विद्यार्थी र राजनिती : मुर्खबाट शासित हुने कि आफू शासन गर्ने ?

विद्यार्थी र राजनिती : मुर्खबाट शासित हुने कि आफू शासन गर्ने ?

कपन अनलाइन

काठमाण्डौ,फागुन ६/मनोज सापकोटा

राजनिती निति हरुको पनि नीति हो। राजनितिले निती बनाउने काम गर्छ। तर अहिले राजनिती भन्ने बित्तिकै मानिसले नराम्रो बुझ्छ्न, नेगेटिभ लिन्छ्न।

गाउघर तिर कसैले केही बिगार्दियो भने यस्ले राजनीति खेल्यो भनेर भन्छ्न। राजनितीलाई मान्छेले हेर्ने दृष्टिकोण नै अहिले फरक भएको छ। राजनितीलाई फोहोरी खेल भन्न थालिएको छ, टाठा बाठाको कमाइ खाने भाडा भन्न थालिएको छ र भष्टाचार गर्ने पेसा भन्न थालिएको छ।

सायद राजनिती प्रती कुण्ठा रिस आबेग आउनु पनि स्वाभाविक नै हो ।अहिलेको परिस्थिति हेर्दा त्यो स्वभाबिक नै देखिन्छ। युवा तथा विद्यार्थी नवीन खोज्छ्न छिटो खोज्छ्न राम्रो रोज्छ्न चाहे त्यो नेता होस वा बिकास । अधिकार प्राप्तिका निम्ति निरङ्कुश शासकहरूविरुद्ध सधैँ सबभन्दा पहिले धावा बोल्ने विद्यार्थी संगठनहरू नै थिए । यो सर्वस्वीकार्य विषय हो ।भनिन्छ विद्यार्थी भनेका भबिस्यका कर्णधार हुन ।

राजनिती प्रती यस्तो वितृष्णा आइरहेको अबस्थामा शिक्षित विद्यार्थीलाई राजनिती बाट टाढा राख्दा देशको अवस्था के होला? ,अब आँउ बिद्यार्थी राजनिती तर्फ ,आज भोलि ठूलो स्वरले कराएर भनिन्छ विद्यार्थीलाई राजनिती गर्न दिनु हुन्दैन। राजनिती भनेको फोहोरी खेल हो । के साच्चै विद्यार्थीले राजनीति गर्नु हुँदैन त…? के यो फोहोरी खेल नै हो त …? विद्यार्थीले राजनीति नै गर्नु हुन्न भन्ने नितान्त गलत छ तर कुन उमेर समूह र कुन लेभल का विद्यार्थीले राजनिती गर्ने भन्ने प्रमुख कुरा हो।

फेरि राजनीति भन्ने बित्तिकै पार्टीको झण्डा बोक्दै नेताको चाकडी गर्ने नितान्त होइन यसैलाइ सुधार गर्नको लागि पनि नयाँ पुस्तालाइ राजनितीमा जागरुक गराउनु पर्छ। विद्यार्थीहरुमा राजनिती चेत खुलाउनु पर्दछ।अहिले राजनिती लाई जुन प्रकारले हेरिन्छ त्यो दृष्टिकोण परिबर्तन गराउनु पर्दछ। स्कुल लेबलका विद्यार्थीलाई राजनितीमा सामेल गराउनु गलत हो तर राजनीति गर्नु नै गलत हो, राजनिती गर्नै हुन्न्न भनेर शिक्षा दिनु पनि नितान्त गलत हो।

उनिहरुलाई राजनितिको बारेमा ज्ञान भने दिनुपर्छ ताकी उनिहरुले के गलत के सहि छुट्याउन सकुन।राजनितीलाई सामान्य बुझ्न सकुन ।कलेज पड्ने विद्यार्थीलाई भने राजनिती गर्ने छुट दिनुपर्छ। कलेज पड्ने विद्यार्थी भन्ने बित्तिकै उनिहरु 18 बर्ष भन्दा माथिका हुन्छन। यो उमेरका सबैलाइ के राम्रो के नराम्रो भन्ने कुरा थाहा हुन्छ र उनिहरु परेको समस्या समाधान गर्न पनि सक्ने हुन्छ्न। राजनितिलाइ केही ब्यत्ती र पार्टीले फोहोरि खेल बनाएका कुरालाइ नकार्न सकिदैन। राजनिती फोहोरी खेल हो भनेर फोहोरलाई सफा गर्ने तिर लाग्ने कि फोहोर बाट नै टाढा भाग्ने त्यो आफ्नो स्वतन्त्रता को कुरा होला।

