चन्द्रागिरी-१३ का वडाबासीको सुरक्षा हाम्रो प्रमुख दायित्व हो :बालमुकुन्द बिडारी (अध्यक्ष )

चन्द्रागिरी-१३ का वडाबासीको सुरक्षा हाम्रो प्रमुख दायित्व हो :बालमुकुन्द बिडारी (अध्यक्ष )

कपन अनलाइन 

काठमाडौं ,बैशाख ९।

वर्तमान विश्व कोरोना भाइरस को माहामारमिा छटपटीएरहेको छ । विश्वका हरेक देशहरुले आफ्ना नागरीकलाई कोरोना भाइरस बाट सुरक्षीत राख्न हरेक योजनाहरु बनाइरहेका छन् । हाम्रो देश पनि केन्द्र देखि स्थानिय सरकार आफ्ना नागरीकलाई सुरक्षित राख्न बिभिन्न प्रकारको योजना कार्यान्वयन  गरिरहेका छन् । यसै क्रममा कपन अनलाइनका बामदेव भट्टले  चन्द्रागिरी नगरपालिका वडा न. १३  का वडा अध्यक्ष  बालमुकुन्द  बिडारी संग गरिएको कुराकानी प्रस्तुत गरेका छौ।

कपन अनलाइन :कोरोना प्रकोपको महामारिमा कसरी  वडाबासीलाई सुरक्षित राख्ने प्रयास गर्नुभएको छ ?

बालमुकुन्द  बिडारी:हाम्रो  नगरपालीकाको सिंगो  जनप्रतिनिधिको टिम आफ्ना जनता सुरक्षीत राख्न लागिरहेकाछौं । यसमा मेयर , उपमेयर  र हामी सबै वडा अध्यक्षहरु र सदस्यहरु रातदिन खटिरहेका छौं ।
सुरुमा हामिले जनता लाइ सचेतना जगाउने काम गर्नका लागि  चोक चोकमा  र  बस्ती भएको ठाउँमा कोरोना भाइरस बाट जोगाउन सचेत गराउने  शब्दहरु लेखिएको प्रचाहरु बितरण गर्नुका साथै माइकिंग गरी वडाबासीलाई  सचेत गराएका छौ।

किटनासक बिषदी छर्कीने र  चोकचोकमा साबुनपानीले हातधुने तरीका सिकाउने र  सामाजिक दूरी कायम गरी आफ्नो दैनिकी संचालन गर्न अपिल गरिका छौ  । हामीले  घरघरमा पुगि आफ्ना नागरिकको आत्मबल बढाइरहेका छौं ।

कपन अनलाइन :कोरोना भाइरस संक्रमणको परिक्षण कसरी गरिरहनु भएको छ ?

बालमुकुन्द  बिडारी:हामीले यस वडा भित्र घरैमा गएर परिक्षण गर्ने ब्यबस्था मिलाएका छौ। यस् वडामा रहेको स्वास्थ्य चौंकीमा चौंबिसै घण्टा आबस्याक सामान सहित स्वास्थ्यकर्मी तयारी अबस्थामा राखेका छौं।बिदेश बाट अउनुभएका  वडावासीहरुको खोजि गरी परिक्षण गरिएको छ।  हालसम्म ४२ जनाको  परिक्षण गरीएको छ ।
हामीले शसस्त्र  प्रहरीको हस्पीटलमा क्वरेन्टाइनको व्यवस्था गरिएको छ। वडाहरुमा पनी घरघरमा ब्यक्ती ब्यक्तीमा हामी नीगरानी राखिरहेका छौं ।

कपन अनलाइन : यो प्रक्रियामा स्थानिय बासिन्दा,युबा र समाजको अगुवाहरुको कस्तो सहयोग पाउनु भएको छ ?

बालमुकुन्द  बिडारी:यो वडामा रहनु भएका राजनितिक दलका साथिहरु, सुरक्षाकर्मी, स्वस्थ्याकर्मी, प्रत्रकार, वुद्धिजिविहरु हामी  संगै सक्रिय रहनु भएको छ ।
यसमा युवाहरुको मिहिनेतका साथ खटिनु भएको छ भने  महिला समूह ,आमा समुहको  सहयोग सराहनीय छ । सबै पक्षको राम्रो सहयोग पाएका छौ  । अहिले  २६ जना युवा स्वयंसेवकका रुपमा  परीचालीत गरेको छन ।

कपन अनलाइन :राहात बितरण प्रक्रिया कसरी संचालन गर्नु भएको छ ?

