धर्म, पाप, स्वर्ग र नर्क : राजेशमान के.सी.
कपन अनलाइन
काठमाण्डौ,माघ १० ।
संसारमा अनेकौ“ थरीका धर्म र धार्मिक मतहरु छन् । ती धर्ममा निहीत आस्था, विश्वास र मान्यताहरु पनि आ–आप्mनै प्रकारका छन् । तर, सैद्धान्तिक भिन्नता वा मतमतान्तर जे जस्तो भए तापनि सबै धर्मको निचोड अथवा मूल उद्धेश्य प्रायः एउटै रहेको पाइन्छ । त्यो हो मानव मात्रको कल्याण गरी उनीहरुलाई सत्कर्म वा सत्मार्गमा डोहर्याउनु । जुनसुकै धर्म चाहे त्यो हिन्दू्, बौद्ध्, हिब्रो्, मुश्लिम अथवा इसाई नै किन नहोस् । सबै प्रकारका धर्महरुमा मनुष्य जीवनको उदेश्य एवम् कर्तब्यबारे नै स्पष्ट रुपमा उल्लेख गरिएको पाइन्छ । तर धर्मलाई आ–आप्mनो स्वार्थ अनुकूल ब्याख्या गर्ने अथवा आफ्नो धर्म मात्र ठूलो ठान्ने एक प्रकारको अहम् प्रवृत्तिले गर्दा धर्मको नाममा बेलाबखत संसारमा ठूलठूला युद्धहरु भएका उदाहरण पनि छन् । जुन मानव समुदायको लागि अत्यन्त दुखदायी कुरा हो । त्यसैले आध्यात्मिक गुरु श्री सत्य साइबाबाले भन्नुभएको छ–सबै धर्मप्रति सम्मान गर र सबै प्राणीमा ईश्वरीय तत्व छ भन्ने हेक्का राख । उहा“ भन्नुहुन्छ–निःस्वार्थ भाव राखी मन, वचन र कर्मले निरन्तर मानवीय सेवामा लागिरहनु । यो भन्दा ठूलो धर्म अरु कुनै छैन । तर अरुलाई अनाहकमा दुःख–कष्ट दिनु, अरुमाथि दूर्वचन बोल्नु र दुब्र्यबहार गर्नु अनि अरुको कुभलो चिताउनु यो जस्तो ठूलो पाप पनि अरु कुनै छैन ।
यसरी धर्म र पापको सन्दर्भमा कुरा गर्दा स्वर्ग र नर्कको प्रसंग पनि जोडिएर आउने गरेको हामी पाउ“छौ“ । जस्तो कि हामी भन्ने गछौ“ – धर्म गर्यो भने स्वर्गमा पुगिन्छ र पाप गर्यो भने नर्कमा पुगिन्छ । तर हामीलाई थाहा छैन स्वर्ग कस्तो हुन्छ अनि नर्क कस्तो हुन्छ । कहिलेकाही“ हामी विभिन्न आध्यात्मिक चित्र र मठ–मन्दिरहरुमा देख्ने गर्छौं मृत्युपछि धर्म गर्ने व्यक्ति देवलोकमा पुगेर आनन्दले देवताहरुको समीपमा बसिरहेको । तर पाप गर्ने व्यक्तिलाई चाही“ ठूलठूलो जु“गा भएका यमराजको दूत भनिनेहरुले कराईको तेलमा हालेर भकभकी उमालिरहेको । यो देख्दा हामीलाई जिज्ञासा पनि लाग्छ के सा“च्चै हाम्रो मृत्युपछि यस्तै हुने होला त? अथवा हामीलाई पाप कर्मबाट सजग गराउन गरिएको यो एउटा काल्पनिक चित्र मात्रै होला कि? नमरी स्वर्ग देखि“दैन भनिन्छ । हामीलाई थाहा छैन मरेपछि स्वर्गमा पुगिन्छ कि नर्कमा पुगिन्छ । तर यदि हामीले मानव जीवनलाई यथार्थको धरातलबाट नियालेर हेर्ने हो भने स्वर्ग र नर्क भन्ने कुरा कुनै अन्य लोक वा परलोकमा होइन यही लोकमा छ ।
यसै सन्दर्भमा यहा“ एउटा छोटो कथा प्रसंग उल्लेख गरौ“ । एक पटक एउटा सिपाही“ घुम्दै फिर्दै एकजना महात्मा बस्ने आश्रममा पुगेछन् । महात्मा नियमित जसो आप्mना भक्तजनहरुलाई आध्यात्मिक प्रवचन श्रवण गराएर उनीहरुको जिज्ञासा मेटाउने गर्दा रहेछन् । यो कुरा थाहा पाएपछि सिपाही“ले पनि ती महात्मासंग प्रश्न गरेछन् । स्वामी, तपाईं यहा“का प्रतिष्ठित आध्यात्मिक गुरु मानिनु हुन्छ । धेरै जिज्ञासुहरु दूर दराजबाट समेत आप्mनो धार्मिक आध्यात्मिक जिज्ञासा मेटाउन तपाई“कोमा आउने गरेका छन् । कृपा गरेर मलाई यो बताई दिनुहोस् कि संसारमा स्वर्ग र नर्क भन्ने कुरा हुन्छ कि हु“दैन ? यदि हुन्छ भने त्यो कस्तो हुन्छ र कहा“ हुन्छ? सिपाही“को यो प्रश्न सुनेपछि महात्माले उनलाई प्रतिप्रश्न गर्नु भएछ । मलाई यो प्रश्न गर्ने तिमीचाही“ को हौ नि, मित्र? पहिला