“यसरी सुरु भयो गुट उपगुटको राजनीति”
कपन अनलाइन
काठमाडौँ, भाद्र १९ / अमर प्रकाश तिवारी
नेपालको इतिहासमा नेपाली कांग्रेसले राणा शासन देखि राजतन्त्रको अन्त्य सम्म नेतृत्व गरेर राजनीतिक, सामाजिक परिवर्तनमा प्रमुख सम्वाहक बनेका कयौ उदहारणहरु छन् । जब नेपाली काग्रेसको महादिबेशनको कुरो आउछ, राष्ट्रिय राजनीति, सामाजमा नयाआयाम पनि आउछ । पछिल्लो चरणमा आइपुग्द चरम गुट उपगुट, बिबिध धार, खेमा आझै के के कुरो सम्म आइपुग्छ, त्यो अझै अन्यौलमा छ । टंक प्रसाद आचार्य मानार्थ सभापति तथा ३३ वर्षीय युवा वि. पी. कोइराला कार्यकारी सभापति चयन भएको प्रथम महाधिवेशन बि. स. २००३ माघ १२ र १३ गते सम्पन्न भएको थियो । सरसर्ती हेर्दा पहिलो देखि १४औ सम्म आइपुग्दा नेपाली कांग्रेसले धेरै उतारचढावको, आमुल परिबर्तन, राजनीतिक, सामाजिक आर्थिक पक्षमा बिभिना सकारात्मक, नकारात्मक तथा गुट उपगुट, बिबिध धार, खेमा आदि धेरै जन्मायो पनि ।
यसरी भएको गूट उपगूटको सुरुवात डिल्लीरमण रेग्मीको कारण फुट पैदा भएको थियो र त्यसलाई सल्टाउनैका लागि सूवर्ण शमशेरराणाको सक्रियतामा महेन्द्र विक्रम शाहलाई सभापति बनाई वि.सं. १ श्रावण २००४ (१५ अगष्ट, १९४८) मा नेपाल प्रजातन्त्र काँग्रेसको स्थापना भएको पाइन्छ । राणा बिरुद्धको आन्दोलनलाई व्यापक बनाउने क्रमसँगै संस्थालाई जीवन्त राख्न नेपाल र नेपालीको उन्नतिका लागि बलिदान दिन चाहने युवाहरूलाई सँगठित गर्ने उद्देश्यका साथ १८ फागुन, २००५ (३ मार्च, १९४९)मा नेपाली राष्ट्रिय काँग्रेसको तेस्रो महाधिबेशन भारतको बिहार राज्यको दरभङ्गामा सम्पन्न गरेको थियो । त्यतिबेला युवाहरुले राणा शासन समाप्त गरी देशमा प्रजातन्त्र ल्याउने दौड थियो ।
जटिल मोडमा रहेको नेपाली राजनीतिले जनताको अधिकार वहाली गराउन नसकिने भएको कुरा महशुस गरी वी.पी. कोइराला र सूवर्ण शमशेरराणाको पहलमा नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेस बिच एकता कायम गर्ने वातावरण बनाइ चौथो महाधिवेशन २७ चैत्र २००६ मा सम्पन गरेका थिए । मूलतः मध्यकालिन सामान्ती शासन व्यवस्थाद्वारा शोषित नेपाली जनताको स्वतन्त्र भावनाको प्रतिनिधित्व गर्न ऐतिहासिक आवश्यकताको रूपमा एक शसक्त राजनीति पार्टीको निर्माण हुनुपर्ने आवश्यकतालाई समेत त्यतिबेला महसुस गरिएको पाइन्छ । क्रान्तिको उपलब्धिको रक्षार्थ जनचेतनाको अभियान कै क्रममा जेठ १०-१३, २००९ मा जनकपुरमा वी.पी.कोइरालालाई सभापतिमा चयन गरी नेपाली काँग्रेसको पाँचौँ महाअधिवेशन सम्पन्न भएको थियो ।
