सुवर्ण शमशेर क्रिकेट मैदान विर्सिएकी क्या हो ?…………..

सुवर्ण शमशेर क्रिकेट मैदान विर्सिएकी क्या हो ?…………..

कपन अनलाइन
काठमाडौं,माघ २३।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ को पश्चिम उत्तर सिमानामा एउटा ठुलो क्षेत्रफलमा रहेको एउटा जग्गामा बालुवाको थुप्रो र केहि अलपत्र संरचना देखे संगै यो पंक्ति कार संगै रहेका एक संचारकर्मीको प्रश्न थियो, सुवर्ण शमशेर क्रिकेट मैदान विर्सिएकी क्या हो ?

एकाएक आएको उनको यो प्रश्नले एकैपटक हजारौ प्रश्न र हामीले खर्च गरेका शव्दहरुको बाढी झैँ मनमा आएको थियो त्यस बेला ,अनि म सोच्दै थिए किन बनेन यो मैदान ?

नेपालका प्रभावशाली मानिने सांसद तथा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा प्रतिनिधि सभा सदस्य रहेको क्षेत्रमा नेपाली  कांग्रेसको विस्तार र मजबुतीकरणमा निकै ठुलो योगदान पुर्याएका र नेतृत्व समेत गरेका नेता सुवर्ण समशेरको नाममा बन्न लागेको यो क्रिकेट मैदान किन अलपत्र बनेको होला ? मेरो मानस पटलमा आएको पहिलो प्रश्न थियो।

क्षेत्रमा विकासका योजनाहरुका वारेमा पटक पटक मन्त्रालय र सम्बन्धित निकायमा पुग्ने र कतै विकास निर्माणमा डोजर चल्ने वितिकै फोटो खिच्न पुगिहाल्ने नेता भनेर परिचय बनाएका पुर्व प्रदेश सभा सदस्य न्ह्युछे नारायण श्रेष्ठले यस विषयमा किन कहिलकाही नेताहरु पुग्ने वितिकै तस्विर खिच्नु भन्दा देखिने गरी किन ठोस पहल गर्दैनन् ? यो मेरो मानस पटलमा आएको दोश्रो प्रश्न थियो ?

बाल्यकाल देखि नै यस भेगका कुना काप्चाहरु संग परिचित र निकट उद्धव प्रसाद खरेल २०७४ मा नगर प्रमुख बन्दा किन यस मैदानलाई सम्पन्न गर्नका लागि प्रभावशाली कदम चाल्न सकेनन / चाहेनन् वा सानो राजनीतिक घेरा जस्तै साँघुरो बुझाईलाई चिर्न सकेनन ? तेश्रो प्रश्न पनि आइरहेको थियो।

२०७४ सालमा निर्वाचित प्रदेश सभा सदस्य कुसुम कुमार कार्की र २०७९ सालमा निर्वाचित प्रदेश सभा सदस्य जयराम थापाको प्रातकालीन भ्रमण गगर्दा सडकमा हिड्ने तर सो मैदानमा उनीहरुले एक पटक फर्केर समेत नहेर्ने नेता भनेर भन्नुपर्ने अवस्था किन आयो होला ? यस्तो प्रश्न पनि दिमागमा आइरहेको थियो।

बागमती प्रदेसको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा सो मैदान निर्माण गरिरहेको सुवर्ण समशेर क्रिकेट मैदान निर्माण समितीले ६३.०९ घनमिटर पिसीसि र  उपभोक्ता समितिलाई  बढी भुक्तानी दिएको उल्लेख गर्दा समेत किन कोहि सरोकारवालाले ठोस कदम नलिएको होला ? यो प्रश्नले पनि घोचिरहेको थियो।

अनि नगरपालिकाले करोड रुपैया बजेट छुट्टाएर मैदान निर्माणको जिम्मा लिने निर्णय नगर सभाबाट पारित गरेर योजनमा ठोस प्रगति गर्न नसकेर किन रकमान्तर गरेको होला ? अर्को प्रश्न पनि संगै आएको थियो।

धेरैलाई लागेको होला कति यो मैदानको लागि स्थानीय संचार माध्यमले शव्द खर्च गरेका होलान ? वा यसको विकास गर्छु भन्ने सपना बेचेर संसद ,प्रदेस सभा र नगर सभाको हलमा बस्न पुगेका गैर जिम्मेवार (!) प्रतिनिधि हरुलाई पनि लागेको होला कति यिनीहरुले खेदिरहेका होलान? अनि तिनै नेताहरुको अगि पछी लागेर विभिन्न रंग र ढंगका स्वाद चाखेकाहरुलाई लाग्न सक्छ कतै यिनीहरु आफ्ना नेताको विरोधी पो हुन् कि ?

शुरुवाती चरण देखिने यसका वारेमा कलम चलाउदै गर्दा पटक पटक संचार माध्यमले सामना गरेका प्रश्न हुन यिनीहरु र यी प्रायोजित र पूर्वाग्रह पूर्ण प्रश्न सनागी अर्को मूल प्रश्न संगै आइरहेको छ। त्यो प्रश्न हो आफ्नो नगरपालिकाको मुख्य र महत्वपूर्ण भौतिक पूर्वाधार खेलकुद को भन्दा राजनीतिक दम्भ र तुजुक देखाउने मैदानमा परिणत हुँदा पनि किन मौन छन बुढानिलकण्ठ नगरवासी ?

यो मौनता यति गजवको छ कि यसले गान्धीको बाँदर झैँ सुनो देखो  बोलो मत भन्ने सिदान्तलाई पो कसिले तरिकाले समातेको हो कि ? वा कतै यति ठुलो पूर्वाधार निर्माणको वारेमा यसका सरोकारवालाहरुले पो जनतालाई गुमराहमा राखेर वर्ष वर्षमा करोडौ रकम बालुवामा बगाएका छन कि ? अर्को पनि प्रश्न थियो।

त्यसपछि यो पंक्तिकार फेरी केहि शव्द खर्च गर्ने निर्णय गर्दै केहि थान फोटो खिचेर त्यहाबाट हिड्यो ….(क्रमस )

 

 

तपाइँको प्रतिक्रिया ।