गजल : अनिता भण्डारी (पौडेल)
कपन अनलाइन
काठमाण्डौ, बैशाख २७।
सम्मान गर्न सक्दिन नारीको श्रम नदेख्ने आँखालाई
भावना नबुझ्ने नसुन्ने हृदयबिहीन मनको भाकालाई
न बुझाउन सकिन्छ न सुनाउन सकिन्छ खै के भन्नु ?
सुनौलो घाम छेकेर ओसिलो बनाउने भिर पाखालाई
घाम तापेर शितल छायाँ दिने तागत छ नारीमा
बोल्दिनन् केही मौन छिन्, तर भुल्दिनन् बाँचालाई
हाँसिरहने उनको अनुहार पछाडी कति पिडा होला
एक्लै बसी रात काट्दा पनि किन गन्छिन तारालाई ?
चुल्होचौको, खेतपाती, बालबच्चा घरदेखि बाहिरसम्म
खुशी बनाउनु पर्छ उनैले परिवार, ईष्टमित्र सारालाई ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।