भनसुन नलाग्ने प्रशासन र मनसुन पर्खनु नपर्ने कृषिको विकास मेरो अभियान हो : रामेश्वर फुँयाल (प्रदेस सभा सदस्य काठमाडौं ३/२ )
कपन अनलाइन
काठमाडौ,पौष १८ ।
काठमाडौ क्षेत्र नं ३ प्रदेस क्षेत्र २ मा निर्वाचित प्रदेस सभा सदस्य रामेश्वर फुयाल संग कपन अनलाइनका विकल सापकोटाले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।
कपनअनलाइन :तपाईको पारिबारिक पृष्ठभूमि बताईदिनुहोस न ?
रामेश्वर फुयाल : मेरो पारिबारिक पृष्ठभुमि भन्दा पिता स्व. सोम प्रसाद फुयाल उहा ८४ बर्षमा बित्नु भयो माता नन्दकुमारी फुयाल अहिले ८६ बर्षको हुनुहुन्छ । मेरो दाजु बिष्णु प्रसाद फुयाल र भाउजु सीता फुयालका तीन वटी छोरि र एउटा छोरा रहेका छन्। त्यसै गरि मेरो श्रीमती सुभद्रा फुयाल र मेरा तीन वटी छोरीहरु रहेका छन्। पारिबारिक ढाचा यहि छ ।
म एउटा सामान्य परिवारको उपत्यकामा भएको सामान्य परिवारको मानिस हु। सामान्य परिवार बाट अघि बढेको खेति किसानी गर्ने , बनबाट स्याउला काट्ने र संबिधान सभाको सदस्य हुँदा पनि भकारो सोहोर्ने तहमै छु ।
म बैदार तहमा २०३८ साल चैत २९ गते एक नम्बरमा लोक सेवा पास गरेर नियुक्त भएको थिए ।त्यस पछी मैले सुब्बामा पास गरे ,लेखापालमा पास गरे । म स्नातक भएपछीको छ महिना भित्र बडा लेखापाल र प्रशासनिक अधिकृतमा पास गरेको थिए। दश वर्ष मेरो प्रशासनिक नोकरी अवधि रह्यो ।
कर्मचारी आन्दोलनमा कर्मचारीहरुको नेतृत्वगरे बापत मैले जागिर बाट निष्कासित भए। मेरो मान्यता भनेको महिला र पुरुष बराबरी शारीरिक श्रम गर्नु र मानशिक श्रम गर्नु उत्तिकै सम्मानको बिषय हो र गाउमा शहरका सुबिधा पुर्याएर बराबरीको नेपाल बनाउने र यसका लागि मैले एउटा नीति बनाएको छु ।
त्यो निर्वाचनमा मैले बोकेको नीति भनेको नदि सफा गरौ, राजनीति सफा गरौ भनसुन नलाग्ने प्रशासन र मनसुन कुर्ने नपर्ने कृषि प्रणालीको देश नेपाल निर्माणका लागि राजनीतिलाई म मुख्य बिषय बनाउन चाहन्छु। राजनीति सेवा हो र हस मुख सेवा राजनीतिमा प्रदान गरौ भन्ने नारामा काम गर्न चाहिरहेको छु ।
कपन अनलाइन : तपाइको राजनीतिक यात्रा र जिम्मेवारिहरुको बारेमा बताई दिनुहोस न ?
