उम्मेद्वारी घोषणा अनि सामाजिक संजाल

कपन अनलाइन, काठमाडौँ । 

विचार/ब्लग 
बिजेन्द्र पुडासैनी

स्थानीय चुनाबको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरु आफु कसरी जनतामाझ जाने भनेर आआफ्नो रणनीतिहरु बुन्दै होलान । बुढानिलकण्ठ नगरपालिकाको मेयर पदको रस्साकस्सि सँगसँगै अब वडाहरुको प्रतिनिधित्व कसले गर्ने भनेर पनि वडास्तरमा नेताहरु आफु अनुकुलको बाताबरण तयार पर्दै गरेका खबर आइरहेका छन् । ०५४ सालमा भएको स्थानीय निर्बाचनमा हालको बुढानिलकण्ठ नगरपालिकामा ने.क .पा एमालेले आफ्नो लाल झण्डा फहराएको थियो । बुढानिलकण्ठ नगरपालिकाभित्र रहेका १९ वटा वडाहरु वडा समायोजन भएर हाल १३ ओटा वडा कायम भएपछि समायोजित वडाहरुमा वडा अध्य्क्ष लगायतको पदमा को माथी को हाबी हुने छ भनेर बहस पनि थालिएको छ ।

 

वडाभित्र आफ्नो पार्टी बलियो बनाई नगरभित्र आफ्नो पकड मजबुत बनाई मेयरलगायत सम्पूर्ण पदमा आफ्नो पार्टीलाई बिजयी गराउन सायद कार्यकर्ताहरुलाई पार्टीको निर्देशन आइसकेको हुँदो हो । जनताले बुझ्ने र देख्ने गरी कुनै पनि राजनीतिक दलहरुले सार्बजनिक रुपमा कुनै पनि चुनाब बिशेष कार्यक्रम नगरेता पनि वडा स्तरमा रहेका कार्यकर्ताहरु भने आन्तरिकरुपमा माहोल बनाउन ब्यस्त रहेका खबर पनि आउन थालेका छन् ।

 

चुनाबी माहोल को बाताबरण बनिरहँदा स्थानीय राजनीतिज्ञहरु पनि सक्रिय हुँदै छन् । ने.क पा एमाले ले त आफ्नो चुनाबी घोषणा पत्र तयार गर्ने, सुरक्षा उपसमति गठन गर्नेलगायतको अन्य कार्यहरुकोसमेत थालनी गरिसकेको छ । नेपाली कांग्रेसले पनि आफ्ना क्रियाशील सदस्यहरुको भेला सकेको छ । ने.क पा माओवादी केन्द्र पनि वडा भेलाहरु सम्पन्न गरि नगर कमिटी समेत गठन गरिसकेको छ ।

 

२०७४ बैशाख ३१ गते स्थानीय निकायको निर्बाचन भयो भने बुढानिलकण्ठ नगरपालिकामा कुन दल बिजयी होला ? स्वतन्त्ररुपमा उम्मेदवारी दिने कोहि होलान कि नहोलान ? रा.प्र.पा पनि भर्खर सकिएको आफ्नो महाधिवेशन पश्चात कसरी नगरबासी माझ आउला ? भर्खरै नेपाली राजनीतिमा आएको बिबेकशिल पार्टीले बुढानिलकण्ठ नगरपालिकामा आफ्नो उम्मेदवार उठाउला कि न उठाउला ? रबिन्द्र मिश्रको साझा पार्टीले कस्तो रणनीति अपनाउला ? पक्कै पनि यी प्रसंग रोचक रहेने अनुमान लगाउन कठिन हुने छैन ।

 

