गजल : क्षितिज बिरु राना

गजल :  क्षितिज बिरु राना

कपन अनलाइन

काठमाण्डौ, बैशाख २७।

जन्म दिएर यो सुन्दर संसार देखाउँने आमा
आमा बनेर इतिहास कोर्न सघाउँने आमा ।

छोराछोरी ठूलो सानोमा विभेद कहिले नगर्ने
सानैमा तातेताते गर्दै हिड्न सिकाउँने आमा ।

अनेकौं दुःख कष्ट सहेर आफ्नो जीवन दियौं
मुटु,भित्र आखाँमा राख्दाँ नबिझाउँने आमा ।

हाम्रो लागि साक्षात देवी बनेर उभिदिनु हुन्छ
असल शिक्षा दिनलाई गुणगान गाउँने आमा ।

जगतजननी हुन आमा जिउँदो भगवान रूपी
स्वच्छता मनले सन्तति खुसी बनाउँने आमा ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।