कुव्यवहार : प्रमोद नेपाल ( लघुकथा)
कपन अनलाइन
काठमाण्डौ, बैशाख १३।
“बिग्रेला, नचलाउ !” लुगाधुने मेसिन चलाउँदा ज्योतिलाई उसका ससुराले रोक्दै थिए । ससुराको कुरा सुनेर ज्योति जिल्ल परीन् र केही नबोली फनक्क फर्केर कोठा तिर लागिन् । कोठामा आएर ज्योति सोच्न थालिन् “यो मसिन त मेरै कमाइले किनेको हो तर पनि प्रयोग गर्न किन रोके होलान् । कतै श्रीमानले यो कुरा बुबालाई बताएनन् की ।”
ज्योति एउटा पढे लेखेकी महिला थिइन् । कुनै संस्थामा ठूलै पदमा काम गर्थिन र तलब पनि राम्रै थियो । घरको खर्च चलाउनमा उनको ठूलो योगदान थियो ।
तर स–साना कुराहरूमा पनि उनले भनाइ सुनिरहनु पथ्र्याे । श्रीमानले पनि उनलाई त्यति साथ दिदैनथे र उल्टै उनैलाई दोषी मान्दथे ।
ज्योतिले लुगाको पोको उठाइन र धुनको लागि माइत तिर लागिन ।
त्यसदिनको कुरो मात्र होइन ज्योतिले पटक पटक त्यस्ता अपमान सहिरहनु पथ्र्याे ।
“मेरो अष्ट्रेलियाको भिसा लाग्यो नि आहत ।” साँझ अफिसबाट फर्केर आएपछि ज्योतिले आफ्नो श्रीमान्लाई सुनाइन् ।
“हँ !” भन्दै टाउको समातेर आहत थुचुक्क बस्यो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक