आज ८ मार्च अनि ११० औं नारी दिवस

आज ८ मार्च अनि ११० औं नारी दिवस

कपन अनलाइन

काठमाडौं, फागुन २५/ कमला लम्साल

आज ८ मार्चमा विश्वभर ११० औं नारी दिवस । नारि दिवसको सही अर्थ के हो? के हो यो यसको उदेश्य? उदेश्य पुरा भए नभएको अनुगमन कसले गर्छ । विभिन्न खर्चालु कार्यक्रम गरेर मनाईरहंदा मेरो मनमा भने विभिन्न प्रश्न खेलीरहेको छ ! कहाँ सोध्दा उत्तर आउंछ तो पनि थाह छैन ?

आज बिश्वले ११० औं नारी दिवस मनाईरहदा पनि नेपालमा महिला उत्पीडिन भयावह अवस्थामै रहेको छ । महिला र पुरुष बराबरी भनिए पनि धेरै प्रकारका भेदभाव र असमानताहरु कायमै छन् । महिलालाई घर, टोल, समाज हुँदै राज्य तहमै महिलालाई दोस्रो दर्जाको रुपमा हेर्ने दृष्टिकोणमा भने कमी आएको छैन  । उनीहरु बलात्कार र घरेलु हिंसाका शिकार भइरहेका छन् । घाँस, दाउरा र चुल्हो चौकामा सीमित गरिनुका साथै महिलाहरुलाई अपमानित ढंगले  हेप्ने प्रबृत्तिमा कमी आएको छैन  । सामाजिक सञ्जालमा नारीको महिमा मण्डित हुने गरी अनेक कथा\पटकथन निर्माण भएका छन्। लाग्छ त्यसले नारीलाई नै हेपीरहेको छ।

अझ जो दैनिकी चलाउन श्रम गरिरहेकी हुन्छिन उनीलाई नारी दिवस भनेको के हो सम्म पनि थाहा छैन । उनि थाहा छ त् केवल आज काम नगरे बेलुका के खाने? बालबच्चालाई के खुवाउने?

समाजको श्रमिक महिलाहरुलाई नारि दिवसले समेट्न सकेको छ जसो लाग्दैन कति नारीहरु त् नारी दिवसको आवाज उठाउनेको घरमा नै दैनिकी चलाउन श्रम गरिरहेकी छिन।

आज आनुपूर्ण पोस्टमा आएको बासु क्षितिजको कार्टुनले सारै मन छोएको छ र लाग्छ त्यो कार्टुनले हाम्रो समाजको यथार्ता देखाएको छ। हुन् पनि धेरै जसो घरमा हुने त्यही नै हो।

समानताको पुस्ता: अन्त्य गरौँ हिंशा विभेद र असमानता नारा रहेको यो बर्षको नारि दिवसले कतिको समानता ल्याउने हो त्यो भने हेर्न बाँकि छ। यहाँ त् नारि र पुरुषबिचको विभेद भन्दा पनि नारी- नारी बिचको विभेदले समाजमा जरो गाडिसकेको छ । बर्गीय विभेदले गर्दा आज नारि- नारी नै बीच विभेद सुरु भएको छ। यसको अन्त्य कहिले हुन्छ? थाहा छैन।

सन् १९१० मा कोपेनहेगेनमा महिलाहरूको द्वीतीय अन्तर्राष्ट्रिय सम्मेलनमा जर्मनी मार्क्सवादी नेतृ क्लारा जेटि्कनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने प्रस्ताव राखिन् र त्यो प्रस्ताव पारित भएपछि सन् १९११ देखि विश्वभरिका महिलाहरूले ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउन थालेका हुन् ।

राजनितिक तवर बाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् ।

नेपालमा  भने नेपालमा वि.सं.२०१६ साल अर्थात् सन् १९५९ प्रधानमन्त्री बिपी कोइरालाको पालादेखि नियमितरूपमा यो दिवस मनाउन थालिएको हो ।

महिला अधिकार , महिला सशक्तिकरण र समानता आदि सवालहरूलाई नारी दिवसको बिषय को रुपमा लिएर कार्य गर्न सुरुवात गरिएता पनि यसले कति महिलाहरुलाई सबल र सशक्तीकरण गराउन सफल भएको छ वा नारी दिवस मनाउनुको उदेश्य  पुरा भए नभएको अनुगमन कसले गर्ने त्यो आफ्नै ठाउँमा होला।

हाम्रो देश नेपालले पनि धेरै बि.स २०१६ साल( १९५९) देखि नारी दिवस मनाउदै आएतापनि यसको उपलब्धि कति भएको छ त्यसको लेखाजोखा गर्ने कुनै निकाय छैन ।

नारी दिवस मनाउन भनेर सरकारले सार्वजनिक बिदा पनि घोषणा गरेको छ। स्थानीय तहमा नारी दिवस मनाउन भनेर  वडामा, नगरमा विभिन्न कार्यक्रम गरिएको हुन्छ ।कार्यक्रम गरे बापत  नगरमा बजेट पनि पास गर्छन।तर दुखको कुरा त्यो कार्यक्रममा सहभागि हुने  भनेको समाजका ठुला जान्ने सुन्ने, सम्भ्रान्त एबम पहुचवाला नारी र पुरुषहरु नै हुन्छन।

अहिले नारिको नाममा महिला शसक्तिकरणको लागि भनेर जति पनि कार्यक्रमहरु हुने गर्छन् त्यसमा प्रमुख अतिथिको रुपमा पुरुषले सम्बोधन गरिरहेका हुन्छन।श्रमिक / महिलाहरुको उपस्थिति त्यस्तो कार्यक्रममा न्यून हुने  गर्दछ।

 

तपाइँको प्रतिक्रिया ।