बुढानिलकण्ठ नगरपालिका को मतदाता तथ्यांकअनुसार बयालीस हजार मतदाता रहेकोमा लगभग पैतिस हजार भन्दा बढी मत खस्न सक्ने अनुमान गरिँदै गर्दा अब बुढानिलकण्ठ नगरभित्र रहेका वडाहरुमा कुन कुन राजनीतिक दलले आफ्नो पकड बनाउँदै अगाडी बढ्ने छन भनेर हेर्ने समय नजिकै आईरहेको छ । २०५४ सालमा भएको निर्बाचन मा ने.क पा एमालेले फहराएको आफ्नो लाल झण्डा के यो पटक पनि फहराउने छ ? के चार तारे झण्डा २०५४ सालको पराजयपश्चात नयाँ रणनीति अख्तियार गर्दै बुढानिलकण्ठ नगरभित्र आफु मजबुत रहेको भनाइ प्रष्ट पार्न लागि पर्छ ?
यो २ दशकको अवधिमा बुलेटको भाषा बोकेर ब्यालेटको राजनीतिमा आएको ने.क पा माओवादी केन्द्रले सत्ताको रसोस्वादनको अनुभब गरि सकेकोमा उनीहरुको रणनीति समेत कस्तो बन्नेछ भनेर हेर्न सबै पर्खी बसेका छन् । वडाका बिभिन्न भेगमा रहेका युवाहरुसमेत आफ्ना दाबीहरु सामाजिक संजाल मार्फत ब्यक्त गरिरहँदा पुराना खेलाडीहरुलाई धक्कÞा पर्नु सामान्य भएता पनि पुराना राजनीति गर्ने खेलाडीहरु आफ्नो राजनीतिक भविष्यको सुनिश्चितता गर्ने पहल पक्कै गर्ने छन् ।
युवाहरुको एक लहर अब युवाको पनि सहभागिता स्थानीय राजनीतिमा हुनु पर्ने कुरामा जोड दिँदै आएका छन् । बु .न.पा भित्र रहेका युवाहरुले आफ्नो उम्मेदवारी दाबी गर्दा आफू त्यो स्थानको लागि कति योग्य रहेको छु भनेर मुल्यांकन गर्नु जरुरी रहेको छ । जति जति चुनाबी माहोल नजिँिकदै गर्छ उति उति गुटगत राजनीतिको पराकाष्ठा देखिदै गर्छ ।

 

२०५४ सालको माहौल र आजको माहौल ज्यादै फरक रहेको छ । माहौल अनुसार चलन सक्नु नै अहिलेको मुख्य चुनौती रहने छ । हिजोको दिनमा घरमुलीले कुनै एक राजनीतिक दलको बिल्ला भिरेको भरमा छोरा बुहारी समेत तेही बिल्ला सिरोपर गर्ने परिपाटी थियो तर आज त्यो समय पक्कै छैन । आज विचारको स्वतन्त्रता सबैले पाएका छन् । आफ्नो अभिव्यक्ति ब्यक्त गर्न सबलाई छुट छ यही भएर नै आफ्ना सामाजिक संजाल मार्फत जो कोहिले पनि स्थानीय चुनाबको लागि आफ्नो दाबेदारी दिन पाएका हुन् ।
बुढानिलकण्ठ नगरभित्र बिभिन्न राजनीतिक पार्टीको तर्फबाट चुनाब लड्ने तरखरमा बसी रहेका उम्मेदवारहरुले बुझ्नुपर्छ कि आफू त्यो दाबी गरेको पदको लाएक छु कि छैन भनेर । दण्डहीनताको मापन हाम्रो परिपार्टीमा नरहेको हँुदा भोलि बिजयी भएपश्चात तार्किक एवम् महत बोकेको बिषयको कार्य सम्पादन गर्न सकिएन भने समाजमा कस्तो प्रतिकूलता पर्ने छ भनेर मापन अहिले नै गर्नु जरुरि छ ।

 

उम्मेदवारी दाबी गर्नु अधिकार हो तर लहै लहैमा उम्मेदवारी दाबी गर्नु सस्तो लोकप्रियता कमाउनु बाहेक अन्य केहि होइन । कुनै एकजना राजनीतिका पुराना खेलाडी मान्ने व्यक्तिले आफ्नो सामाजिक संजाल मार्फत कुन वडाबाट (सम्बद्ध राजनीतिक दलको ) कुन पदको लागि आफु उम्मेदवार हुन् इछुक रहेको हो आफुलाई भन्न समेत आग्रह गरेको भेटियो कस्तो खालको राजनीतिक परिपार्टी बन्दै गएको छ त्यो सहि छ कि गलत छ भनेर पक्कै पनि स्थानीय चुनाबले प्रष्ट बनाउने छ ।

तपाइँको प्रतिक्रिया ।