तिमी आप्mनो परिचय दिन्छौ कि? त्यसपछि सिपाही“ले बढो घमण्डका साथ महात्मालाई जवाफ दिएछ–म त यही नजीकै शहरको प्रतिष्ठित राजनेताहरुको अंगरक्षक हु“ । ठूलठूला राजनेताहरुको सुरक्षा गर्नु नै मेरो प्रमुख कार्य हो । सिपाही“को यो उत्तर सुनेपछि महात्माले भन्नु भएछ–मित्र, तिमी आपूmलाई अंगरक्षक हु“ भन्छौ, ठूलठूला राजनेताहरुको सुरक्षा गर्छु पनि भन्छौ । तर मलाई त लाग्छ तिमी आप्mनै रक्षा गर्न पनि सक्षम देखि“दैनौ । फेरि तिमी अरुको रक्षा गर्छौ कसरी, मित्र? महात्माको यो अनपेक्षित जवाफ सुनेपछि सिपाही रिसले क्रुद्ध भएर गर्जिन थालेछ – पाखण्डी पण्डीत, तै“ले मेरो क्षमतामाथि प्रश्न ठड्याउने? मेरो अपमान गर्ने ? अब म त“लाई बा“की राख्दिन भन्दै कम्मरको म्यानबाट फुत्त तरवार निकालेर महात्मामाथि जाइलाग्न पुगेपछि महात्माले सिपाही“को आवेश शान्त पार्दै भन्नु भएछ – तिमीले आप्mनो प्रश्नको आधा उत्तर त आफै दियौ नि, मित्र । कसरी? भन्ने सिपाहीको प्रश्नको जवाफमा महात्माले भन्नु भएछ–तिमीले जुन किसिमबाट आप्mनो मनभित्र रहेको क्रोध र अहम् प्रकट गर्यौ नि – हो, त्यही हो नर्क भनेको । किनकि जब तिमी आप्mनो क्रोध र अहम्लाई प्रकट गर्छौ, तब तिमीले मानवीय ज्ञान र विवेक गुमाउ“छौ र त्यतिखेर तिम्रो मस्तिष्कले पनि सही र सन्तुलित काम गर्न सक्तैन । अनि यसबाट तिमीले जुन गलत परिणाम भोग्नु पर्छ, नि, हो त्यही हो नर्क भनेको ।
महात्माको यस्तो जवाफ सुनेपछि सिपाही“ले पनि एक प्रकारको ग्लानी महशूस गर्दै भनेछ । अवश्य पनि मैले एक्कासी यस्तो क्रुद्ध भएर आफ्नो अहम् देखाउनु हु“दैन थियो । त्यसपछि महात्माले फेरि भन्नु भएछ– अब तिमीले आप्mनो प्रश्नको बा“की आधा जवाफ पनि दिएका छौ मित्र । सिपाहीको जिज्ञासा शान्त पार्दै महात्माले भन्नु भएछ– तिमीले आप्mनो गल्ती महशूस गरेर जुन नम्रता देखायौ नि, हो, त्यही हो स्वर्ग भनेको । किनकि जब मानिसले आप्mनो भूल वा गल्तीको महशूस गरेर नम्रता प्रकट गर्दछ, तब उसले सही मार्ग पहिल्याउ“छ र सही मार्ग पहिल्याउनु अथवा सही गन्तब्यमा हि“ड्नु भनेको स्वर्गको बाटोतर्फ लाग्नु होइन र मित्र ? महात्माको यस्तो जवाफ सुनेपछि एक प्रकारले सन्तोष व्यक्त गर्दै महात्मालाई प्रणाम गरेर त्यो सिपाही आप्mनो गन्तव्यतिर खुरुखुरु लागेछ ।
निश्चय पनि यो एउटा कथा प्रसंग हो र यो कथा प्रसंगबाट हामी के शिक्षा लिन सक्छौ“ भने स्वर्ग र नर्क भन्ने कुरा हामीले खोजी गर्ने कुरा होइन । र, यो खोजी गर्दैमा भेटिने कुरा पनि होइन । यो त हामी आफैले निर्माण गर्ने कुरा हो । यदि हामीले आप्mनो भूmठो अहम् र क्रोधलाई त्यागेर मानवीय कर्तव्यको भावनाले सत्कर्म र सद्मार्गतर्फ लाग्यौ“ भने स्वर्ग यही“ छ । तर यदि क्रोध र घमण्डले उन्मत्त भई हामीले आप्mनो मानवीय कर्तव्य भुल्यौ“ र गलत मार्गतर्फ अग्रसर भयौ“ भने अवश्यमेव नर्क पनि यही“ छ । त्यसैले सबै धर्मको मूल मर्म र उद्देश्य एउटै हो र सबै प्राणीमा ईश्वरीय तत्व निहीत रहेको हुन्छ भन्ने सत्य साइ बाबाको दिव्य उपदेशलाई मनन गरेर यदि हामीले आप्mनो जीवनलाई सत्कर्म र सद्मार्गतर्फ लगाउन सक्यौ“ भने अवश्य पनि हामी आप्mनो मानव जीवनलाई सार्थक तुल्याउन सक्ने छौ“ र संगसंगै आप्mनो परिवार, समाज अनि सिंगोराष्ट्रलाइ एउटा सकारात्मक दिशातर्फ लाग्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने छौ“ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
