सहकारी एक समिक्षा : शंकर आचार्य

सहकारी एक समिक्षा : शंकर आचार्य

कपन अनलाइन

काठमाडौं , चैत २४।

सदस्यहरुको सामुहिक स्वामित्व र लोकतान्त्रिक नियन्त्रण बाट संचालित ब्यबसाय मार्फत आफ्ना साझा आर्थिक ,सामाजिक सांस्कृतिक आबस्यकताहरु पुरा गर्न स्वेच्छिक रुपमा एकजुट हुने व्यक्तिहरुको स्वायत्त संगठन नै सहकारी हो। हरेक सहकारीका निश्चितमुख्य दुइमूल्यहरु अधार मूल्यर नैतिकमूल्य रहेका हुन्छन। स्वाबलंबन ,स्वउत्तरदायित्व ,लोकतन्त्र ,समानता,समता र ऐक्यबद्धता सहकारीका आधार मुल्यहरु हुन् भने इमान ,खुल्लापन ,सामाजिक उत्तरदायित्व र अर्काको ख्यालगर्नु नैतिक मुल्यहरु हुन्। उल्लेखित मुल्यहरुलाई आत्मसात गरेमा सहकारी हरु सन्तुलित र प्रभाबकारी हुन सक्दछन अन्यथा समस्या को बाटोमापुग्ने गर्दछन। सहकारीको विकास र बिस्तार को क्रमलाई हेरिरहदा १८ और १९ औ शताब्दीतिर फर्कनु पर्ने हुन्छ।

१८औशताब्दी को अन्त्यतिर बेलायतमा औधोगिक क्रान्ति शुरु भएको देखिन्छ। औधोगिक क्रान्ति शुरु हुनुको कारण थियो त्यहाका मजदुरहरुले न्युनतम जीवननिर्वाह गर्नेअवस्था प्राप्त गर्नु नसक्नु ,श्रमको यथोचित मुल्यांकन नहुनु ,श्रमिकमाथि चरम विभेद रहनु आदि। तत्कालिन अवस्थामा बेलायतका उद्योगका श्रमिकहरु एक आपसमा संगठित हुनगइ औधोगिक संगै कृषि क्रान्तिलाई सफल बनाए। कृषि क्रान्तिको सफलता संगै पुजीको उच्च परिचालन हुनगयो र यसले औधोगिक विकासमा बल पुर्याएको थियो। जब बेलायतमा औधोगिक क्रान्ति सफल भयो त्यहाको अर्थतन्त्र मजबुद भयो। बेलायत विश्वमा नै एक शक्ति रास्ट्र बन्नगइकैयन अरु देशलाई औपनिवेशिक बनाउन समेत सफल भएको थियो।बेलायतमा औधोगिक क्रान्ति पश्चात उल्लेख्य सहकारी संस्थाहरु खुल्नथाले।

यसरि सहकारी इतिहास लाइ अध्यनगर्दा मजदुर एकता बाट औधोगिक क्रान्ति हुदै सहकारी विकास क्रम शुरु भएको देखिन्छ तथापि सन् १८४४ मा नै बेलायतमा सहकारीको प्रारम्भिक शुरुवात भै सकेको थियो। बेलायत संगै सन् १८८० माजर्मनीमा धेरै संख्यामा सहकारी संस्था खुलेको देखिन्छ। जर्मनीमा संख्यात्मक रुपमा सहकारी बृद्दी हुदै जादा गुणात्मक ब्यबस्थापन हुन सकेन। फलस्वरूप सहकारीमा अस्त ब्यस्त ,समस्या सृजना हुनपुग्यो। धेरै ब्यक्तिहरुको बचत जोखिममा पर्न गयो साथै कर्जा लगानी समेत जोखिमयुक्त बन्नपुगी समग्र पश्चिमा देशहरुको सहकारी क्षेत्र नै रक्षात्मक बन्नपुग्यो।