रामेश्वर फुयाल : म २०३२ सालमा १२ बर्षको मात्र थिए। मैले सामाजिक शिक्षा पुस्तकमा पढ्दा मलाई देब समशेर मनपर्यो ,मलाई महात्मा गान्धीका कामहरु मनपर्यो।
डा. सन यात्सेनले चीन मुक्तिको लागि काम गरेको मन पर्यो, माउत्सेतुंगका कामहरु मन पर्यो त्यति मात्र होइन पूर्व पश्चिम राजमार्ग निर्माण र विकास क्षेत्र निर्माण जस्ता कुरा राजा महेन्द्रको पनि मनपर्यो ।
म त्यो बेलामा पनि सन्तुलित दृष्टिकोण राख्दोरहेछु र पंचायती व्यवस्था मन परेन।मैले २०३५ सालमा एस ए ल सी दिएर बसेपछि बिद्यार्थी आन्दोलन बाट प्रभावित भए ।नेपाल कम्न्युष्ट पार्टी मालेको भूमिगत नेतृत्व संग एकै पटक नजिक पुगे ।
सुर्य प्रसाद फुयाल र मेरो दाइ बिष्णु प्रसाद फुयालले राजनीतिक बिषयमा आफुलाई जोड्नु भएको रहेछ र त्यस मार्फत मैले भूमिगत राजनीति बुझे।
२०३५ सालको बिद्यार्थी आन्दोलन पाकिस्तानका प्रधानमन्त्रि जुल्फीकर अलि भुट्टो लाइ मृत्यु दण्ड दिइयो दिए पछाडी नेपालमा एउटा आन्दोलन भयो र बिद्यार्थी आन्दोलन बाट म पनि प्रभावित भए। जनमत संग्रह घोषणा पछाडी जनमत संग्रहको प्रचार समितिको मैले आलापोटको सदस्यको रुपमा मैले काम गरे ।
राम धिमाल त्यसको संयोजक हुनहुन्थ्यो ।त्यसो भएको हुनाले जनमत संग्रहमा मैले भोट हालिन। त्यहि सेरोफेरोमा पुस्तकालय निर्माण गर्ने संचालन गर्ने, स्कुल खोल्ने अनि युवा साहित्य समिति भन्ने प्रगतिशील साहित्यिक प्रचारको जागरणको एउटा अभियानको सस्थापक पनि रहेर काम गरे ।
यी महत्वपूर्ण जिम्मेवारीहरु मैले निर्वाह गरे । मैले २०३६ देखि नै मैले अनेरास्वोबियुको शंखर देब क्याम्पसको प्रारम्भिक कमिटिको सदस्य सह प्राकको सदस्य जस्तै भएर काम गरे भने कर्मचारी समंवय समिति उपत्यकामा बनेको थियो ।त्यसको म सदस्य र मूल कमिटिको सदस्यको रुपमा लामो समय काम गरे। जुन भूमिगत अवस्थामानै रहेको थियो ।
नेपाल कम्युनिस्ट पार्टीको काठमाडौको उत्तरी क्षेत्रको एरिया कमिटिको प्रमुख त्यसपछि मध्य क्षेत्रको उपप्रमुख ललितपुर सम्मको उपप्रमुख अनि काठमाडौँ जिल्ला कमिटिको सक्रिय दलको प्रमुख, उपप्रमुख जिल्ला कमिटिको सदस्य भएर मैले २०४१ सालमा नेपाल कम्युनिस्ट पार्टीको पार्टी सदस्यता प्राप्त गरेको थिए।
आफुलाई सामाजिक आन्दोलन विकास , शैक्षिक , शाहित्यिक र राजनीतिक आन्दोलनमा मैले एकै पटक अगाडी बढाए । सबैले देख्दा एउटै क्षणमा मैले धेरै भूमिका एकै पटक निभाइरहेको थिए ।सम्भवत त्यो मेरो प्रक्रिया सधै भरि रहन्छ । यस्ता यस्ता जिम्मेवारीहरुमा रहेर काम गरेको छु ।
समय व्यवस्थापन मेरो मुख्य काम हो। म मुलत मैले १ हजार जना मान्छेलाई १ घण्टा कुराउनु भनेको१ हजार घण्टा मैले बिगार्नु हो र मेरो जीवनको पनि १ घण्टा बिगार्नु हो ।मेरा कामले सामाजिक जागरणमा असर नपरोस भन्ने रहेको छ।
कपन अनलाइन : संविधान सभामा यहाले आफ्नो भूमिका जिम्मेवारी निर्वाह गर्नु भयो अब प्रदेश सभा सदस्यको रुपमा तपाइको प्राथमिकता केके रहेको छ ?
