माननीय ज्युलाई खुल्ला पत्र !

माननीय ज्युलाई खुल्ला पत्र !

कपन अनलाइन

सिन्धुपाल्चोक , चैत्र २५ /जयराम आचार्य 

हिजो इन्द्रावती गाउँपालिका सिन्धुपाल्चोकमा भएको घटनाको विषयमा सामाजिक सञ्जाल र विभिन्न अनलाईन सञ्चार माध्यममा विभिन्न खालका आरोप प्रत्यारोप र टिप्पणी देखे र पढे,पढे पश्चात दुइ शब्द नलेखी बस्नै सकिन।

माननीय ज्यू तपाईं सिन्धुपाल्चोक जिल्लाको मात्र नभई बागमती प्रदेशकै एक जिम्मेवार  व्यक्ति  हुनुहुन्छ।नामको अगाडी माननीय राखेर गर्नु भएको यस्तो क्रियाकलाप प्रति मेरो ठूलो गुनासो छ। म मान्छु , जननिर्वाचित जनप्रतिनिधि तपाईंलाई सम्मान चाहिन्छ र त्यो हामीले गरेका छौं  अनि अझै पनि गर्छौं।

तर यस घटनाले एक सार्वजनिक पद धारण गरेको एक जिम्बेवार व्यक्तिले सार्वजनिक स्थानमा कस्तो व्यवहार गर्नुपर्दछ भन्ने कुराको पर्याप्त जानकारी नभएको दर्साउँछ। तपाईंमा पद र पैसाको उन्माद चड्यो कि  जस्तो पनि लाग्छ कहिले काही ।

सामाजिक विकासमन्त्री जस्तो गरिमामय पद धारण गरीसक्नुभएको तपाईंजस्तो व्यक्तिले कुनै सामान्य कार्यक्रममा प्रमुख कसलाई मान्ने भन्ने विषयलाई लिएर सार्वजनिक स्थानमा सांघातिक आक्रमणमा उत्रनुले हामीजस्ता तपाईंका लागि अहोरात्र खटेर त्यो स्थानमा पुर्याउने जनताका लागि लज्जास्पद कुरा हैन र ?

यस्तो हर्कत कुनै लोकतान्त्रिक पद्धतिलाई अंगाल्ने व्यक्तिभन्दा पनि अराजक मानसिकता बोकेका व्यक्तिहरूबाट हुने गर्दछ हामी तपाईंबाट पट्टकै यो चाहँदैनौं।

माननीय ज्यु  चाहे जुनसुकै पार्टी ,गुट ,व्यक्ति ,संस्था होस्। आफ्नो क्षेत्रमा हुँदै गरेको सकारात्मक कामको हर तवरले सहयोग गर्नुको साटो सयौ जनताका सामु उत्तेजित हुनुभयो र विवादित तुल्याउनुभयो।

तपाईलाई एउटा प्रश्न सोध्न चाहन्छु माननीयज्यू चुनावमा भोट माग्न जाँदा पनि के यसरी नै प्रस्तुत हुनु हुन्छ ? अनि तपाईंबाट आशा र अपेक्षा गरेका जनतासामु पनि यसै गरि जानुहुन्छ?

म  माननीय ज्यूलाई याद दिलाउन चाहन्छु ।त्यही जनताले लोकतान्त्रिक पद्धतिबाट काम गर्न लोकतान्त्रिक पद्धतिलाई अनुसरण गर्दै मतदान गरेर तपाईलाई त्यहाँ पुर्याएको हो भन्ने कुरा ख्याल गर्नुहोस्।त्यसैले त तपाईं आज माननीय हुनु भएको छ। आज हामीले तिरेको करबाट यो सुविधा उपभोग गरिरहनुभएको छ । यो तपाईंको जन्मसिद्ध अधिकार हैन जनताको विस्वासको सुविधा हो।

एक जिम्मेवार  नागरिकको हैसियतले एउटा जनप्रतिनिधीबाट लोकतान्त्रिक अभ्यासको अपेक्षा गर्नु मेरो गल्ती हो भने म सजाय भोग्न तयार छु। र प्रश्न सोध्न चाहन्छु?

तपामाननीय ज्यु  तपाईं आफ्ना क्षेत्रका जनतालाई के सिकाउन चाहनुहुन्छ ?यदि यी कुरालाई आक्रोशित र आक्रमक नभईकन सल्लाह गरेर अगाडि बढ्नु भएको भए के तपाईंको सम्मानमा आँच आउँथ्यो?

हामी जनता तपाईंबाट अरु धेरै अपेक्षा राख्दैनौ।हाम्रो क्षेत्रमा राम्रो भौतिक पुर्वाधारको विकास होस् ,यातायात को सुविधा होस, स्वास्थ्य मा सबैको पहुँच होस्। तर त्यो भन्दा पहिला माननीयको बिल्ला भिरेर समाजलाई आतंकित बनाउने भन्दा पनि सुरक्षित महसुस गर्न पाइने समाजको निर्माण होस।आहिले यत्ति मात्र लेखे। तपाईंको बाँकी रहेको कार्यकाल उपलव्धिमुलक र उदाहरणीय बनोस् शुभकामना।

 

तपाइँको प्रतिक्रिया ।