थलीको बेहाल सडकमा कस्टपूर्ण जाम

थलीको बेहाल सडकमा कस्टपूर्ण  जाम

कपन अनलाइन 

काठमाडौं ,असार २।

चावहिल -साँखु सडकको थली खण्डमा सडक निर्माण नहुदा स्थानीयहरुले निकै ठुलो सास्ती भोग्दै आएका छन। लामो समय देखि निर्माणाधीन रहेको उक्त सडक खण्डको निर्माणका लागि प्रदर्शन ,विरोध र धेरै प्रकारका पहलहरु गरिएता पनि सडकको अवस्था भने जस्ताको जस्तै रहेको छ।

अहिले सडकको दुरावस्थाका कारण सो क्षेत्रका घरहरुमा क्षेती पुग्ने संभावना रहेको छ भने त्यस स्थानमा दिनहु सवारी जाम पनि हुने गरेको छ।सडकमा रहेको अवरोध हटेता पनि सो खण्डको निर्माण जिम्मा पाएको ठेकेदार कम्पनीको लापरवाहीका कारण सिर्जना भएको बेहाल अवस्थाले जनतालाई भने निकै कस्टकर अवस्थाको सामना गर्नु परेको छ।

काठमाडौं महानगरपालिका ,गोकर्णेश्वर ,कागेश्वरी मनोहरा र शंखरापुर नगरपालिकाको मुख्य सडकको महत्वपूर्ण खण्डमा रहेको जिर्ण सडकका कारण काठमाडौंको उत्तरपूर्वी क्षेत्रका स्थानीयहरु कै आवागमनमा समस्या परेको भन्दै वेला वेलामा नारा जुलुस,जनप्रतिनिधिको निरीक्षण ,अवलोकन भएपनि यो खण्डको अवस्था भने सुधार हुन् सकेको छैन।

यस सडको तत्काल सुधारको पहल गर्नका लागि सरोकारवाला पक्ष संग अनुरोध गदछौ।

कपन अनलाइनको पाठक चौतारीका लागि :

थली क्षेत्रका स्थानीयहरू 

( तपाईहरुको स्थानीय क्षेत्रमा कुनै समस्या भए [email protected] मा पठाउन सक्नुहुनेछ )

 

 

तपाइँको प्रतिक्रिया ।