रामेश्वर फुयाल : संबिधान सभामा संबिधान बनाउनको लागि नेपाली मौलिकताको संबिधान बनाउनको लागि आफुले खेल्न पाएको भूमिकामा केहि बिषय मलाई खुब हेक्का लाग्ने गरेर मज्जा लागेका छन्।
त्यो के हो भने थ्रेस होल्ड संबिधानमै राख्न चाहन्थे यसमा प्रयास गरियो सम्भब भएन र राजनीतिक दल समबन्धि कानुनमा थ्रेस होल्ड ५ प्रतिशत माग गरिएको थियो ।३ प्रतिशत र एक जना प्रतिनिधि प्रत्यक्ष् तर्फ निर्वाचित हुनु पर्ने भन्ने बिषय सकियो त्यो एउटा उपलब्धि मुलक कुरा रह्यो ।
दोस्रो कुरा भनेको संबिधानमै जेठ १५ गते बजेट ल्याउने भन्ने टुन्ग्यौना सकेन यो महत्वपूर्ण कुरा हो। ७ प्रदेश होइन म ५ प्रदेश चाहान्थे तर ७ प्रदेश भयो त्यसलाई मान्नुपर्छ।
मेरो बिचारमा अझै पनि बैज्ञानिक रुपमा ७ प्रदेश भन्दा पनि ५ प्रदेश नै ठिक छ भन्ने लागेको छ। त्यसैले गर्दा निर्वाचनकै सन्दर्भमा महिला उपाध्यक्ष वडा देखि माथि सम्म रहोस र दुइ जना उपाध्यक्ष प्रबन्ध गरौ भनेर मैल जोड दिन चाहन्थे तर प्रमुख या उपप्रमुख मध्ये एक महिला भन्ने कुरा भयो ।
४० प्रतिशत महिला प्रतिनिधित्व स्थानीय तहमा भन्ने कुराको व्यवस्थापन भयो साथसाथै आवधिक निर्वाचनको दिन नै तय गर्नुपर्दछ कानुनमा भनेर म राख्न चाहन्थे। निर्वाचन सम्बन्धि कानुनमा स्थानीय तहको निर्वाचन पाचौ बर्षमा भनेर लेखाउन सकिएन।
यी महत्वपूर्ण उपलब्धिमा आफुले खेल्न पाएको भूमिकामा म गौरब गर्न चाहन्छु।अदालतले भ्रस्टचारी तोकेका ब्यक्तिलाइ पार्टीको पनि उम्मेद्वारी हुन नपाउने र राजनीतिक उत्तरदायित्व पदहरुमा पनि जान नपाउने प्रबन्ध गर्न पाउदा मलाई गौरब लागेको छ ।
प्रदेश उत्तिकै जिम्मेवारीको ठाउ हो जनताको सेवा गर्न संघ प्रदेश र स्थानीय तहले उत्तिकै पाउछन। मैले प्राज्ञिक तहको संबिधान सभामा भूमिका खेल्न पाइहाले त्यसमा खुसि छु ।
संबैधानिक हिसाबले बनेको अबयब बाहेक धेरै कुरा प्रदेशका चाँही बन्न बाँकी रहेको छ। यो बेलामा चुनौती पूर्ण काम कसले गर्न सक्छ भने पछी अफ्ट्यारो काम रामेश्वर फुयालको भाग भन्ने पनि छन नेकपा एमाले भित्र।
त्यो अफ्ट्यारो कामको जिम्मा लिएर पार्टीले जिम्मेवारी दिए अनुसार खटाए अनुसार जनताले बिश्वास गरे अनुसार मैले प्रदेशको अहिले सम्म आफुले खेलेका सबै भूमिका राम्रा भनेका छन् ।
जनताले त्यो बिश्वास गरेका छन ।त्यो प्रदेश सभाको जिम्मेवारी त्यसरी नै गर्न सक्छु की सक्दिन भन्ने कुरामा म चिन्तित रहेको छु। र म तपस्या गर्न चाहन्छु र जनताको इच्छा पुरा गर्न चाहन्छु ।
कपन अनलाइन : तपाइका प्रमुख मुद्दाहरु केके उठाउदै हुनुहुन्छ ?