बालमुकुन्द  बिडारी:बिपत ब्यबस्थापन समितिको बैठका वसेर वडा भित्र रहेका प्रत्येकटोलमा  सहजकर्ता मार्फत  राहत आबश्यक पर्ने तथ्यांक  संकलन गर्ने काम गरि करिव  ५ सय  परिवार लाइ हामीले राहत दिवितरण गरेका छौ  ।

नगरपालिकाले दिएको ७  लाख  रुपँयाको सामान घटाघटको आधारमा उद्दव खाध्य  स्टोर बाट खरीद गरिएको छ।साथै मनकारी दाताहरु संग  पनी जिन्सी सहयोग मागीयो र आवस्यकताका आधारमा बितरण कार्य भइरहेको छ । राहात बितरण प्रक्रियामा हामी घरघरमा गएर उसको अबस्था निरिक्षण गरेर राहत  वितरण गरिरहेका छौ।

कागज पत्र नभएकाहरुलाई वडा सदस्यको रोहबरमा  मानविय नाताले  सकेसम्म सबैलाइ दिएका छौं ।वडाबासीलाई भोक बाट टाढा राख्ने हाम्रो उदेश्य रहेको छ ।

कपन अनलाइन :लकडाउन त लम्बियो अबको याजना के छ ?

बालमुकुन्द  बिडारी:नगरपालिका सग थप रकम माग गरेका छौं। त्यसको लागी हामीले राहतदिनुपर्ने सख्यांकोअभिलेख  सहित पठाएका छौं ।  ब्यापारीहरुले जिन्सी दान गर्नू भएको छ भने  थप  दान गर्ने इच्छा देखाउनु भएको छ ।अरु गैरसरकारी संस्थाहरु  संग पनि  सहयोगका  लागी पत्र आदान प्रदान भएको छ  ।
कपन अनलाइन :तपाईहरु पनि उच्च जोखिममा हुनुहुन्छ आफने सुरक्षाको कसरी  व्यवस्थापन गर्नु भएको छ ?

बालमुकुन्द  बिडारी:हामीहरु पनी यही समाजको नागरीक हौं । अरु भन्दा हामी अझैं जोखीममा छौं। सामाजीक दुरी कायम राख्दै जनताको सेवामा होमिएका छौ । आवस्यक  औंजारहरु प्रयोग गरेका छौं । चन्द्रागिरी नगरपालिकाले जनप्रतिनिधि र स्वास्थ्यकर्मीको प्रति ब्यक्ति १२ लाखको बिमा गरिदिएको छ । आफ्नो जाखिम प्रति सचेत भएर काम गरिरहेका छौ।

कपन अनलाइन :अन्तमा  वडाबासीलाई के अपिल गर्न चाहानु हुन्छ ?

बालमुकुन्द  बिडारी: वडाका कुनै परिवारमा बिरामि भएको वा खान नपाएको अबस्था छ भने हामीलाइ खबर गर्नका लागि अनुरोध गर्न चाहान्छौ। त्यस्तै सुत्केरी महिला दिदिबभिनीहरु अस्पताल सम्म पुग्ने ब्यबस्था मिलाएको जानकारी गराउदै  नियमित औंषधी सेबन गर्नुहुने वडावासीहरुका लागि औंषधी लिनजाने ब्याबस्था मिलाएको जानकारी गराउन चाहान्छौ।
यदी कुनै अप्ठ्यारो परेमा हामी जनप्रतीनीधीलाइ सम्पर्क गर्न अनुरोध गर्दै हाम्रा सहकर्मी जनप्रतिनिधीहरु, स्थानिय युवाहरु सुरक्षाकर्मी, स्वास्थ्याकर्मीको पनी उच्च सम्मान गर्दै धन्यवाद दिन चाहन्छु ।

तपाइँको प्रतिक्रिया ।