त्यो महाधिबेशन पछी मातृका प्रसाद कोइराला नेपालको पहिलो नागरिक प्रधान मन्त्री पनि हुनु भएको इतिहासले बताउछ । यहि पाचौ महादिबेशन बाट आधिकारिक रूपमा नेपाली काँग्रेस मा गुट राजनीति सुरु भएको इतिहास छ । पाँचौँ माहाधिवेसनले थपेको जिम्मेवारी नेपाली काँग्रेसको सरकार मार्फत् पुरा गर्नुपर्ने भएकाले सरकारलाई अनुशासित र जिम्मेवार बनाउनु पर्ने दायित्व पनि थपिएको थियो । त्यो दायित्वसित प्रधानमन्त्री तथा अध्यक्ष मातृका प्रसाद कोइरालाले कदमहरू चाल्न नसक्नु नै नेपाली काँग्रेस पार्टीमा खेमा या धार सिर्जना भएको पाइन्छ । त्यसैले केन्द्रीय समितिको निर्णयनुसार सरकारमा दिनु पर्ने निर्देशनलाई तत्कालिन प्रधानमन्त्रि मातृका प्रसाद कोइरालाले अवज्ञा गरे पश्चात उब्जेंको विवादको निरूपणका लागि काठमाडौँको विशालनगरमा पार्टीको विशेष महासमितिको बैठक डाकीयो । बैठकमा प्रधानमन्त्री अल्पमतमा परे पछि बैठक बहिस्कार गरेर बाहिरिए ।
वि.सं. २००९ श्रावण ८-२३ जुलाई, १९५२ २४ घण्टाभित्र सरकार छाडेर आउन प्रधानमन्त्रीलाई निर्देशन दिइयो । निर्णय अवज्ञा गरेकाले वि.सं. २००९ श्रावण १० -२५ जुलाई, १९५२ मा मातृका प्रसाद कोइराला, नारदमणि थुलुङ र महाविर शमशेरहरुले राजालाई शक्तिशाली बनाएको, भूमिसुधार कार्यक्रम लागु गर्न नसकेको, भारतलाई अनावश्यक खेल्न दिएको, पार्टी प्रति उत्तरदायी नभई स्वइच्छाचारी सरकार चलाएको आरोपमा पार्टी सदस्यबाट समेत निस्कासित गरिएको थियो । त्यसको लगतै मातृका प्रसाद कोइरालाले नेपाल प्रजापार्टी रूपमा नयाँ पार्टी खोलि राजाको नेतृत्वमा परामर्शदात्री र नेपाल प्रजा पार्टीको सरकार गठन गर्न तर्फ लागे । वि.सं. २००९ श्रावण ३० मा राजाको नेतृत्वमा परामर्शदात्री सरकारको गठन भएकाले २००७को सफल क्रान्तिको मर्ममा आघात पुग्न गई विधानसभाको निर्वाचन स्तगित हुनुका साथै लोकतन्त्रका मुद्धा समेत ओझेलमा पर्न गयो ।
राजाको नेतृत्वमा परामर्शदात्री सरकारको विरोधमा नेपाली कांग्रेसले मुलुक व्यापी अभियान चलायो। वि.सं. २०१० बैशाख, जेठमा नेपालको पूर्वी तराइमा भूमिसुधारका लागि किसान व्रि्रोह सुरू भयो। यो आन्दोलनको प्रभाव तौलिहवा र पोखरासम्म फैलियो। सरकारले विद्रोह शान्त पार्न नसकेकाले वि.सं. २०१० असार २ गते परामर्शदात्री सरकार विघटन भयो । त्यस पछि पनि मुलुकले निकास पाएन । पुनः नेपाल प्रजा पार्टीका नेताका रूपमा मातृका प्रसाद कोइरालाको नेतृत्वमा वि.सं. २०१० असार २ गते नयाँ सरकार बन्यो । यसरी फुटेको नेपाली काँग्रेस बेला बेला बिबादमा आउदै रह्यो र तेसबेला देखी, बिभिना चंरण मा गूट उप गूट साहित् नेपाली काँग्रेस बिबादमा तानिदै आयो । जनान्दोलन २०४६ पश्चात फुट कै आवस्थामा देखिएको ३६ से या ७४ रे भन्ने धार बिकास भएको थियो । त्यो फुटको धार या खेमा अहिले आएर बिभिना ब्यक्तिबादी हाबी हुदै स्थानीय निकायको आधिबेसन सम्म पुगेको छ ।
तपाइँको प्रतिक्रिया ।