैन ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक