सुरभि साहित्य प्रतिष्ठानको १२ औँ साधारण सभा सम्पन्न

सुरभि साहित्य प्रतिष्ठानको १२ औँ साधारण सभा सम्पन्न

कपन अनलाइन

काठमाडौं ,साउन १८

सुरभि साहित्य प्रतिष्ठानको  १२ औँ साधारण सभा र ११५ औँ आख्यान वाचन कार्यक्रम सम्पन्न गरेको छ । सुरक्षाका उपायहरुको पूर्ण पालना गरी यही महिनाको १७ गते शनिबार सम्पन्न भएको हो  ।

सो  साधारण सभाले अध्यक्षमा बाजुराम पौडेल, उपाध्यक्षमा परशुराम पराशर, सचिवमा अच्युत घिमिरे, कोषाध्यक्षमा रामकुमार पण्डित, सहसचिवमा मेनका पोखरेल आचार्य, सदस्यमा नगेन्द्र भट्टराई र प्रमोद प्याकुरेल निर्वाचित गरेको थियो  ।कार्यक्रम पश्चात् बसेको कार्यसमितिको बैठकले शान्ति रिसाल र महेशकुमार वाग्लेलाई सदस्यमा मनोनित गरेको थियो ।

सुरभि साहित्य प्रतिष्ठानका संरक्षक युवराज मैनालीको अध्यक्षता र  गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का अध्यक्ष मनोज ढुङ्गानाको  प्रमुख आतिथ्यता मा भएको साधारण सभामा   सुलेख मासिकका संरक्षक विजय चालिसे, सुरभिका संरक्षक गोविन्द घिमिरे वेदमणि, सुरभिका संरक्षक प्रह्लाद चालिसे, वरिष्ठ साहित्यका कणाद महर्षि, गोनपा वडा नं. ८ का वडा सदस्य नन्दलाल श्रेष्ठ साहित्यकार गोपाल बराल, वरिष्ठ साहित्यकार भगतदाश श्रेष्ठ र कानुनी सल्लाहकार मुना उपाध्याय खनाल लगायत अतिथि रहेका थिए।

सुरभिका उपाध्यक्ष परशुराम पराशरले आगन्तुकलाई स्वागत गरेको साधारण सभाको  दोस्रो सत्रमा ११५ औँ आख्यान वाचन कार्यक्रम अन्तर्गत दसओटा आख्यान वाचन गरिएको थियो।

आख्यान वाचन गर्नेहरुमा महेन्द्र चालिसे, महेशकुमार वाग्ले, गोपाल बराल, कात्यायन, रामचन्द्र दाहाल, शान्ति रिसाल, घनश्याम प्रसाईं, शारदा पराजुली र कणाद महर्षि थिए । वाचित रचनाहरुको समीक्षा परशुराम पराशरले गरेका थिए भने दुवै कार्यक्रमको सञ्चालन सचिव अच्युत घिमिरेले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।