बुद्ध जयन्तीको अवसरमा जुगल नवागुरुकुलले गर्यो शान्ति र्याली

बुद्ध जयन्तीको अवसरमा जुगल नवागुरुकुलले गर्यो शान्ति र्याली

कपन अनलाइन

काठमाण्डौ, बैशाख ३०।

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १०, कपनमा रहेको जुगल नवगुरुकुल स्कुलले बुद्ध जयन्तीको अवसरमा शान्ति र्याली कार्यक्रम आयोजना गरेको छ । २५६९औँ बुद्ध जयन्तीको अवसरमा आज बिहान विद्यार्थीहरूसहितको सहभागितामा शान्ति र्याली गरेको हो ।

सो र्यालीमा अध्ययनरत विद्यार्थीहरू सहित स्थानीय व्यक्तिहरू, स्कुलका शिक्षक शिक्षिकाको पनि सहभागी भएका थिए ।
बिहान ७ बजेदेखि स्कुल प्राङ्गणबाट विद्यार्थीहरूलाई लामबद्ध बनाई र्यालीलाई सुरु गरिएका थियो भने कपन मिलन चोक, नारायण चोक, रुद्रमति चोक, आकाशेधारा लगायतका ठाउँलाई परिक्रमा गर्दै पुनः स्कुल ल्याइएको थियो ।

हरेक वर्ष जुगलले बुद्ध जयन्ती अवसरमा शान्ति र्याली कार्यक्रम गर्दै आएको छ । यस वर्ष पनि समाजमा बुद्धको सन्देशलाई फैलाउन सकूँ भन्ने उद्देश्यका साथ र्यालीको आयोजना गरेका हौँ, स्कुलका फाउण्डर, प्रिन्सिपल रुपक लामिछानेले बताएका छन ।

तपाइँको प्रतिक्रिया ।