गोकर्ण प्राथमिक अस्पतालले विशेषज्ञ सेवा प्रदान गर्ने

गोकर्ण प्राथमिक अस्पतालले  विशेषज्ञ सेवा प्रदान गर्ने

कपन अनलाइन

काठमाडौं, भाद्र १९  गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्ण प्राथमिक अस्पतालमा विशेषज्ञ सेवा प्रदान गर्ने भएको छ । आम नगरबासीलाइ सहज रुपमा भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउने सन्धर्भमा गोकर्ण प्राथमिक अस्पताल बाट नियमित तथा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउदै आइरहेकोमा मिति २०७८ साल भाद्र २० गते आइतबार देखि स्त्री रोग ,बाल रोग, जनरल फिजिसियन र रेडियोलोजिष्ट सहितका विशेषज्ञ सेवाहरु समेत उपलब्ध गराउने भएको हुँदा इच्छुक सेवाग्राहीहरुले सम्पर्क गरि लाभ लिन  नगरपालिकाले  अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।