बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को नयाँ वडा कार्यालय भवन सञ्चालनमा आयो
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को नयाँ वडा कार्यालय भवन सञ्चालनमा आएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं १२ ले आफ्नै नयाँ र सुविधासम्पन्न वडा कार्यालय भवन सञ्चालनमा ल्याएको हो।
स्थानीय सेवाग्राहीलाई सहज, छरितो र प्रभावकारी सेवा दिन उद्देश्यले निर्माण गरिएको उक्त भवन हालै औपचारिक रूपमा प्रयोगमा आएको हो।
भवनको आकर्षक बनावट र सुविधाजनक संरचनाले वडा कार्यालयलाई नमूना कार्यालयको रूपमा चिनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
“नयाँ भवनसँगै अब नागरिकलाई एकै ठाउँबाट छिटो र गुणस्तरीय सेवा दिन सकिनेछ,” वडाध्यक्ष शम्भु प्रसाद भट्टराईले बताएका छन। स्थनीयवासीहरूले पनि नयाँ कार्यालय भवन निर्माण भएकोमा खुशी व्यक्त गर्दै यसले वडाको पहिचान र विकासमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरेका छन्।
बुढानिलकण्ठ–१२ ले आगामी दिनमा डिजिटल सेवा विस्तार, नागरिकमैत्री प्रशासन र पारदर्शी कार्यशैलीलाई प्राथमिकता दिने जनाएको छ।
