पृथ्वी :लक्ष्मी रिजाल (लघुकथा)
कपन अनलाइन
काठमाडौं, पुस १३।
“पृथ्वी भनेको सहनशीलताको प्रतिमूर्ति हो ।” हजुरबाले भन्नुभयो, “जो लाखौँ चोट सहेर पनि सबैलाई अँगाल्न तयार छ ।”
त्यसबेला गर्मीयामको साँझ थियो । म बालुवामा खेल्दै आकाशतिर हेर्दै थिएँ । सोच्दै थिएँ, के पृथ्वीले कहिल्यै थाकेको होला ?
“हजुरबा”, मैले सोधें, “पृथ्वी किन सधैँ मौन छ ?”
उहाँले गहिरो सास फेर्दै भन्नुभयो, “किनकि उसले जान्दछ, बोल्नुभन्दा सहनु ठूलो कुरा हो । चोट, अन्याय, विनाश– सबै उसले भोग्छ । तर उसले कहिल्यै बदला लिँदैन । बरु नयाँ जीवन दिन्छ । हरियाली फिजाउँछ । नदी बगाउँछ ।”
“तर के पृथ्वी पनि कहिल्यै थाक्छे ?”
हजुरबा एकछिन मौन बस्नुभयो । अनि मुस्कुराउँदै भन्नुभयो, “पृथ्वी कहिल्यै थाक्दिन तर हामीले उसलाई सुन्न नसकेर ऊसँग संवाद गर्न छोड्छौँ ।”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।