प्लाष्टिकको प्रयोगः ठीक कि बेठीक? राजेशमान के.सी.
कपन अनलाइन
काठमाण्डौ, बैशाख १३।
प्लास्टिक र प्लाष्टिकद्धारा निर्मित सामग्रीहरु हाम्रो दैनिक जीवन पद्धतिकै एक अभिन्न अंग जस्तो भइसकेको छ । पहिले–पहिले घर–पसल र कार्यालयहरुमा प्रयोग हुने भांडा वर्तनहरु प्रायः तांवा वा पीत्तलबाट बनेका हुन्थे । अहिले ती सामानहरुको स्थान प्लास्टिक वा स्टीलका सामानहरुले लिन थालेका छन् । त्यसमा पनि पहिलो नम्बरमा त प्लास्टिकका सामग्रीहरु नै पर्दछन् । बिहान जुरुक्क उठेदेखी दिउंसो खुरुक्क खाने र बेलुकी लुरुक्क सुत्न जांदासम्म पनि हामी कुनै न कुनै रुपमा प्लास्टिक र प्लास्टिकजन्य सामानहरु प्रयोग गरिरहेकै हुन्छौं । जस्तो बिहान दांत माभ्mदा प्रयोग हुने टुथ ब्रश, टुथपेष्ट, चप्पल, साबुनको डिब्बा, कांगियो, प्लास्टिकको जग, बकेट, पानीको कण्टेनर अनि चिया नास्ताको लागि प्रयोग हुने दूधको प्याकेट तथा अन्य खाद्य पदार्थहरु जस्तै–तेल, नुन, घिउ, दाल आदि राखेका प्याकेटहरु सबै प्लास्टिकमा नै प्याकिड०्ग गरिएका हुन्छन् । त्यसमा पनि अधुनिक घरहरुमा त रंगरोगनदेखि लिएर कार्पेट, बिजुलीका तारहरुदेखि बिजुलीबत्तीका सामानहरु, संचार सामग्रहीहरु जस्तै टि.भी., रेडियो, टेलिफोन, कम्प्युटर लगायत अन्य सबै प्रकारका इलेक्टेनिक्स समानहरु प्लास्टिकबाट नै बनेका हुन्छन् । यसरी सामान्य घरायसी प्रयोजनदेखि लिएर ठूलठूला उद्योग, व्यापार, संचार, यातायात, स्वास्थ्य आदि हर क्षेत्रमा आज प्लास्टिक र प्लास्टिकजन्य सामानहरुले प्रभुत्व जमाएको हामी पाउंछौं ।
यस्ता प्लास्टिकका सामग्रीहरुको प्रयोजन बढ्दै जानुको मूल कारण के हो भने यिनीहरु सबै ठाउंहरुमा सहजै उपलव्ध हुन सक्ने, उत्पादनमा सजीलो र साथै तुलनात्मक रुपले मूल्यमा पनि सस्तो पर्दछ । यिनै कारणहरुले गर्दा विश्वका सबैजसो मुलुकहरुमा अहिले यसको उत्पादनमा बृद्धि भइरहेको छ । र निकट भविष्यमै २५–३० लाख प्रतिवर्षको हिसावले उत्पादन हुने अनुमान गरिएको छ । अझ अष्टे«लियाको मेलबर्नस्थित मोनास विश्वविद्यालयका प्राध्यापक राईस कोन्सले त कतिसम्म भनेका छन् भने आगामी वर्षहरुमा यस्ता प्लास्टिकहरुबाट ठूलठूला भवन, जहाज, मोटरकार, पुल, वायुयान आदि बनाउनमा समेत प्रयोग हनुे छन् ।
तर यति गुणयुक्त एबं् उपयोगीसिद्ध भइकन पनि यस्ता प्लास्टिक एबं् प्लास्टिकका सामग्रीहरु उत्पादनदेखि लिएर उपभोग हुंदाको अवस्थासम्म वातवरणीय प्रदूषणको प्रमुख कारण पनि बन्न पुग्दछन् । विभिन्न कार्वनयुक्त रासायनिक पदार्थ सम्मिश्रण हुनाको कारण यसको उत्पादन समयमा निस्कने ग्यांसले वरपरको वातावरणमा प्रतिकूल असर पुर्याउने कुरा विशेषज्ञहरु बताउंछन् । खासगरी पी.वी.सी. पोलिकार्बोनोट, बैकेलाईट आदि जस्ता प्लास्टिक उत्पादनको समयमा विभिन्न विषालु रासायनिक तत्वहरु जस्तै– फोर्मोहिडाइसाइड, फोसजीन आदि प्रयोग हुने गर्दछन् । जुन रासायनिक तत्वहरु क्यान्सर, छाला र श्वास सम्बन्धी रोगहरुको प्रमुख कारकतत्व मानिएको छ । प्लास्टिक र प्लास्टिकजन्य सामग्रहीहरु अत्यधिक मात्रामा प्रयोग हुने र यो हावा, पानी र माटोमा समेत कुहिएर नष्ट नहुने भएको हुंदा प्लास्टिकको फोहर वा डंगुर पनि शहरको जताजततै थुप्रिएर रहेको हामी पाउंछौं । यसबाट वरपरको वातावरणमा प्रतिकूल असर पुर्याउनुका साथै जमीनको उर्वराशक्ति समेत घट्ने कुरा विशेषज्ञहरु बताउंछन् । विशेषज्ञहरुका अनुसार पानीमा लामो समयसम्म प्लास्टिक जम्मा हुन पुगेमा त्यहां रहेका वनस्पति र जीवजन्तु समेत नष्ट हुन पुग्दछन् ।
