गजल : लीलाराज दाहाल

गजल :  लीलाराज दाहाल

कपन अनलाइन

काठमाण्डौ, बैशाख २७।

पिठो दिई चामल साट्ने तिम्रै बानी रैछ
चाप्लुसीको डोरी बाट्ने तिम्रै बानी रैछ !

अघि पर्दा चाकरीको तेल लगाउँछौ
पछिल्तिर कुरा काट्ने तिम्रै बानी रैछ !

स्वार्थ पुरा हुँदासम्म नजिकिए पनि
बासी दुधजस्तै फाट्ने तिम्रै बानी रैछ !

तिमी कस्ता छौ भनेर बल्ल थाहा भयो
मीठो भेटे जुठो चाट्ने तिम्रै बानी रैछ !

तराजुमा जोखेर नै बेच्छौ ईमान पनि
रुपैयाँमा आत्मा साट्ने तिम्रै बानी रैछ !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।