बुढानिलकण्ठ नगरपालिका वडा नं ६ मा जनसंवाद कार्यक्रम सम्पन्न

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ मा जनसंवाद कार्यक्रम सम्पन्न

कपन अनलाइन
काठमाडौं, पुस १४।

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ मा जनसंवाद कार्यक्रम सम्पन्न भएको छ।

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं ६ कमिटीको आयोजनामा भएको सो कार्यक्रममा वडाले गरेका कामहरुका बारेमा जानकारी प्रदान गर्नुका साथै स्थानीयहरुको सुझाव र गुनासोहरुलाई सम्बोधन गरिएको थियो।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी अध्यक्ष तथा पुर्व प्रदेस सभा सदस्य दिपक निरौला ,उपप्रमुख अनिता लामा,वडा अध्यक्ष रवी खड्का सहित वडा सदस्यहरुको उपस्थितिमा भएको सो कार्यक्रममा स्थानीयहरुले विभिन्न सुझाव तथा समस्याहरु राखेका थिए।

सो कार्यक्रममा सम्बोधन गर्दै वडा अध्यक्ष रवी खड्काले चुनावी घोषणा पत्रमा उल्लेख गरिएका योजना तथा कार्यक्रमहरु अधिकांश सम्पन्न भएको केहि सम्पन्न हुने चरणमा रहेको जानकारी दिएका थिए।

२०८० साललाई पानी खुवाउने वर्षका रुपमा घोषणा गरेको स्मरण गर्दै अध्यक्ष खड्काले त्यसका लागि वडाका विभिन्न स्थानमा खानेपानी योजना सम्पन्न र निर्माणाधीन रहेको जानकारी दिएका थिए।

नेकपा एमाले पासिकोट टोल कमिटीको व्यवस्थापन र वडा नं ६ का अध्यक्ष प्रशान्त डंगोलको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्दै नगर प्रमुख मिठाराम अधिकारीले स्थानीय जनताले राखेका समस्याहरु समाधानका लागि नगरपालिकाले पहल गर्ने प्रतिवदत्ता व्यक्त गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।