गजल : गंगा लिगल

गजल : गंगा लिगल

कपन अनलाइन

काठमाण्डौ ,माघ १५।

आज नेपाल भएर नै हामी नेपाली छौ
नेपाल भएर नै हामी गौरबशाली छौ ।

देश डगमगिए हामी कमजोर हुन्छौ
त्यसैले देश सेवक हामी भाग्यशाली छौ ।

एकता यो नै एउटा महान हतियार हो
यही शक्ति लिएर नै हामी शक्तिशाली छौ ।

बुद्धको प्रज्वलित शान्ति दीप जलाउछौ
यो गरिमामय शानले हामी प्रतिभाशाली छौ ।

हरियाली सौन्दर्य प्रकृतिको राग छ यहाँ
यही स्वर्ग रुपी देशका हामी नेपाली छौ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।