इम्पेरियल वर्ल्ड बुढानिलकण्ठ सेमिफाइनलमा
कपन अनलाइन
काठमाडौं भदौ २२ ।
आयोजक इम्पेरियल वर्ल्ड स्कुल बुढानिलकण्ठ प्रथम आईडब्लुएस बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
बूढानीलकण्ठस्थित घरेलु कोर्टमा इम्पेरियलले त्रियोगलाई २१–८ ले पराजित ग¥यो । इम्पेरियलका प्रज्ञान तामाङ र आयन श्रेष्ठले समान ६–६ अंक जोडे । सेमिफाइनलमा इम्पेरियलको भेट डाफोडिलसंग हुनेछ ।
सिनियर ब्वाइजमा निस्टले सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । निस्टले इम्पेरियललाई ३९–१८ ले हरायो । निस्टका समन कार्कीले १३ स्कोर गरे । निस्टले मेरिडियन इन्टरनेसनल स्कुललाई सेमिफाइनल प्रतिद्वन्द्वीका रुपमा पाएको छ ।
सिनियर ब्वाइजकै समूह चरणको अर्को खेलमा जेम्सले युरो, बानियाँटारलाई १९–११ ले पाखा लगायो । जेम्मका अभेन राजले ८ अंक जोडे ।
सिनियर गल्र्समा निस्टले डाफोडिलमाथि २३–१९ को जित दर्ता ग¥यो । निस्टकी श्रृटिले १० स्कोर गरिन् । सिनियर ब्वाइजमा न्यु मिलिनियम र संस्कृति इन्टरनेसनल स्कुल तथा जुनियर ब्वाइजमा न्यु मिलिनियम र डिभाइनबीचको खेल वर्षले गर्दा स्थगित भयो । दुवै खेल मंगलबारलाई सारिएको छ । उक्त दुई खेलसंग समूह चरणका सम्पूर्ण खेल सकिने छ ।
