पहिरोभित्र नियाल्दा : अरुणबहादुर खत्री “नदी” ( कृति समीक्षा)
कपन अनलाइन
काठमाण्डौ, बैशाख १३।
लघुकथाकार ललिता दोषीको पहिरो नामक लघुकथासङ््ग्रह २०८० मा प्रकाशित भएको छ । यस कृतिभित्र उनले लेखेका अर्तीराम, बबुरो, आमा, स्वतन्त्र, एउटा छोरा, विज्ञापन लगायत विभिन्न शीर्षकका ४२ वटा लघुकथाहरू राखिएका छन् । यसमा सङ्ग्रहीत ४२ वटै लघुकथा पाठकलाई प्रभावकारी रुपमा आकर्षित गर्न सक्षम रहेका छन्् । यस सङ्ग्रहभित्रको अर्तीराम शीर्षकको पहिलो लघुकथामा म दुई छोरी भए भनेर रन्थनिरहेको थिएँ । भाइले छोराछोरी दुबै ईश्वरको बरदान् हुन् । अहिलेको युगमा छोराले भन्दा छोरीले बाबुआमालाई राम्रो गरेका छन् विनोदले खुसी हुँदै भनेको कुरालाई ललिताले लेखेकी छिन् । स्वतन्त्र शीर्षकको लघुकथामा लोग्नेलाई भात पस्किन गएकी तनुजाको टाउकोमा एक्कासि थाल बजारिएपछि उनी डङ्ग्रङ्ग पछारिन् भनिएको छ ।
ललिताले मनमा उर्लिएका भावलाई लघुकथाको रुप दिन सकेकी छिन् । हाम्रो समाजमा आफ्नै सन्तान भए पनि छोरा र छोरीलाई हेर्ने दृष्टिकोण फरक भएको दृष्टान्त बडो रोचक ढङ्गले लघुकथामा दर्शाइएका छन् । यस सङ्गं्रहमा परिवार र समाजमा नारीहरूले भोग्नु परेका अनेक थरिका दुःख र पीडाका बोझहरूलाई लघुकथामा उताएिको छ ।
भाषिक सरलता ललिताका कथाहरूको महत्वपूर्ण विशेषता हो । विषय र विचारगत विविधता उनको कथाहरूको मूल उद्देश्य हो । एउटा छोरा शीर्षकको लघुकथामा मोबाइलतिर हेर्दै विनोद चर्किए बाउले पनि चाट्नु दिमाग चाटिसके । सताउनुको पनि हद हुन्छ नि यार अस्तिन पनि म मर्न लागेँ भनेर नेपाल डाके । म गएको भोलिपल्टदेखि ठमठम हिँड्न र मैले भन्दा बढी खान थाले भनिएको छ । ललिताले जीवनमा जुन उतार चढाव भोगिन् सायद तिनै भोगाइ अनुभव र सामाजिक घटना परिघटनाले अङ्कुराएको मनको भाव नै पहिरो लघुकथा सङ्ग्रहको रुपमा जन्माएकी छिन् । मनका भावहरूलाई समय र परिस्थितिले प्रभावित गर्दा जेजसी अभिव्यक्त भयो त्यही नै यस पहिरो लघुकथा सङ्ग्रहमा सङ्कलित छन् ।
पहिरो शीर्षकको लघुकथामा श्रीमतीको कुराले रमणलाई मुटुमा सयौ वाण लागेझैँ असह्य भयो । आमालाई कान नसुन्ने बनाइदिएकोमा भगवान्लाई धन्यवाद भन्यो भनेर ललिताले लेखेकी छिन् । प्रश्न शीर्षकको लघुकथाभित्र आँखा लाग्न मात्र के लागेको थियो । मोबाइलमा टुक्क म्यासेज आयो । म्यासेज हेरेपछि दयाराम उडूँ कि गुडूँजस्तै भए । श्रीमतीलाई खुसीको कुरा भन्न खोजे उनी मन्द घुर्दै निदाइसकेकी थिइन् भनिएको छ । नेपाली भाषामा कविता, गीत, गजल, मुक्तक, तथा कथा लेखनतर्फ प्रवृत्त बनेर लागेकी ललिताकोे यो लघुकथासङ्ग्रह भित्रका लघुकथाहरू मलाई राम्रै लागेकोे छ ।
यसभित्र लेखिएका लघुकथा खारिएका, माझिएका र टलक्क टल्किएका छन् । थोरै लेखेर पनि गुणस्तरमा ध्यान दिन सके कृतिको महत्व बढ्नेछ । यस तथ्यलाई लघुकथाकार ललिताले मनन गरेकी छिन् । सङ्ग्रहभित्रका पात्र, परिवेश र घटना हाम्रै समाजमा देखिएका सुनिएका र भोगिएका छन् । मान्छेका प्रवृत्ति र उसले बिर्सदै गएको आफ्नो धरातल तथा हराइरहेको मानविय संवेदनालाई पनि यस कृतिले आफ्नो विषय बनाएको छ । आशावादी भएर समाजका विकृतिलाई निर्मूल पारेर एउटा सुन्दर समाज निर्माण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि यस सङ्ग्रहभित्रका कथा सक्षम छन्् । स्रष्टा एउटा समाजको द्रष्टा पनि भएकाले ऊ यो समाजबाट अलग हुन कत्ति पनि सक्दैन । यही समाजमा रहेका सङ्गत, बिसङ्गत सबै कुरासँग पौँठाजोरी खेल्नुनै पर्छ ।
जीवन जिउने क्रममा आफूले भोगेका, देखेका र सुनेका कुराहरूको सँगालोलाई शब्दरुपी गुच्छाद्वारा ललिताले बयालिसवटा लघुकथाहरू तयार पारेकी छिन् । उनले लघुकथाहरूमा समाजका विसङ्गति, विकृति, राजनैतिक बेथितीको चिरफार गर्ने प्रयास गरेकी छिन् । तरकारी बेच्ने भाइले जिद्धी गर्दै भन्यो थोरै रामतोरिया बोहनी गरिजानुहोला हजुर यो हजुरलाई मीठा लागि जान्छ । कहिलेकाहीँ त आफ्नो लागि सोची जानु हजुर भनेर बोहनी शीर्षकभित्र ललिताले लेखेकी छिन् ।
कथा आफैमा पूर्ण भएजस्तै लघुकथा पनि स्वयम्मा पूर्ण हुन्छ । अर्थात् लघुकथा कथाको संक्षेपीकरण होइन । लघुकथा आख्यानको लघुतम वा सूक्ष्मम विधा हो । लघुकथा छोटो हुन्छ तर पूर्ण हुन्छ । छोटो आयाममा जीवन र जगत्लाई समेट्नु लघुकथाको विशेषता हो । लघुकथा लोकप्रिय भएकै कारण यसप्रति लेखनको आकर्षण बढ्दै गइरहेको छ । अन्त्यमा लघुकथाकार ललिताको अन्य कृतिहरू पनि प्रकाशित भएर हामीहरूले पढ््न पाउने बाचा गरेको छु ।
लघुकथाकारः ललिता दोषी
प्रकाशकः सुन्दर स्वदेश पब्लिकृशन, काठमाडौं
संस्करणः प्रथम, वि.सं. २०८० चैत
मूूल्यः रु.२५०।–
पृष्ठः ९२
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक