सत्ता सुखको लागि पार्टी सिद्धयाउने ?

सत्ता सुखको लागि पार्टी सिद्धयाउने ?

कपन अनलाइन

काठमाडौं ,कार्तिक १९।

शत्ता सुखको लागि पार्टी  सिद्धयाउने ? यो  तिमिहरुको पेवा हैन।नेपाल कम्युनिस्ट पार्टी( नेकपा) भित्रको अहिले देखिएको बिवाद हिजोको पुर्ब गुटहरुको लडाई भनेर अतिरन्जित हल्ला जस्ले गर्छ उ नै अवसरबादी हो।अहिलेको लडाई भनेको पार्टी संगठनका बैठकमा भएका गरेका निर्णयहरु मान्ने मनाउने बिचको बिबाद हो।

त्यसैले को कहाँ करेक्सन हुनुपर्ने  हो। सुझबुझ पुर्ण अगाडि बढी देश र जनताको दुखेको घाउमा मलम लगाउनुहोस। कोभिड १९ले थला परेका जनता तथा आर्थिक रुपमा जरजर भएको बेला जथाभावी बेमौसमी हल्ला गरेर जनतालाई आच आउने गरि नेता कार्यकर्ताको मान मर्दन गरि अबमुल्यन गर्ने कहि कसैलाई छुट छैन र कहि कतैबाट टिप्पणी गर्न पाइदैन।

यो विषम परिस्थितिमा पार्टी एकतालाई जोगाउन सबै नेता कार्यकर्ता कसैको कित्तामा उभिएर त्यस्तो कार्यको समर्थन वा बिरोध नगरी सहि बाटो रोजि पार्टी एकताका लागि आवाज बुलन्द गर्न अनुरोध गर्दछु।हामी तपाईहरुको दास हैनौ हेक्का रहोस। एक्काइसौं शताब्दिका चेतनशिल  नागरिक,सामाजिक कार्यकर्ता हौ।

मुरारी प्रसाद भण्डारी 

सचिव

नेपाल कम्युनिस्ट पार्टी( नेकपा )फिक्कल गाउपार्टी कमिटी

 

 

 

तपाइँको प्रतिक्रिया ।