त्यस समयमा जर्मनीमाआएको सहकारी समस्याको बारेमा जर्मनीको राष्ट्रिय लेखा परिसंघ जर्मन कोअपरेटिभ एण्ड रैफरिशनकन्फेरेसनले तत्कालिन आफ्नो प्रतिबेदनमा उल्लेख समेत गरेको छ। सन् १९३० माजर्मनीले ठुलो आर्थिक मन्दीको सामना गर्नु पर्यो। उक्तमन्दीको असर सहकारी क्षेत्रमापर्न गयो। केहि सहकारी संस्थाहरु डुब्न पुगे भने केहि सहकारी संस्थाले आर्थिक मन्दीको सामना गर्दैआफुलाई अझै शुद्धिकरण गरी सुधार उन्मुख बनाउन सफल भए।
नेपालमा पछिल्लो समय केहि सहकारी संस्थाहरुमा समस्या सृजना भएको बिषयबारे केहिबिषय समेट्नका लागी यो पंतिकार ले १९ औ शताब्दीमा समेत सहकारीको जन्मदिने देशहरु समेत सहकारी समस्या बाट ग्रसित थिए भनेर बिषय जोड्न खोजेको छ।नेपालमा विभिन्न प्रकृतिका करिव ३१ हजारसक्रिय सहकारीहरु रहेको देखिन्छ। यस मध्ये करिव ५० प्रतिशतभन्दा बढी सहकारीहरु बचत तथा ऋणको कारोवार गर्दछन।

करिव प्रत्यक्ष १ लाख व्यक्तिहरुले सहकारी बाट रोजगारी पाएकाछन् भने ७३ लाखभन्दा बढी व्यक्तिहरु सहकारीका सदस्य रहेका छन् । राष्ट्रिय कुल ग्राहास्थ्य उत्पादनमा समेत महत्वपुर्ण भूमिका सहकारीले पुर्याएको देखिन्छ। पछिल्लो अवस्थामा नेपालमा केहि सहकारी संस्थाहरु मा समस्या आएको देखिन्छ। उक्त समस्या आउनु मानिम्न कारणहरुको भूमिका रहेको देखिन्छ।
कमजोर संस्थागत र आर्थिक सुशासनःसंस्थागत र आर्थिक सुसाशन कुनै सहकारी संचालनको मेरुदण्ड हो। यसलाई कायमगर्न सहकारी ऐन,नियमावली ,संस्थाको विनियम ,कार्यविधिर समय समयमा सहकारीका विभिन्न निकायबाट जारी निर्देशनहरुको अनिवार्य परिपालना गर्नु पर्नेहुन्छ। सुसाशनकायम गराउने सहकारीका नीतिनियमहरु सहकारीका लागीदेशको मुख्यकानुन संबिधान सरह हुने गर्दछ।सहकारी का आधिकारिक निकाय बाट जारी निर्देशन को परिपालननगर्ने ,बचततथाकर्जा को सन्तुलित परिचालन नगर्ने कार्यशैली बाट समस्या जटिल बनेको देखिन्छ।
अनियन्त्रित कर्जा लगानीः

सहकारी संस्थाहरुमा समस्याआउनु अर्को कारण असन्तुलित र मनलाग्दो ढंग बाट कर्जा लगानीहुनु हो। बिनाधितो ठुलो मात्रामा कर्जा लगानी हुनु ,आफ्ना नजिककाब्यक्तिहरुलाई अधिककर्जा लगानीगर्नु , सदस्यको यथार्थ आम्दानिश्रोत र पारिवारिक पृष्टभूमिको पहिचान नगरी कर्जा लगानीगर्नु ,एकै ब्यक्तिलाइ ठुलो मात्रामा कर्जा लगानी हुनु जस्ता कारणले लगानी जोखिममा पर्न गई समस्या सृजना भएको देखिन्छ।
मिटर ब्याजी कारोवारः

सहकारी बिभाग बाट निर्धारण भएको सन्दर्व ब्याजलाई आत्मसातनगरी चर्को ब्याजमा बचत तथा ऋणको कारोवार गर्ने ,सदस्यहरुमा नाफाको प्रलोभन देखाई बचत उठाउने ,सन्दर्व ब्याजदर भन्दामाथिकर्जा लगानी गर्ने प्रवृति ले कतिपय सहकारी संस्थाहरुमा समस्या आएको देखिन्छ।
संचालकको एकाधिकारः

कतिपय  सहकारी संस्थाहरुमा संचालकहरुले एकलौटी निर्णय गर्दै सहकारी मापदण्ड बाहिर गई क्रियाकलापगर्दा समस्या सृजनाभएको छ। संचालकका आफन्त कर्मचारी नियुक्तगर्ने , आफु खुशीकर्जा प्रयोगगर्ने जस्ता कार्य संचालक बाटै हुनजादा सहकारी संस्था नियन्त्रण बाहिर गइ समस्यामा परेको घटनाक्रम ले पुष्टि गरेको छ।
सदस्यबाट बित्तिय अनुसाशन पालना नहुनुः

