तारेभीर महोत्सवले हाम्रो जीवन स्तरमा सकरात्मक परिवर्तन ल्याएको छ : स्थानीय

तारेभीर महोत्सवले हाम्रो जीवन स्तरमा सकरात्मक परिवर्तन ल्याएको छ : स्थानीय

कपन अनलाइन

काठमाडौं ,पौष १८।

चौथो तारेभीर महोत्सवको तयारी अहिले तीव्र गतिमा भैरहेको छ ।शिवपुरी पहाडको काखमा रहेको तारेभीर क्षेत्रको पर्यटन प्रवर्धन गर्ने उदेश्य राखेर सुरु गरिएको यो महोत्सव  यस पटक २ दिन संचालन गरिने छ भने अगिल्ला वर्ष भन्दा यस पटक थप विभिन्न कार्यक्रम गरेर मनाउने तयारी गरिएको त्यस क्षेत्रका स्थानीयहरुले बताएका छन।

तारेभीर क्षेत्रको आर्थिक ,सांस्कृतिक र भौतिक विकास गरि सो क्षेत्रलाई प्रवर्धन गर्ने हेतुले सुरु गरिएको सो महोत्सव संचालन पश्चात सो क्षेत्रमा आउने आन्तरिक पर्यटकहरुको संख्यामा बृदी भैरहेको स्थानीयहरुको भनाइ छ ।

यो महोत्सवले गर्दा तारेभिर क्षेत्रमा आउने पर्यटक बढेको र त्यसले स्थानीयहरुको आय श्रोतमा समेत बृदी गरेको र यस क्षेत्रलाई खोजेर घुम्न आउने मान्छेको संख्या बढेको स्थानीय आसिका तामांगले बताइन । पहिला यहाँ १० जना आउनु हुन्थ्यो भने महोत्सव पछी १०० जना आउन थालेको उनले बताइन । महोत्सव पछी अन्य बेलामा आउनेहरुले पनि महोत्सवको वारेमा जिज्ञासा राख्ने गरेको उनले बताइन ।

त्यस्तै अर्का स्थानीय दिपक तामांगले यस क्षेत्रमा यातायातको सुविधा भए अझ धेरै पर्यटकहरु आउन सक्ने बताए ।उनले यस क्षेत्रमा आउने बाटोहरु मर्मत गरेर नियमित रुटका यातायात संचालन गर्नु पर्ने बताए ।यहा नियमित यातायात संचालन हुन् सके महोत्सवको वेलामा मात्र हैन अन्य वेलामा पनि धेरै पर्यटकहरु आउने उनको भनाइ छ ।तामांगले यस क्षेत्र बाट निर्वाचित बनेर गएका जनप्रतिनिधिले धयान पुर्याएर योजना बनाए यो काठमाडौं कै उत्कृस्ट पर्यटकीय गन्तव्य बन्ने बताए ।

त्यस्तै सो क्षेत्रमा घुम्न आएका बौद्धका राकेश श्रेष्ठले तारेभिर क्षेत्र निकै सुन्दर रहेको र यहाँ सम्म आउने बाटो निर्माण भए अझ धेरै पर्यटक आउने बताए ।उनले यस क्षेत्रको वातावरण र  प्रकृति मन लोभयाउने खालको भएकोले यसको प्रवर्धनमा लाग्नु पर्ने बताए ।

गोकर्णेश्वर नगरपालिका वडा नं ३ का सदस्य एबम महोत्सवका पुर्व संयोजक लक्षमण कुमार गोलेले जुन उदेश्य राखेर महोत्सव सुरु गरेको सो पुरा भएको बताए । उनले यस क्षेत्रलाई चिनाउन खोजेको र त्यो विस्तारै पुरा हुदै गएको भन्दै महोत्सवकै कारण यस क्षेत्रको बाटो निर्माणमा तीव्रता आएको बताए । पुर्व सांसद रामेश्वर फुँयाल को सोच र स्थानीयको साथले सुरु भएको यो कामले स्थानीयहरुको जीवन स्तरमा सुधार ल्याउन सहयोग पुगेको उनको भनाइ छ ।स्थानीय सरकारको प्राथमिकतामा परेको यो महोत्सवले काठमाडौं उपत्यकाको उत्तरी भागको पहिचान स्थापित गर्न सफल हुने विस्वास गोलेले व्यक्त गरे ।

तारेभीर काठमाडौं उपत्यकाको उत्तरी शिर हो जहाँ काठमाडौं बाट गोकर्णेश्वर वा बुढानिलकण्ठ बाट पुग्न सकिन्छ।शिवपुरी नागार्जुन रास्ट्रिय निकुन्ज क्षेत्रमा रहेको तारेभीर प्राकृतिक रुपमा सुन्दर त् छ नै यस क्षेत्र साइकलिंग , पदयात्रा र अन्य साहसिक खेलको सम्भावना प्रचुर रहेको छ ।यस क्षेत्रमा पर्यटकीय उद्योगको विस्तारका लागि होटल,होम स्टे र अन्य पूर्वाधारको विकास गर्नुपर्ने देखिन्छ ।

 

 

 

तपाइँको प्रतिक्रिया ।