मदन भण्डारी फाउन्डेसन तारकेश्वरको रक्तदान कार्यक्रम सम्पन्न

मदन भण्डारी फाउन्डेसन तारकेश्वरको रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं ,साउन १८।

मदन भण्डारी फाउन्डेसन तारकेश्वरको रक्तदान कार्यक्रम सम्पन्न भएको छ।तारकेश्वर नगरपालिकाको लोकतान्त्रिक चोकमा भएको उक्त रक्तदान कार्यक्रममा ४९ जनाले रक्तदान गरेका थिए।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला कमिटिका अध्यक्ष कृष्ण राईको प्रमुख आतिथ्यतामा भएको सो रक्तदान कार्यक्रममा मदन भण्डारी फाउन्डेसन काठमाडौंका अध्यक्ष तथा बागमती प्रदेशका प्रदेस सभा सदस्य दिपक निरौला ,तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोरा ,नेकपा प्रदेस कमिटि सदस्य श्याम घिमिरे , काठमाडौं जिल्ला कार्यालय सदस्य रामशरण ढुंगाना,जिल्ला कमिटि सदस्य विदुर अर्याल  लगायत अतिथि रहेका थिए।

सो रक्तदान कार्यक्रममा रक्तदान गर्ने प्रदेस सभा सदस्य दिपक निरौला सहित अन्य रक्तदातालाई धन्यवाद दिदै मदन भण्डारी फाउन्डेसन तारकेश्वरका अध्यक्ष अमृत थापाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै प्रति आभार व्यक्त गरेका थिए।

 

तपाइँको प्रतिक्रिया ।