सहकारीमा आएको समस्याकेवल संचालक र ब्यबस्थापनले मात्र ल्याएको होइन। समस्या आउनुमा सदस्यहरु पनि बढी जिम्मेवार देखिन्छन। सदस्यहरु ले संस्था संग लिखित सर्त कबुलियत (तमसुक ) गरि निश्चित समय भित्रकर्जा को साँवाब्याज भुक्तानी गर्ने गरि कर्जा लिएका हुन्छन। कतिपय सदस्य ले उक्त सर्त उल्लंघन गरि कर्जा दायित्वभुक्तानीनगर्दा संस्था को लगानी जोखिममा पर्न गई सहकारीमा समस्या आएको देखिन्छ। सदस्य संग लिएको बचत नै सदस्यमा कर्जा लगानीहुने भएकोले कर्जा असुलीनहुदा तरलता अभावहुनगई समस्या सृजितहुने गरेको छ।कतिपय सदस्य बाट सहकारी बाट लिएको ऋण तिर्नु नै नपर्ने,सहकारी समस्यामा परेपछि स्वत ऋण दायित्व आफूबाट हट्ने जस्ता भ्रमपालेर समयमा कर्जा भुक्तानी नगर्नेक्रियाकलाप समेत बढेको देखिन्छ। कर्जा भुक्तानी नगर्दा कानुनि फन्दामा परि कुनै बेला समस्यामा परिने कुरा सम्बन्धित ऋणी सदस्यलाई बुझाउनु पर्नेअवस्था समेत बनेको छ।
फितलो नियामक निकायः

राज्यस्तर बाट सहकारी संस्थाहरुलाई नियमन गर्न बनाइएका निकायहरुले प्रभावकारी भूमिका निभाउन नसक्दा सहकारी अनियन्त्रित ,स्वेच्छाचारी हुनगई समस्या आएको देखिन्छ। धेरै संख्याका सहकारीलाई नियमनगर्न नियामकनिकाय मान्युन संख्यामा रहेको जनशक्ति अपर्याप्त रहेको छ। सम्बन्धित निकायमा जनशक्ति थपगर्दै ,बिषयमा दख्खलबनाई सहकारी नियमनगरि सहकारीका कमजोर पक्षलाई सुधार गर्ने ,सुक्ष्म निरिक्षण गर्नेतथा सहकारीलाई सहकारी कै मूल्य मान्यतामा हिडाउने कार्य थालानी गर्न ढिलो भैसकेको छ।
आगामी दिनमा सहकारी संस्थाहरुममाआएको समस्या समाधान गर्न तथा सहकारी प्रभावकारी बनाउनका लागी बिबिध बिषयमा सुधार हुनु पर्ने देखिन्छ।
सदस्य नियन्त्रित सहकारीः

सहकारीमा आबध्द सदस्यहरमा सहकारी को बुझाईमा समेत अन्योलता देखिन्छ। कतिपय सदस्यहरुले अहिले पनि सहकारी लाई बैंक ,फाइनान्स भानि बुझेको पाइन्छ। बैंक तथाबित्तिय संस्थार सहकारी संस्था बिल्कुल फरक प्रकृतिका संस्थाहरु हुन्। बैंक तथा बितिय संस्थाहरु बैंक तथा बितिय संस्था संचालन ऐनअन्तर्गत नेपाल राष्ट्र बैंकको प्रत्यक्षनियमन र नियन्त्रणमा रहेको हुन्छ तर सहकारी संस्थाहरु लाइ निगरानी गर्नेनिकायहरु भएतापनि मुख्यत सदस्यहरु बाट नै नियन्त्रितहुनु पर्दछ। सहकारीका सदस्यहरु ले सहकारी बारे अध्यन ,अनुसन्धान र विश्लेषण गरेर मात्र बचत तथा ऋणको कारोबार गर्नु पर्दछ। सहकारीले गलत बाटो तिर जान खोज्यो भने सदस्यहारु अग्रसर भएर सहि बाटोमा लैजान भूमिकाखेल्न सकेमा सहकारीमा आउने सम्भावित समस्या समाधानतिर जान सक्दछन।
सहकारी बर्गिकरण :

