स्व. गोपाल श्रेष्ठ स्मृति ४ नं वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता गर्न सहयोग गर्ने सबैलाई धन्यवाद :विकेश श्रेष्ठ

कपन अनलाइन

काठमाडौँ, फागुन ९।  गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर युवा जागरण क्लब (GFG)को आयोजनामा स्वर्गीय गोपाल श्रेष्ठ स्मृति गोकर्णेश्वर नगरपालिका ४ नं वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ उत्तरबाहिनीस्थित ब्याडमिन्टन कोर्टमा माघ २६ गते बाट शुरु भएको उक्त प्रतियोगिता फागुन १ गते सम्पन्न भएको हो सोहि प्रतियोगिताको आयोजक गोकर्णेश्वर युवा जागरण क्लब (GFG)का अध्यक्ष तथा गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिका सदस्य समेत रहेका विकेश श्रेष्ठ संग कपन अनलाइनका को लागि  कुराकानीको आधार तयार पारिएको सामग्री प्रस्तुत गरेका छौ।

कपन अनलाइन : स्वर्गीय गोपाल श्रेष्ठ स्मृति गोकर्णेश्वर नगरपालिका ४ नं वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्नुको मुख्य उदेश्य के हो ?

विकेश श्रेष्ठ : नेपाल तरुण दल गोकर्णेश्वर नगर समिति, काठमाडौंका अध्यक्ष तथा गोकर्णेश्वर युवा जागरण क्लबका सल्लाहकार समेत रहेका स्व. गोपाल श्रेष्ठको हृदयाघातका कारण निधन भएको थियो। उनकै बार्षिक पुण्य तिथिको अवसरमा खेलको माध्यमबाट आपसी भाइचारा मित्रता र सामाजिक सदभाब कायम गर्दै वडा बाट प्रतिभावान खलाडी उत्पादन गर्ने र गोकर्णेश्वर नगरपालिका वडा नं ४ भित्रका ब्याडमिन्टन प्रेमीहरु लाई समेट्ने उद्धेश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो।

कपन अनलाइन : स्व . गोपाल श्रेष्ठलाइ कसरी सम्झनु हुन्छ ?

विकेश श्रेष्ठ : एकदमै मिलनसार कहिले नहासी नबोल्ने सधै सहयोगी भावना राख्ने,हाम्रो क्लबको को सल्लाहकार समेत रहेका थिए नेपाल तरुण दल गोकर्णेश्वर नगर समितिका अध्यक्ष समेत रही काम गरिरहेका श्रेष्ठले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । सानैदेखि हक्की स्वाभावका श्रेष्ठको निधनले क्लबलाई पनि अपुरणीय क्षति भएको छ होनहार, इमान्दार, कर्तब्य निष्ठ राजनितिज्ञ को छवि बनाउन सफल हुनुहुन्थ्यो उहाले पुर्याएको योगदानलाइ स्मरण गर्दै प्रतियोगिता आयोजना गरेका हौ आगामी दिनमा पनि क्लबले बिभिन्न कार्यक्रमहरु गर्ने योजना बनाएको छ।

कपन अनलाइन : स्व. गोपाल श्रेष्ठको स्मृतिमा ब्याडमिन्टन प्रतियोगिता नै किन ?

विकेश श्रेष्ठ: पछिल्लो समय ब्याडमिन्टन खेलको क्रेज दिन प्रतिदिन बढ्दो क्रममा छ। गोकर्णेश्वर नगरपालिकाका बिभिन्न स्थानमा ब्याडमिन्टन कोर्ट निर्माण भए संगै अहिले बालबालिकादेखि युवा पुस्ताहरु पनि त्यसमा आकर्षित बन्दै गएका छन खुला ठाउँको अभावले शारीरिक व्यायाम गर्नबाट वञ्चित बनेका बालबालिकादेखि युवा वर्गका लागि ब्याडमिन्टन उपयुक्त विकल्प बनेको छ । त्यसमा पनि गोपाल दाइले पनि ब्याडमिन्टन खेलमा रुची राख्नुहुन्थ्यो कम समयको तयारीमा नै सबै क्षेत्रका मानिसलाई एकैठाउँमा भेला गरेर खेलसँगै एकापसमा भाइचारा स्थापित गर्न पनि सहयोग पुग्ने भएकोले ब्याडमिन्टन प्रतियोगिता नै रोजेका हौ अन्य प्रतियोगिता गर्दा लाग्ने आर्थिक, समय , तयारी, स्थान छनौट लगायतको कारणले पनि ब्याडमिन्टन प्रतियोगिता नै रोजेका हौ।

कपन अनलाइन : कति जनाले खेलमा सहभागिता जनाएका थिए ?

