बुढानिलकण्ठका दुई महत्वपूर्ण समितीहरुले पत्र बुझे, नगरपालिकालाई धन्यवाद

बुढानिलकण्ठका दुई महत्वपूर्ण समितीहरुले पत्र बुझे, नगरपालिकालाई धन्यवाद

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २५।

बुढानिलकण्ठ नगरपालिकाले गठन गरेका दुई महत्वपूर्ण समितीहरुले औपचारिक रुपमा काम थालेका छन।

बुढानिलकण्ठ नगरपलिकाले २०८० चैत्र ३० गते गठन गर्ने निर्णय गरेका सार्वजनिक जग्गा संरक्षण समिती र नगर पर्यटन बोर्डका पदाधिकारी तथा सदस्यहरुले नगरपालिकाबाट जिम्मेवारीको पत्र बुझेका छन।

सार्वजनिक जग्गाहरुको अभिलेखीकरण,पहिचान र संरक्षणका लागि गठन गरिएको समितीको संयोजक  लक्ष्मी प्रसाद संग्रौला रहेका छन भने सदस्यहरुमा  सुरेन्द्र लामा,निशा बराल,मंगलदास महर्जन,गोविन्द कटवाल ,छन्द प्रसाद आचार्य,तारा मिझार ,मैना पराजुली,धनराज कोइराला र बिकाश खत्री रहका छन।

त्यस्तै नगरपालिकाको पर्यटन प्रवर्धनका लागि गठन गरिएको समितीको संयोजक अर्जुन पाण्डे रहेका छन भने सदस्यहरुमा जया बराल,दिल कुमार पहाडी,संगम शेर्पा,बिनय खत्री,बैकुण्ठ अधिकारी,बिन्दिरा महर्जन,महेश श्रेष्ठ र विजय तामाङ्ग रहेका छन।

दुवै समितीहरुले पत्र बुझे संगै पहिलो बैठक बसेर जिम्मेवारी प्रदान गरेकोमा नगरपालिकालाई धन्यवाद दिदै आगामी कार्ययोजना निर्माण गर्ने निर्णय गरेका छन।

तपाइँको प्रतिक्रिया ।