सहकारीलाई ब्यबस्थितर समस्या रहित संचालन गर्नका लागी वासलातका आधारमा सहकारी बर्गिकरण गरि सहकारीका अनुगमन तथा नियमन गर्नेनिकाय तोकिनु पर्दछ। सानो पूजी संरचना र अधिक ठुलो पूजी संरचना भएका सहकारी संस्थालाई एकै बर्गमा राख्दा जोखिम मुल्यांकनका हिसाबले बैज्ञानिक मानिदैन। पछिल्लो समय सहकारी मा आएको समस्याहरु तुलनात्मक रुपमा ठुला वासलात भएका संस्थाहरुमा आएको देखिन्छ। सहकारी बर्गिकरण गरि उक्त वर्गीकृत संस्थाहरुलाई नियामक निकायर सदस्यहरु प्रति जबाफदेही बनाउन नया नीतिहरु कार्यन्वयनगर्न सकिएमा समस्याहरु समाधान उन्मुख हुन सक्दछन।
कर्जा भुक्तानीनगर्नेलाई कालो सुचीमा राख्नु पर्नेः

सहकारी संस्स्थाली सदस्य बाट लिएको बचत कर्जा लगानी गरेका हुन्छन। कर्जा लिने सदस्यले समयमा कर्जा भुक्तानी नगर्दा खराब कर्जा मा बृध्दिहुन जान्छ। समयमा कर्जा भुक्तानी नगर्ने सदस्यलाई स्थानियतहले कालो सुचिमा नाम अभिलेख गरी स्थानियतह बाट प्राप्तगर्ने आधारभूत सेवा सुबिधा रोक्कागर्न सकेमा सहकारी को कर्जा असुलीमा प्रगति हुन जान्छ। कालो सुचिमा परिने भयले खराब नियत भएको सदस्य समेत बितिय अनुशासन पालन गर्न तयार हुन सक्दछ। यसका लागी मुलुक संघियता मागइ सकेको हुनाले स्थानियतहले मुख्य भूमिकाखेली सहकारीलाई सहयोगपुर्याउन सक्नु पर्दछ।
सहकारी का छाता संगठनहरुको भूमिकाः

सहकारीका छाता संगठनहरु जिल्ला ,प्रदेशतथाकेन्द्रिय संघ हरु ले प्रारम्भिक सहकारी संस्थाहरुलाई आफ्नो सदस्यबनाइ रहदाआफ्नो भूमिका प्रभावकारी बनाउनु पर्दछ। सहकारीमा गुणस्तर बृध्दिगर्न ,सुशासन कायम गर्न ,जबाफदेही बनाउन ,आवस्यक हुदा सहुलियत कर्जा सुबिधा उपलब्ध गराउन यस्ता संगठनहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्दछ। तथापी राजनीतिक पहुचमा केहि सिमित व्यक्तिहरुबाट प्रभावित हुदै छाता संगठनहरुले समेत समग्र सहकारीलाई सहयोग नगरेको गुनासो आइरहेको देखिन्छ। बचत तथा ऋण संघ ,रास्ट्रीय सहकारी बैंक जस्ता सहकारीका निकायहरुले सन्तुलित र निष्पक्षभूमिकाखेल्न सकेमा ,सदस्य संस्थाहरु लाई आबस्यक सहयोग गर्न सकेमा सहकारीहरुलाई सहज अवस्था सृजना हुन सक्दछ
यसरी सहकारी समिक्षा गरिरहदा पछिलो अवस्थामा आएको सहकारी सम्बन्धि अध्यादेश र नेपाल राष्ट्र बैंक बाट जारी सहकारी संस्था सम्बन्धि निर्देशनले समेत सहकारीलाई संकुचित बनाउने विश्लेषण गर्न सकिन्छ। बचतको सिमातोक्ने भनि राखिएको प्राबधान व्यक्तिक स्वतन्त्रताको बिपरित छ। यदि कोहि सदस्यलाई सहकारी प्रति बिश्वाश छ भने स्वस्फुर्त बचतगर्न खुलाहुनु पर्दछ। धेरै प्राबधानहरु राम्रा भएता पनि केहि प्राबधानले सहकारीलाई विकास बिस्तारको बाटोमा लैजान को सट्टा पछाडी धकेल्ने ,खुम्च्याउने अवस्था देखिएको हुदा आम सहकारीकर्मी र छाता संगठनहरु प्रस्तुतअध्यादेश र निर्देशनका त्रुटीहरु हटाउन महत्वपुर्ण भूमिका खेल्न लाग्नु पर्ने देखिन्छ।

 

तपाइँको प्रतिक्रिया ।
Close