विकेश श्रेष्ठ : छोटो समयको तयारी र कम प्रचार प्रसारको बाबजुत पनि १६ वटा टिमले सहभागिता जनाएका थिए नक आउट आधारमा खेलाइएको सो प्रतियोगिता सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद।

कपन अनलाइन : तपाई भर्खरै गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिका सदस्य  समेत मनोनित हुनु भएको छ गोकर्णेश्वरको  खेलकुद  बिकासमा  यहाको कस्तो भूमिका रहन्छ   ?

विकेश श्रेष्ठ: देश विकासमा खेलकुदको पनि अहम भूमिका हुन्छ। अहिलेसम्म बाटो, बिजुली, पर्यटनलगायतका अरू आधारभूत कुरालाई मात्र विकासको आधार मानिँदै आएको छ। वास्तवमा खेलकुद विकास र समृद्धिको छैठौं पूर्वाधार हो। स्वस्थ शरीर र स्वस्थ समाजका लागि खेलकुद अपरिहार्य छ त्यसैको विकासको लागि म लगायत नगर खेलकुदको  टिम लाग्नेछ, ठूलो लक्ष्य प्राप्तिका लागि एकआपसमा हातेमालो गर्दै अगाडि बढ्नुपर्ने अहिलेको चुनौतीपूर्ण समयमा हामि एक  जुट भएर नगरको खेलकुद विकासमा लाग्नेछौ  ।

कपन अनलाइन :कोरोनाका कारण सुस्ताएको नगरको खेलकुदको  गतिबिधिलाइ उठाउने कस्तो योजना छ  ?

विकेश श्रेष्ठ :खेलप्रति बढ्दो रुचि अनि खेलाडी र खेल पदाधिकारीको सक्रियताका कारण अचेल  धेरै  खेल गतिविधि हुन थालेका छन। कोरोनाको कारण जर जर् भएको खेलकुद क्षेत्र अहिले जुर्मुराएको छ ,स्थानीय तहको वडादेखि  नगरपालिकास्तरीय प्रतियोगिता  हुन थालेका छन् । यसले गर्दा एकातिर खेल कौशल बढाउन नयाँ खेलाडीलाई सहयोग पुगेको छ भने अर्कातिर खेलप्रेमीहरूले मनोरञ्जन लिन पाएका छन उमेर ढल्कँदै गए पनि खेलकुदमा रुचि हुनेहरुलाई समेत समाबेश गरेर गरिएको  वडा स्तरीय  ब्याडमिन्टन प्रतियोगितामा सहभागिता जनाउनुले  खेल प्रतिको रुचीलाइ दर्साउछ त्यसैले प्रत्येक व्यक्तिको रुची अनुसार खेल गतिबिधि  बढाउनु पर्छ,विश्वका हरेक राष्ट्रले प्रतिभावान् खेलाडी उत्पादन गर्नका लागि नियमितरूपमा खेलकुद प्रतियोगिता आयोजना गर्ने गर्दछन्।

खेलकुदका प्रतिभाहरू सुगम ठाउँमा मात्र नभई देशको विकट ठाउँमा पनि लुकेर रहेका हुन्छन् भन्ने मान्यतालाई आधार बनाएर नियमित रूपमा यस्तो प्रतियोगिता गर्ने हो भने क्षमता वान  खेलाड़ी  उत्पादन गर्न सहयोग पुग्छ  त्यसैले नयाँ र क्षमतावान् प्रतिभा खोजी गर्ने सबैभन्दा प्रभावकारी माध्यम  भएको हुँदा बिभिन्न प्रतियोगिता संचालन गर्ने देखि लिएर प्रशिक्षण तथा खेलकुदका भौतिक पूर्वाधारका संरचना निर्माणको लागि   पहल गर्ने सोच रहेको छ ।

तपाइँको प्रतिक्रिया ।