भाइरल बन्ने धुन : रञ्जना पराजुली लम्साल (लघुकथा)

भाइरल बन्ने धुन : रञ्जना पराजुली लम्साल (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,मंसिर १७ ।

जन्मले जम्ल्याहा नभएर पनि कर्मले एकैजस्तो बनेका गङ्गा र जमुनाका आनीबानीका धेरै व्यहोरा मिल्दाजुल्दा छन् । अनुहार पनि उस्तैउस्तै । लवाइ, खुवाइ, हिडाइ र उचाइ पनि उस्तै । फरक यत्रि हो गड्गा साहित्य सिर्जना गर्दिनन् । जमुनाका भने साहित्यिक कृतिहरू धेरैवटा प्रकाशित भइसकेका छन्, त्यसैले समयसमयमा गङ्गा भन्ने गछिन् – ‘पल्लाघरे शान्ताका दुईतीनवटा मात्र किताब छापिएकाछन् र पनि उनलाई सबैेले ठूला साहित्यकार मान्दारहेछन् । तिम्रो यत्तिका किताब छापिएका छन् । ती सबै राम्रा छन् भन्ने पाठक प्रतिकृया पनि मैले राम्रै पाउँदै आएको छु । तिम्रो भाषा अभिव्यक्ति र कला पनि सबैले
उत्कृष्ट मान्छन् तैपनि तिमीलाई कसैले चिन्दैन, किन ?’ उनको यो प्रश्नमा आफ्नो अनभिज्ञता प्रकट गर्दै जमुनाले भनिन् – खै, किन . . किन . .?’
गङ्गा र जमुनाको यस्तो सम्वाद बाटोदेखि नै सुन्दै आएकी छिमेकी शारदाले उनीहरूको जम्मै कुरा बुझिसकेको जस्तै गरी भनिन् अब भाइरल बन्नुप¥यो भाइरल, अनि पो सबैले चिन्छन्, कोठामा बसेर ध्यान गरेर चिन्तन गर्दैमा र लेख्दैमा मात्र पपुलर भइने हो र ? पपुलर बन्न उच्छृङ्खल साहित्य लेख्नू, जहाँ गए पनि जे गरे पनि तालतालका फोटो फेबुकमा हाल्नू, नक्कल झक्कल पार्नू र नाक मुख जिउ यताउता हल्लाउँदै थरीथरीका फेसबुकमा टिकटक बनाउनू अनि त एकैचोटि चर्चामा आइहालिन्छ नि ।’
शारदाका यस्ता कुरा सुनिरहेकी जमुनालाई केके असहज भएछ । उनले सारीको सप्को तानेर आफ्नो मुख छोप्दै शारदालाई हेरिरहिन् ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।