रामेश्वर फुयाल : अब नेपालमा राजनीतिक क्रान्तिको पाटो सकियो। अब आर्थिक क्रान्ति सामाजिक क्रान्ति र सांस्कृतिक क्रान्तिको पालो हो यसका लागि मैले केहि मुद्दाहरु नदि सफाई गर्ने ,जल भण्डारको रुपमा रहेको शिबपुरीको संरक्षणमा लाग्ने, हरियाली संरक्षण मालाग्ने आफु भन्दा अग्ला ५ फिट उचाईका रुख रोप्ने, दुइ रुख नेपालका हरेक नागरिकले प्रति वर्ष जन्म दिनमा रोपे पनि भयो खुसीका दिनमा रोपे पनि भयो दुइ फुल रोपुन र दुइ थुन्से फोहोर व्यवस्थापन गरुन भन्ने मेरो चाहना छ ।
निर्वाचन क्षेत्र नं ३ त बन्छ बन्छ अनि भ्रष्टचार बिरोधि जनमत तयार गर्न “नदि सफा राखौ राजनीति सफा राखौ” भन्ने नारामा निर्वाचनमा मत मागेको छु ।प्राबधिक शिक्षालाइ जोड दिन चाहन्छु। निर्वाचन क्षेत्र प्राबिधिक शिक्षाहरुको व्यवस्थापनमा ध्यान दिनेछु । प्रत्येक शाखामा प्रत्येक बस्तीमा खेलका लागि म ध्यान दिन चाहन्छु।
नेपालमा खेल बिश्व बिद्यालय निर्माणमा मेरो ध्यान जानेछ। जेष्ठ नागरिकका लागि त्यो आनन्द दिनको लागि उद्यानहरु हरियाली उध्यानहरु खुल्ला क्षेत्रहरुको संरक्षण र बस्ति बस्तीमा खेल हरेक वडा वडामा खेल र भू उपयोग नीतिलाई हामी कार्यन्वयन मा ल्याउनेछौ र उपत्यका भरि ५ वटा चक्रपथ बनाउनेछौ।
धेरै वटा राज मार्गले उपत्यका बाहिर जाने खालको स्थिति बनाउने छौ। लोकतान्त्रिक शहीद मार्ग चौथो ग्रामिण चक्रपथ, कागेश्वरी चक्रपथ जस्ता बाटोहरु बन्नेछन ।हामी आम जनतालाई सेवा पुर्याउनको लागि प्राबिधिक शिक्षामा ध्यान दिनेछौ ।
मान्छेले पढ़िसकेपछि रोजगारीले पछ्याउदै आओस। मैले २०५९ साल पछाडी जब राष्ट्रिय झण्डा फेरौ भन्ने कुरा आयो त्यो हुँदैन भन्ने कुरालाइ आन्दोलनको रुपमा अगाडी बढाए। मलाई त्यसमा गौरब छ संबिधानमा लेखि सकिएको छ ।तसर्थ यो झन्डको सुरुवात देखि २० फिट देखि राष्ट्रिय झण्डा २२ हजार ४ सय ४३ वटा मैले बाडेको छु ।तारेभिरमा २० फिटको झण्डा त्यसै गरि गागलमा २० फिटे झण्डा सृंखलाको साथमा अघि बढिरहेको छ ।
कपन अनलाइन : निर्वाचित भैसकेपछि आम जनता र मतदाताहरु लाई के संदेश रहेको छ ?
रामेश्वर फुयाल : लोकतान्त्रिक प्रणाली मार्फत समुन्नत निर्माण गर्न खुसि नेपाली सुखी नेपाली र समृद्द नेपाल निर्माण सम्भब छ यसका लागि श्रम सम्मानको संस्कृति निर्माण गरौ।
हामि संग भएका प्रतिभाहरुको प्रष्फुटन गरौ एउटा कबिता लेखे पछि पनि पेन्सन पाइन्छ त्यो ब्याकुल महिलाले पाए जस्तै सबैले पाउने स्थिति बनाउनु पर्छ ।साहित्यलाइ माथि लैजानु हामि सबैको कर्तब्य हो ।
अन्यमा दिन रात नभनी लामो समय खट्नु भएका गठबन्धनका नेता कार्यकर्ता ,पार्टीका सदस्यहरु समर्थक सुभचिन्तक लगायत आम मतदाताहरु जसले भोलि गएर यसले भूमिका निर्वाह गर्न सक्छ भनेर बिश्वास गर्नु भयो उहाहरु सबैलाई धन्यबाद दिन चाहन्छु ।अनि उहाहरुलाई अनुरोध पनि गर्न चाहन्छु जिताएर मात्र पुग्दैन भोलि काममा पनि साथ् दिनु पर्छ भन्न चाहान्छु ।