बुढानिलकण्ठ -१३ बसपार्कबाट चोरीको स्कुटर सहित एक जना पक्राउ

बुढानिलकण्ठ -१३ बसपार्कबाट चोरीको स्कुटर सहित एक जना पक्राउ
कपन अनलाइन
काठमाण्डौ ,माघ २१।

काठमाडौंको विभिन्न स्थानबाट चोरी भएका सवारीसाधन नियन्त्रणमा लिने क्रममा प्रहरीले चोरीको Vespa स्कुटर सहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसारमाघ १९ गते साँझ करिब ७:३० बजे जिल्ला अदालत, काठमाडौंको स्वीकृत अनुमति अनुसार विशेष टोली परिचालन गरिएको थियो। उक्त क्रममा बुढानिलकण्ठ  नगरपालिका वडा नं. १३ बसपार्क  क्षेत्रबाट चोरी भएको Vespa स्कुटर सहित एक जना व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको र बरामद स्कुटर सम्बन्धित धनीलाई बुझाउने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। सवारी चोरी नियन्त्रण तथा सार्वजनिक सुरक्षालाई प्राथमिकतामा राखेर यस्ता अभियानलाई निरन्तरता दिइने जिल्ला प्रहरी परिसर काठमाडौंले स्पष्ट गरेको छ।

तपाइँको प्रतिक्रिया ।