कागेश्वरी मनोहरा नगरपालिका–७ मुलपानीमा दम्पत्तिमाथि गोली प्रहार
कपन अनलाइन
काठमाडौं, पुस १४।
कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित मुलपानीमा दम्पत्तिमाथि गोली प्रहार भएको छ । गए राति साढे १० बजे अर्जुन श्रेष्ठ र शान्ति देवी श्रेष्ठमाथि गोली प्रहार भएको हो।
गोली प्रहारमा संलग्न खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ घर घएका ३७ वर्षीय साहिर शंकरलाई प्रहरीले पक्राउ गरेको छ । शंकरको साथबाट १ थान अटोमेटिक पेस्तोल र ९ राउन्ड गोली बरामद गरिएको छ ।
रिद्धिसिद्धि बसपार्क नजिकै श्रेष्ठ दम्पतीको घरमा प्रवेश गरेर आरोपीले गोली प्रहार गरेका thiy । प्रतिकारको क्रममा शंकर पनि घाइते भएका छन् । तिनै जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
तपाइँको प्रतिक्रिया ।