डर : सन्तोष कुमार पोखरेल
कपन अनलाइन
काठमाण्डौ, बैशाख २७।
एउटा डर थियो आकाश खस्ला कि भन्ने
कोही मुण्टो लुकाउँदै थिए तकियामुनि
आकाश त खसेछ,
सबै निथ्रुक्क भिजेछन् ।
सबैका निधारमा चिट्चिट् पसिना आएका थिए
मुटु जोर जोरले बजिरहेको थियो
हिजो दिनभरि पसिनाले निथ्रुक्क रुझेका मान्छेहरू
अहिले फेरि भिजेका थिए ।
सुर्योदय भयो,
मान्छे हस्याङ् फस्याङ् गर्दै ब्यूँझे
सबैका छाती जोर जोरले बजिरहेका थिए ।
आज पनि हतार हतार गरेर कामतिर लागे
कर्मवीरहरू ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।