चारु : दिपक पनेरु
कपन अनलाइन
काठमाण्डौ, बैशाख २७।
लगाई घुर्की रिसाइन् प्रिया फकाऊँ कसरी
अथाह प्रेम गर्दछु मैले बताऊँ कसरी
उनको आँसु झरेको देख्दा मुटु नै चिरिन्छ
चिरेर छाती उनलाई माया देखाऊँ कसरी
मागेको भए झारेर दिन्थेँ आकाशको तारा
नभएका ती विश्वास अब दिलाऊँ कसरी
बस्दछिन् रोई म माथि व्यर्थै नगरी विश्वास
भरोसा दिई त्यो हाँसो अब हसाऊँ कसरी
सपनामा मात्र गरेर बात बुझाऊँछु मन
सपना मीठो सत्य म अब गराऊँ कसरी ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।