महत्व र अवस्था : सिस्नेरीको सौन्दर्य, हाम्रो जिम्मेवारी (बुद्धिमान महर्जन)
कपन अनलाइन
काठमाडौं भदौ २१।
आजकल काठमाडौँको दक्षिणी भेगमा पर्ने नजिकको मकवानपुर सिस्नेरी निक्कै चर्चामा छ । सामाजिक सञ्जालमा देखिने प्राकृतिक भु – परिवेश र त्यहाको लोकप्रिय तालमा स्फूर्ति भर्न बालबालिका देखि वृद्धा र विदेशी पर्यटक समेतको भीड हामी त्यहाँ देख्न सक्छौं । डाँडाको फेदमा प्रकृतिले बनाएको ताल हेर्दै मानव लोभ्याउने अवस्थामा छ । काठमाडौंको अव्यवस्थित वातावरणबाट मानिसहरू एकाछियाको लागि भएपनि लामो सास लिन त्यहाँ पुगेको पाइन्छ । प्रकृति प्रेमी को नहोला र ? आजकल विदेशी पर्यटकको समेत मन जित्न सफल मकवानपुरको सिस्नेरी साँच्चै पर्यटकीय क्षेत्र बनेको छ । हिजो नाम सुन्दापनी दिक्क लाग्ने गाँउले आज आफ्नो रूप फेरेको पाइन्छ । पर्यटकको कारण त्यहाको आयस्रोत र जनमानसको व्यवहारमा निक्कै परिवर्तन देख्न पाइन्छ ।
सांच्चई निक्कै सुन्दर लाग्छ, “सिस्नेरी“ । तर प्रश्न छ ? आखिर कतिञ्जेल? प्रकृति एउटा जिउँदो नारी हो । जब सम्म नारीको विवाह हुँदैन, तब सम्म नारीलाई सुन्दरताको रूपमा देख्न सकिन्छ, आहाको योग्य हुन्छिन् । जब सन्तानले छातीलाई लुछन् थाल्छन्, तब शारीरिक शरीर जिउँदो भएतापनि नारी – नारीको सुन्दरताबाट उनी टाढा हुन्छिन् ।
आज प्रकृति जिउँदो छ । हरेकदिन मानिसहरुले आफ्नो स्वार्थको मनोरञ्जनमा प्रकृतिसँग दिनरात गरेको दुर– व्यवहारले प्रकृतिको आँट कहिले सम्म जिउँदो रहने हो ?
हामी कुनै स्थानको सुमिङ्गपुलमा जाँदा, पहिला शरीरको दुर्गन्ध पखालेर पोखरीमा आनन्द लिन दुबछौं । तर त्यहाँ देखिएका साडी लुगाको पूरा परिरणको दृश्य र अन्य लापरवाहीले के प्रकृति मौन भएर खुसी व्यक्त गरेकी होलिन् ?
सबैको आ आफ्नो स्थान र महत्व हुन्छ । स्वर्ग जस्तो पवित्र जलस्थल छाडी, हजारौं टुक्रामा आफ्नो रूप बिगारी, हाम्रो जीवनको सार बन्न उत्सुक प्राकृतिक नदी, ताललाई निरीह बनाएर – हामीले लिँदै आएको स्वार्थको सुविधामा आज बागमती, मनोहरा, इन्द्रावती लगायत अन्य नदीहरू आफ्नो रूपबाट आफैं लज्जित भएको पाइन्छ । प्रकृतिको संरक्षण गर्नु सरकारको मात्र जिम्मेवारी होईन, यो हामी नेपालीको पनि दायित्व हो । हरेक कुराको स्पष्ट नियम,प्रभावकारी कार्यान्वयन गर्नु अति आवश्यक देखिन्छ । यस्तै अवस्थामा मानिसको लोभ बढ्दै जाने हो भने – भावी पुस्ताले नेपालको वास्तविकता पुस्तकका पानामा मात्र खोज्नु पर्ने अवस्था आउन सक्छ । त्यसैले आजै हामीहरू सचेत हुनु जरुरी छ । विकास र संरक्षणबीच सन्तुलन कायम गर्दै सिस्नेरी जस्ता अन्य प्राकृतिक सम्पदालाई जोगाउनु हामी सबैको ठूलो जिम्मेवारी बनेको छ । प्रकृतिले हामीलाई जीवन दिएको छ, हामीले पनि प्रकृतिलाई जोगाउनु पर्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
