माघ १ गते हुने ११ औ तारेभिर पर्यटन महोत्सवको तयारी शुरु

माघ १ गते हुने ११ औ तारेभिर पर्यटन महोत्सवको तयारी शुरु

कपन अनलाइन
काठमाडौं, पुस १४।

हरेक वर्ष माघ १ गते नियमित रुपमा आयोजना हुदै आएको तारेभिर पर्यटन महोत्सवको तयारी शुरु गरिएको छ। गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा रहेको पर्यटकीय स्थलका रुपमा रहेको तारेभिरमा प्रत्येक वर्ष पर्यटन महोत्सव आयोजना हुदै आएको छ।

स्थानीय क्षेत्रको पर्यटन प्रवर्धनका लागि आयोजना हुदै आएको सो महोत्सवको तयारीका लागि पुस १३ गते प्रारम्भिक बैठक सम्पन्न भएको छ भने सो बैठकले विभिन्न महत्वपूर्ण निर्णय समेत गरेको वडा सदस्य सचिन लामाले जानकारी दिएका छन।

माघ १  गते संचालन हुने सो महोत्सवको  तयारी शुरु भएको  जानकारी दिदै मूल व्यवस्थापन समितिले सहभागिताका लागि सम्पूर्ण महानुभावहरुमा अनुरोध गरेको छ।

गोकर्णेश्वर नगरपालिका वडा नं ३ को गोकर्ण र बुढानिलकण्ठ नगरपालिका वडा नं ३ को बुढानिलकण्ठबाट सहज रुपमा पुग्न सकिने तारेभिरमा हुने सो महोत्सवमा विभिन्न आकर्षणहरु रहेका छन भने  महोत्सवको  दिन स्थानीय उत्पादन र सामाग्रीहरुको प्रदर्शन गरिने छ भने स्थानीय महिला समुह र संघ संस्थाहरुले विभिन्न प्रस्तुतिहरु दिनेछन।

कसरि पुग्ने तारेभिर ? 

काठमाण्डौ उपत्यकाकाका जुनसुकै स्थानबाट सजिलै पुग्न सकिने तारेभिर जानका लागि दुई वडा मार्ग प्रयोग गर्न सकिनेछ। सो स्थानमा पुग्न चुच्चेपाटी -जोरपाटी हुदै गोकर्ण पुलबाट सुन्ताखान बालुवा  हुदै तारेभिर पुग्न सकिन्छ।

त्यस्तै चक्रपथ -बाँसबारी हुदै बुढानिलकण्ठ देउवा चोकबाट बुढानिलकण्ठ वडा नं २ को बंदेली हुदै पनि तारेभिर पुग्न सकिन्छ।

तपाइँको प्रतिक्रिया ।