प्लास्टिकबाट अझ बढी प्रदूषण यसलाई ल्याण्डफीलमा जम्मा गर्दा हुने गर्दछ । खासगरी प्लास्टिक लामो समयसम्म स्थिर रहने भएको हुंदा सूर्यको प्रकाशको अभावमा यसबाट वातावरणमा दीर्घकालीन असर पर्न जान्छ । विशेषगरी प्लास्टिकबाट फोम आदि जस्ता बस्तु बनाउंदा टइक्लोरोइथेन, एसिटिन, टाउलिन र बेन्जीन जस्ता विषालु रसायनहरु निस्कन्छन् । त्यस्तै प्लास्टिक बनाउंदा हावाको सम्पर्कमा विलाउने किसिमका जैविक वस्तुको अलावा सल्फर अक्साईड, नाइट्स अक्साइट, मिथानोल र इथाइलिन अक्साइड जस्ता ग्यासहरु समेत निस्कने गर्दछन् । प्लास्टिक उत्पादनका क्रममा निस्कने यस्ता ग्यांसहरुले वायु प्रदूषण बढाउन अत्यधिक मद्धत पुर्याउने कुरा पनि विशेषज्ञहरुले बताएका छन् । अर्को कुरा, प्लास्टिकका सामानमा क्लोरिन मिसिएको हुन्छ । जस्तो पी.भी.सी. अर्थात् पोलिविनाइल क्लोराइडमा क्लोरिन नै मिसिएको त हुंदैन तर उत्पादनको क्रममा भने यस्तो क्लोरिन मिसिने सम्भावना रहेको हुन्छ । यस्तो क्लोरिनयुक्त प्लास्टिक अन्तर्गत पोलिक्लोनिरेटेड वाइफिनाइल, क्लोरोल्फोरो कार्वन र डी.डी.टी. जस्ता अर्गानोक्लोराइड समेत पर्दछन् । यसबाट डी डी टी जस्तो उत्पादनमा प्रतिबन्ध लागिसकेको खतरनाक पदार्थ समेत यस्ता प्लास्टिकहरुको उत्पादन र उपभोगका क्रममा हाम्रो वरपरको वातावरणमा विद्यमान रहन पुग्दछन् ।
निश्चय पनि प्लास्टिकका झोला एबं् सामान बोक्न सजीलो, हलुका र तुलनात्मक रुपमा सस्तो पनि पर्ने भएको हुंदा यस्ता प्लास्टिक र प्लास्टिकजन्य वस्तुहरुको उत्पादन र उपभोग अत्यधिक रुपमा भइरहेको छ । तर सजीलो छ भन्दैमा यसबाट मानवस्वास्थ्य र वातावरणमा पुर्याउने असरप्रति भने हामीले बेवास्ता गरेर बस्न मिल्दैन । प्लास्टिकको अत्यधिक प्रयोजनबाट हुने हानिकारक असरलाई ध्यानमा राखेर विकसित मुलुकहरुमा यसको निराकरणतर्फ गम्भीर चासो लिन थालिसकिएको छ । तर नेपाल जस्ता विकासोन्मुख मुलुकहरुमा भने यस समस्यातर्फ खासै चासो राखेको पाइंदैन ।
त्यसो त नेपालमा ४० माइक्रोनभन्दा कम वजनका प्लास्टिक झोला प्रयोग गर्न नपाउने व्यवस्था स्थानीय सरकारले यस अघि नै गरिसकेको छ । तर सरकारको यो निर्णय अझै पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन सकिरहेको देखिंदैन । मूल कुरा हामीले यस्ता उपयोगी बस्तुहरुबाट सुविधा उपभोग गर्दा यसबाट उत्पन्न हुन सक्ने वातावरणीय प्रदूषण र स्वास्थ्य सम्बन्धी समस्या रोक्ने उपायतर्फ पनि ध्यान दिनुपर्ने आवश्यक देखिन्छ । अवश्य पनि यदि प्लास्टिकका सामग्रीहरुको अत्यधिक प्रयोजनबाट उपलव्ध सेवा सुविधा भन्दा मानव स्वास्थ्य र पर्यावरणीय दृष्टिकोणले हानी अथवा नोक्सानी बढी देखिन्छ भने यसको विकल्प खोज्ने तर्फ हामीले ध्यान दिनै पर्ने हुन्छ । तर उपभोक्ताले सहज र सरल रुपमा उपभोग गर्दै आइरहेको यस्ता प्लास्टिक र प्लास्टिकजन्य सामग्रीहरुको सहज र भरपर्दो विकल्प नदिइकन हचुवाको भरमा उत्पादन र उपभोगमा रोक लगाउंदा यो व्यावहारिक हुन्छ कि हुंदैन? यसबाट हाम्रो जस्तो निम्न र मध्यम स्तरीय आय भएका आम नेपाली उपभोक्ताहरुको दैनिकसामाजिक–आर्थिक गतिविधिमा के कस्तो प्रतिकूल असर पर्न सक्छ? यस्ता सम्बेदनशील कुरामा ध्यानै नदिइकन एक पक्षीय रुपमा उत्पादन र उपभोगमा मात्र रोक लगाउ“दा त्यसको व्यवहारिक कार्यान्वयन हुन्छ कि हुंदैन ? त्यसतर्फ भने सम्बन्धीत निकायले ध्यान पु्र्याउनै पर्ने हुन्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक