जनप्रतिनिधि जनताको सेवाका लागी हुन: वडा सदस्य जयराम महत (गोकर्णेश्वर-४)

जनप्रतिनिधि जनताको सेवाका लागी हुन: वडा सदस्य जयराम महत (गोकर्णेश्वर-४)

कपन अनलाइन

काठमाडौं,बैशाख ८ / अहिले विश्व कोरोना भाइरस बाट विश्वका हरेक देशहरुले आफ्ना नागरीकलाई सुरक्षीत राख्न हरेक प्रयासहरु गरीरहेका छन् ।  नेपालमा पनि केन्द्रसरकार,प्रदेशसरकार र स्थानिय सरकार आफ्ना नागरीकलाई सुरक्षित राख्न बिभिन्न प्रकारको योजना बनाएर कार्यनयन गरिरहेका छन् । यसै क्रममा  गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा कोरोना भाइरसको जोखिम न्युनिकरण र राहततिरणको विषयमा कपन अनलाइनका विकल सापकोटाले वडा सदस्य जय राम महत  संग  गरेको  कुराकानी प्रस्तुत गरिएको छ।

कपनअनलाइन :कोरोनाको महामारिमा तपाँइले कसरी आफ्नो वडाबासीलाई सुरक्षित राख्ने प्रयास गर्नु भएको छ ?

जयराम महत : केन्द्र सरकारले सर्कूलर गरे देखी नै  हामि नगरपालिकाको सिँगो जनप्रतिनिधिको टिम आफ्ना जनतालाइ कोरोना भाइरस  बाट जोगाउन लागिपरेका छौं । यसमा गोकर्णेश्वर नगरपालिका वडा नं ४का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ सहितको टिम दिन रात नभनी खटिरहेका छौ।जसले गर्दा अहिले सम्म हामि सफल नै भएको ठानेका छौ ।

सुरुमा हामिले जनतालाइ सचेतना जगाउन  चोकचोकमा घनबस्ती भएको ठाउँमा कोरोना भाइरस  बाट जोगाउने सन्देस सहितका  ब्यानरहरु बनाइ टसियो । माइकिंग गरी गाउँलेलाइ सचेत गराउदै  किटनासक बिषदी छर्कीने तथा  चोकचोकमा साबुनपानी ले हातधुने तरीका सिकाउदै  सामाजिक दूरी कायम गरी आफ्नो दैनिकी संचालन गर्न अपिल गरेका थियौ   ।तुरुन्तै हामीले विपद व्यवस्थापन समितिको बैठक गरि एउटा टिम बनाई कार्य अघि बढायौ। साथीहरुले खुब मेहेनत गर्नु भएको छ सबैलाई सिंगो वडाको तर्फ बाट धन्यबाद दिन चाहन्छौ।

कपन अनलाइन : सिङ्गो गोकर्णेश्वर  नगरपालिका सुनसान छ । मान्छे  अत्यावश्यक काम बाहेक घरबाट बाहिर निस्केका छैनन् तर तपाईँ लगायत वडाको टीम भने यति व्यस्त देखिन्छ ।  वडामा काम हुन्छ ‘लकडाउन’ मा पनि ?

 जय राम महत :जनप्रतिनिधि जनताको सेवाको निम्ति हो । सरकारले ‘लकडाउन’ भनेर घोषणा गरे पनि जनप्रतिनिधि, सेना, प्रहरी, सशस्त्र लगायत राज्यको सञ्‍चालन तहमा बसेकाहरूले आराम गर्ने समय होइन यो । यस्तै बेलामा सबैभन्दा बढी समस्या हुनसक्छन् । दुःखद घटना हुनसक्छन् । हामी तयारी अवस्थामा बस्‍नुपर्छ । कुनै पनि बेला केही पर्‍यो भने जनताको समस्या सहजै समाधानगर्नको लागि हाम्रो टिम तैनाथ छ त्यस माथि अहिले समय मा झन् जिम्मेवार पुर्वक काम गरिरहेका छौ  हुन्छ ।

 कपन अनलाइन : वडामा तपाई स्वयम् नियमित हुनुहुन्छ । ‘लकडाउन’ को बेला जनतालाई के–के समस्या आइपर्दा रहेछन् ?

 जय राम महत :अहिले दुई–तीन वटा महत्वपूर्ण काम छ । स्वास्थ्यसँग सम्बन्धित काम हुन्छ । सरसफाइको काम हुन्छ । र राहत वितरण लगायतको अत्यावश्यक सेवाको काम हरु नियमित रुपमा भइरहेको छ स्वास्थ्यसँग सम्बन्धित समस्या भने दिनरात भन्‍ने नै हुँदैन ।

कपन अनलाइन :राहत वितरणको चटारो कतिको छ ?

 जय राम महत: कोरोनासँग सम्बन्धित खाद्यान्‍न वितरणको पनि विषय छ । सबैतिर नाम सङ्कलन  गर्ने काम भयो  । नाम सङ्कलन भइसकेपछि हामी अत्यन्तै सतर्कतापूर्वक छानबिन गर्यौँ । साँच्चिकै हाम्रो कार्यविधिअन्तर्गत पर्छ कि पर्दैन ? उसले खान पाएको छ कि छैन ? छानबिन गरेरमात्र दिने हो । खान पुग्ने भएकोलाई दिनका लागि यो रहत हुँदै होइन । खान नपाएका काम गरी खाने मान्छेलाई केन्द्रबिन्दुमा राखेर उहाँहरूको एक–एक गरी छानबिन भयो ।

त्यसपछि बास्तविक पिडित पहिचान गरि घर घरमै स्वयं सेवक  समते परिचालन गरि हामि वडा अध्यक्ष सहितको टिमले कुपन वितरण गर्यौ र कुपन प्रणाली अनुसार राहत वितरण गर्ने काम गरिएको छ तर समस्या कहानेर रह्यो भने नाम संकलन गर्दा झन्डै दुइ हजार हाराहारीको संकलन गरिएको तर नगरपालिका बाट मात्र ८ सय कुपन आयो, बाँकी लाइ राहत वितरणमा समस्या पर्ने देखे पछि हामीले स्थानीय दाताहरुलाई अनुरोध गरि थप कुपन को व्यवस्था गरि राहत वितरण गर्यौ, अझै पनि त्यो क्रम जारि छ। साथै शनिबार बाट केहि दाताहरुको सहयोगमा उत्तर बाहिनी चोकमा निशुल्क खाना खुवाउने काम समेत थालनी भएको छ। म त्यस्ता सहयोगी हातहरुको मनोबल उच्च पर्दै सो अभियानमा सहयोग गर्न पनि अनुरोध गर्न चाहन्छु।

राहत वितरणको लागि  करिब २०००  जतिको नाम सङ्कलन भयो । साथीहरू दिनुपर्ने हो कि होइन भनेर घर–घरमा जानुभयो । सबैलाई एकसाथ दियौँ । हामीले करिब १४ सय जनालाई राहत वितरण गरेका छौ र छुटेकाहरुलाई पनि वितरण गर्ने सोचमा छौ ।

 कपन अनलाइन : राहतमै फर्कौँ,  वडाले राहत दिनुपर्ने भनेर ठहर गरेका मान्छेलाई के–कति दिनुहुन्छ ?

 जय राम महत :नेपाल सरकारले एउटा मापदण्ड बनाएको छ । त्यसमा आधारित रहदै नगरपालिकाले प्रथम चरणमा दिन को लागि बनाएको कार्यविधिमा रहेर राहत वितरण गरेका छौ हाल ५ केजी चामल दाल तेल लगायतको खाद्यान्न राहतमा समाबेश गरेका छौ त्यो पर्याप्त होइन तर पनि सिमित स्रोत र साधनका बीच हामीले हाल लाइ त्यो वितरण गरेका छौ ।

 कपन अनलाइन: विदेश बाट फर्किएका हरुको स्वास्थ्य जांचको लागि के कस्तो व्यवस्था गर्नु भएको छ ?

जयराम महत:  हामीले विदेश बाट फर्किएका हरुको बिवरण संकलन गरि  उनीहरुलाई  जनप्रतिनिधि  संग प्रत्यक्ष निगरानीमा रहने गरि होम क्वारेन्टाइनमा बस्नको लागि अनुरोध गर्यौ ,र उनीहरुको स्वास्थ्य परिक्षण समेत भर्खरै सकेका छौ  जसमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

 कपन अनलाइन : वडामा आइसोलेसन र क्वारेन्टाइन को अवस्था के छ ?

जयराम महत :हाम्रो वडामा एउटा गोकर्ण प्राथमिक अस्पताल छ। जसमा २४ सै घण्टा स्वास्थ्यकर्मीहरुले काम गरिरहनु भएको छ ।नेपाल सरकारले एकैसाथ सबै स्थानीय तहलाई क्‍वारेन्टिन र आइसोलेसन वार्ड बनाउने भनेर पत्राचार  त गर्यो  तर पूर्वतयारीबिना त्यसरी गर्नु त्यति उपयुक्त देख्दैनौँ । बरु जहाँ–जहाँ आवश्यक छ, त्यो ठाउँका लागि आवश्यक सामान पठाइदिनुपर्‍यो । हामीलाई ठाउँमात्र भएर पुग्दैन ।ती ठाउँमा हामीले आइसोलेसन वार्ड बनाउन, क्‍वारेन्टिन नै राख्न पनि कुनै गाह्रो छैन ।

त्यसको निम्ति जनशक्ति आवश्यक पर्छ । विभिन्‍न खालका उपकरण आवश्यक छ, औषधि होला । ती सबै नेपाल सरकारले दिएको भए त्यस्तो अवस्थामा हामी गर्नसक्थ्यौँ तर नेपाल सरकारले जनशक्ति पठाउँदैन । सामग्री पठाउँदैन । यतिसम्म कि खाटहरू नै पठाउँदैन भने हामी कसरी बनाउन सक्छौँ र ? त्यसैले हामीले गोकर्ण प्राथमिक अस्पताललाइ नै क्वारेन्टाइनको रुपमा लिएका भए पनि विदेश बाट फर्किएकाहरुलाई सुरक्षित तवरले घरमै बस्न अनुरोध गर्दै जनप्रतिनिधिहरु संग नियमित सम्पर्कमा बस्न अनुरोध गरेका थियौ तर त्यसमा नगरपालिकाले भने आवश्यक तयारी गरेको हुँदा उनीहरु संग सम्पर्क गरि  अन्य व्यवस्था मिलाउने गरि तयारी भने गरेका छौ ।

कपनअनलाइन : यो प्रकोप  रोकथाममा  स्थानिय बासिन्दा ,युबा र समाजको अगुवाहरुको कस्तो सहयोग पाउनु भएको छ ?

जयराम महत :यो वडामा रहनु भएका सुरक्षाकर्मी, स्वस्थ्याकर्मी, प्रत्रकार, वुद्धिजिवि आम महानुभाबहरु हामि जतिनै खटिनु भएको छ । जसमा युवाहरुको भूमिका एकदमै सह्रानीय पाएका छौ उहाहरुको उपस्थितिले हामीलाई धेरै सहयोग महसुस भएको छ ।महिला समूह , आमा समुह  महिला स्वास्थ्य स्वयं सेविका सहित स्थानीय वडाबासीको   सहयोग सरानीय छ । सबै पक्षको राम्रो सहयोग पाएका छु  ।

कपनअनलाइन : वडामा अत्यावश्यक खाद्यान्न पसलहरु कसरी ब्यबस्थापन गर्नू भएको छ ?

जयराम महत :दैनीक उपभोग्य सामान खरिद गर्न पसलहरुलाइ विहान ९ बजे सम्म खोल्न समय छुटाइएको छ । भने स्वास्थ्य सेवा प्रदायक पसलहरुलाइ निर्वाध रुपमा खोल्न दिइएको छ । त्यसमा पनि हामीले सामाजिक दुरी कायम गरि प्रत्येक पसलमा हात धुने व्यवस्था गर्न अनुरोध गरेका छौ

कपनअनलाइन :  यहाको वडामा कृषक हरु  धेरै छन खेतिपाती को समय भयो अब कसरी खेतिपातीका लागि कसरी व्यवस्थापन को तयारी गर्नु भएको छ  ?

जयराम महत :सामाजिक दुरि कायम गरी धेरै मानीस जम्मा नभइकन  आफनो परीवरहरुले गर्दा हुन्छ । हामीले गर्दै आएको मेलापर्म जस्ता मानिस जमघट हुने काम गर्नु भएन । आफ्नो परिवारमा सिमीत भएर आफ्नो खेतबारीमा काम गर्दा हुन्छ । बिउ बिजन्को लागि नगरपालिकाको कृषि शाखाले आफ्नो तयारी गरिरहेको छ ।

 कपन अनलाइन :आम वडा बासीलाइ केही अपिल गर्नुहुन्छ कि ?

जय राम महत : गोकर्णेश्वर नगरपालिका वडा नं ४ बासीको महत्वपुर्ण कान्ति भैरब जात्रा आउदैछ  , वडा बासीको महत्वपूर्ण जात्रा  पनि हो त्यो  । त्यसकारण सो जात्राको समयमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीले विगतका वर्षमा जस्तै यो वर्ष  रथ तान्‍ने,  रथ नचाउने अबिर जात्रा  छ भनेर कृपया घर बाहिर ननिस्किदिनुस् । यो हाम्रो आग्रह हो । यो तपाईं–हामी सारा जनताका निम्ति हो । यो मानव जातिले कोरोना भाइरसको विरुद्धमा गरिरहेको सङ्‍घर्ष हो । अत्यन्त ठूलठूला शक्तिशाली भनिने अमेरिका, युरोपकै विकसित इटालीजस्ता देशहरू कोरोनाको प्रतिरोध गर्न असमर्थ भइरहेको समय हो । हाम्रो देशमा थोरैमात्र सङ्‍क्रमित छन् ।

यसैमा सीमित होस् । हामी कामना गर्न चाहन्छौँ । प्रकोप संग लड्न  आमा समुह ,महिला समुह , स्थानिय युवाहरु सुरक्षाकर्मी, स्वास्थ्याकर्मी संचारकर्मीको पनी उच्च सहयोग रहेको छ भने केही महानुभावहरुले  जिन्सी सहयोग  दिएर हाम्रो मनोवल बढाउनु भएको छ । कलकारखाना,फलफुल मण्ढि ,तरकारी पसल र  कार्यलय बन्द गरिदिएर पनि हामिलाइ सहयोग पुर्याउने  सबैलाइ धन्यवाद दिन चाहन्छु । उनले अहिले अरु बेलाभन्दा फरक अवस्था रहेको भन्दै  मर्निङ वाक, इभिनिङ वाक, सरसामग्री किनमेल, आफन्त भेटघाट जस्ता काम पनि नगर्न पनि अनुरोध  गर्दछु ।

दिनभर घरभित्रै बस्ने तर बिहान बेलुका ’फ्रेश’ हुने बहानामा बाहिर निस्कने र जमघट हुने गर्दा पनि कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणको जोखिम बढ्ने भएकोले त्यसो नगर्न पनि अनुरोध गर्दछु लकडाउनका बेला सुरक्षाकर्मीलाई ढाँटेर वा छलेर हिँडडुल नगर्न र संयमित रहन पनि आग्रह गर्दै कठिन परिस्थितिमा सबैले अनुशासनको पालना र धैर्यता कायम  राख्नुपर्नेमा जोड दिदै उनले वडा नं ४  मा बिहान र बेलुका मर्निङ वाक र इभिनिङ वाक गर्नको लागि धेरै मानिसको भिड भाड हुदै आएको जन  गुनासो बढेको हुँदा आम वडा बासीलाई अहिलेको कठिन परिस्थितिलाइ बुझी मार्निंग वाक र इभिनिङ वाकलाइ रोकी घरमै बसी  सहयोग गर्न पनि अनुरोध गर्दछु ।सकेसम्म घर बाट बाहिर ननिस्कनु, निस्कनु परेमा सामाजिक दुरि कायम राख्न र  यदि कुनै अप्ठ्यारो परेमा हामी जनप्रतीनीधीलाइ सम्पर्क गर्न अनुरोध गर्दछु  ।

तपाइँको प्रतिक्रिया ।