तर यदि कुनै ठाउमा फोहोर छ भने त्यो तेतिकै जादैन त्यस्लाइ उठाएर फाल्न आफैले हिम्मत गर्नुपर्ने हुन्छ।यसलाइ अब सुधार गर्न पनि विद्यार्थीलाई राजनितिक चेत खुलाइ राजनिती गर्नु पर्छ भनेर हौसला बढाउनु पर्छ। प्लेटोको एउटा भनाइ पनि छ, राजनीतिमा भाग नलिनुको सबै भन्दा ठूलो दण्ड यहि हुन्छ कि मूर्ख व्यक्तिले तपाईमाथि शासन गर्न थाल्दछन् ।

त्यसैले मुर्खबाट शासित हुने कि मुर्ख लाई हटाएर आफुले सहि शासन गर्ने त्यो आफ्नो स्वतन्त्रताको कुरो हो। नया पुस्ता र शिक्षित पुस्तामा राजनीति प्रती आइरहेको वितृष्णाले भोलिको नेपालको भबिस्य राम्रो देखिदैन। तर अहिले नै सबै कुरा बिग्रेको भने छैन। यसलाइ सुधार गर्न सकिने थुप्रै विकल्पहरु पनि छ्न।

आजका विद्यार्थी नयाँ प्रबिधि तथा इन्टरनेट सङग नजिक हुन्छन जसले गर्दा देश तथा बिदेशका हरेक कुनाको कुरा सबै एकै छिनमा थाहा पाउछ्न। नयाँ प्रबिधि हरुको बारेमा पनि एकैछिनमा थाहा पाउँछन्। बिकासका मोडेल प्रबिधिको बिकास कसरी भएको छ भन्ने कुरा पनि एकैछिनमा थाहा पाउँछन्।युवा उमेर भनेको जोसिलो उमेर हो केही गरौ भन्ने उमेर पनि हो ।

त्यसैले विद्यार्थी उमेरमा विद्यार्थी लाई राजनिती गर्नु पर्छ भन्ने भावना बिकास गराउनु पर्दछ। जसले गर्दा सबल र शिक्षित विद्यार्थीले राजनिती गर्न थाल्छ्न, नया बिकासका मोडेलले र नया प्रबिधिको प्रयोगले गर्दा बिकासको गति द्रुत हुन्छ। भारतका पूर्वउपराष्ट्रपति, भारतीय काङ्ग्रेसका नेता तथा समाजवादी विचारधाराका अनुयायी जसलाई भारतमा जननायक पनि भनिन्छ, नेता राम मनोहर लोहियाले ‘विद्यार्थी और राजनीति’ भन्ने एउटा पुस्तिकामा, ‘यदि विद्यार्थी राजनितीमा गर्न चाहँदैन र राष्ट्रिय राजनीतिमा वास्था नै नराखी जस्तो चलेको छ त्यस्तै नै चल्न दिन्छ भने त्यो सबै भन्दा मुलुकका लागि खतरा हुन्छ,’ भन्ने कुरा उल्लेखगरी विद्यार्थी राजनीतिको भूमिका र महत्वबारे प्रष्ट पारेका पारेका छन् ।

राजनीतिज्ञहरूको गतिविधि, नीति कार्यक्रम वा राज्य सम्पूर्ण राजनीतिक अवस्थाको अध्ययन गर्ने निरीक्षण गर्ने भूमिका निर्वाह गर्दछन्। विद्यार्थी सङ्गठनहरू एउटा दबाब सिर्जना गर्ने निकायका रुपमा रहेका हुन्छन्। जसले अन्याय, अव्यवस्था, कुव्यवस्था असमानताका विरुद्ध दबाब सिर्जना गर्दछन्।

विद्यार्थी राजनीतिबाटै नीति बनाउन र ल्याउन आवाज उठ्छन् र उठाउँछन् । विद्यार्थीहरूमा राजनीति चेतना भए उसले आफ्नो घर, समाज, राष्ट्रमा राजनैतिक चेतना फैलाउँछन्। सामाजमा स्वच्छ सुसंस्कृति राजनीतिक वातावरण बनाउन विद्यार्थी राजनीति र विद्यार्थी सङ्गठनहरूले धेरै मद्दत पुर्याउँछन् ।

तपाइँको प्रतिक्रिया ।