बुनपा वडाहरुमा नेकाबाट वडाध्यक्ष प्रत्यासी बन्नसक्ने व्यक्तिहरु यस्ता छन्
कपन अनलाइन, काठमाडौँ । देशकै महत्वपूर्ण मानिने बुढानिलकण्ठ नगरपालिकालाई स्थानीय निकाय चुनावको हावाले छोइसकेको छ । उम्मेदवारीको चर्चा चलिरहेको छ । कतिले सामाजिक संजालबाट पनि उम्मेदवारीको दावी गरेका छन् भने कतिजनाको समाचारसमेत छापिने क्रममा रहेको छ ।
बुनपा नेपाली कांग्रेसका स्थानीय नेताहरु यसरी आफूलाई उम्मेदवार हुँ भनेर हिँड्नेमा अग्रस्थानमा छन् । मेयर पदका लागि पनि दर्जनजति स्थानीय नेताहरुले आफू योग्य भएको भनेर चर्चामा ल्याउने प्रयास गरेका छन् भने १३ वटा वडा रहेको यो नगरपालिकामा पनि धेरैले वडाध्यक्षमा आफ्नो दावी रहेको बताएका छन् । वडामा लोकप्रिय तथा विकासका गतिबिधिमा सक्रिय भएका व्यक्तिलाई इकाइको सिफारिस र क्षेत्रको सिफारिसको आधारमा जिल्ला कार्यसमितिले वडाध्यक्ष चयन गर्दछ । बुनपाका वडाहरुमा सम्भावित वडाध्यक्ष हुनसक्ने तथा चाहना राख्ने व्यक्तिहरुको नामावली यसप्रकार रहेको छ ।
वडा नं. १ः उत्तम खड्का, लालबहादुर तामाङ,
वडा नं. २ः काजीबहादुर श्रेष्ठ, श्याम श्रेष्ठ, जनक थापा, सानु श्रेष्ठ, विनोद लामिछाने
वडा न.३ः ब्रम्हदेव श्रेष्ठ, रामबहादुर केसी, अरूण ठकुरी
वडा नं. ४ः राजु खड्का, सिताराम केसी
वडा नं. ५ः भीमसेन ठकुरी
वडा नं. ६ः नविन केसी, राजु भण्डारी, हरिशरण खड्का
वडा नं. ७ः राजेन्द्र महर्जन, विजय महर्जन
वडा नं. ८ः सुरेश केसी, गोकुल बरुवाल, सानुभाइ खत्री
वडा नं. ९ः शंकर आचार्य, प्रमोद न्यौपाने
वडा नं. १०ः श्याम डोटेल, रामप्रसाद लुइँटेल, किशोर गुरुङ, नारदमणि घिमिरे
वडा नं. ११ः अच्युत पौडेल, राधेश्याम कार्की, राजेन्द्र अधिकारी जुँगे, सन्तोष भण्डारी
वडा नं. १२ः होमनाथ तिमिल्सिना
वडा नं. १३ः रामलाल श्रेष्ठ, रामकाजी श्रेष्ठ, महेन्द्र श्रेष्ठ