सामाजिक सञ्जाल प्रयोग, नियन्त्रण र सुरक्षा चुनौती : कृष्ण प्रसाद भट्टराई

सामाजिक सञ्जाल प्रयोग, नियन्त्रण र सुरक्षा चुनौती : कृष्ण प्रसाद भट्टराई

कपन अनलाइन

काठमाण्डौ ,असोज २४।

अहिले बजारमा केही चर्चा छ भने त्यो भदौ २३ गतेको Zen-z आन्दोलन २४ गतेको तोडफोड ,आगजनी र त्यसले पारेको प्रभाव र आगामी भविस्यको चिन्ता, भबिस्यबाणी वा कौतुहलता र राजनितिक जोड घटाउ ! लाग्छ चिया पसल नै सबै कुराको निर्णय गर्ने थलो जस्तो ! झट्ट हेर्दा सामाजिक संजाल बन्द विरुद्ध आन्दोलन भनेपनी सरकार परिवर्तन सग यस्को प्रत्यक्ष सम्बन्ध रहेको पाईन्छ ।

स्वतन्त्र ,निश्पक्ष छानबिन गर्ने होभने यथार्थ बाहिर आउने नै छ । २०५५ भन्दा अगाडि सुचनाको लागि रेडियो, tv पेजर र किप्याड वाला मोवाईल बोक्न पनि सहरिया र हुनेखाने हुनुपर्थ्यो । सामाजिक सन्जालको रुपमा email मात्र थियो । सूचना र प्रबिधिको बिस्तार सगै नेपालमा सामाजिक संजालहरुको बाढी नै आयो । नेपाल यस्तो देश हो जहाँ जे पनि सम्भव छ भनेझैं सबै साईटहरु बिना रोकतोक सबैको पहुचमा यसरी पुग्योकी अब त्यो जिवनको अभिन्न पाटोको रुपमा बिकास भयो ।

अहिले सामाजिक संजाल बिनाको दिनचर्याको कल्पनै गर्न नसक्ने अवस्थामा समाज पुग्यो । सुरुवाती अवस्था देखिनै नियन्त्रण र नियमन गरिएको थियो भने आज यो अवस्था पक्कै आउने थिएन । विभिन्न देशका नागरिकले तयार गरेको यी संजालहरु कि त ती देशमा दर्ता भएका छन र प्रयोग भएको छ कि उत्पादन भएको देशमा नै प्रचलनमा छैन तर अन्य देशमा कानुन सगत संचालन भैरहेको छ तर नेपालमा !? कुनैपनी पेसा ब्यवसाय त्यो देशमा दर्ता नगरी चलाउन पाईदैन र यदि बिना दर्ता संचालन भएको भए राज्यले त्यस्लाई नियम सगत संचालन गराउन वा बन्द गराउन सक्ने अधिकार राख्दछ । नेपालमा ससारभर उत्पादन भएका सबै संजाल चलाउनै पर्छ जस्तो गरेको देख्दा र सरकारले पनि बेलैमा नियमन नगर्दा यो भयावह अवस्थाआएको कुरा ममन गर्नु पर्दछ ।

सामाजिक संजालमा झुठा र नकारात्मक कुरा लेख्ने , त्यो पत्याउने र त्यसैको प्रभावमा आफ्नो धारणा बनाउनेहरुको कुनै कमि छैन सामाजिक सञ्जालको सकारात्मक पक्षहरू

१ . सूचना र ज्ञानको पहुँच सामाजिक सञ्जालले सूचना आदान-प्रदानको गतिलाई तीव्र बनाएको छ। विशेष गरी ग्रामीण क्षेत्रका युवाहरूलाई विश्वसँग जोड्ने पुल बनेको छ ।

२. व्यक्तिगत अभिव्यक्ति र सृजनशीलता लेख, कविता, भिडियो, फोटो, संगीतजस्ता सिर्जनात्मक कार्यको प्रदर्शन गर्ने खुला मंच बनेको छ ।

३. व्यवसायिक अवसर धेरै नेपाली युवाहरूले फेसबुक पेज, टिकटक, युट्युबमार्फत डिजिटल व्यवसाय सुरु गरेका छन्। घरमै बसेर आर्थिक आम्दानीको मार्ग खुलेको छ ।

४. सामाजिक जागरण र अभियान सामाजिक सञ्जालमार्फत विविध सामाजिक मुद्दामा जनचेतना फैलाउने अभियानहरू चलेका छन्—जस्तै: बालविवाह विरोध, लैङ्गिक समानता, वातावरण संरक्षण आदि ।

सामाजिक सञ्जालको नकारात्मक पक्षहरू :

१. फेक न्यूज र अफवाह फैलावट तथ्यबिना फैलाइने झूटा खबरहरूले समाजमा भय, भ्रम र द्वन्द्व सिर्जना गर्छ ।महामारी, चुनाव, वा सवेदनशील घटनामा यसको असर प्रस्ट देखिन्छ ।

२. साइबर अपराध र दुरुपयोग चरित्र हत्या (Character Assassination) साइबर बुलिङ्ग अश्लील भिडियो वा फोटो प्रयोग पहिचान चोरी (Identity Theft) यस्ता अपराधहरू विशेष गरी महिलाहरू र किशोरहरूमा बढी देखिन्छन् ।

३.मानसिक स्वास्थ्यमा असर आत्मसम्मान घटाउने, डिप्रेसन, एक्लोपन, “FOMO (Fear of Missing Out)” जस्ता मानसिक समस्याहरू सामाजिक सञ्जालको लतले निम्त्याएको देखिन्छ ।

४. समयको दुरुपयोग धेरैजसो प्रयोगकर्ता दिनमा घण्टौँ समय स्क्रोल गर्दै बिताउँछन्, जसले पढाइ, काम, वा व्यक्तिगत विकासमा असर पार्दछ। सामाजिक सञ्जालको नियमन र अनिवार्य दर्ताको आवश्यकता सामाजिक सञ्जाल प्रयोग अब केवल स्वतन्त्रता मात्र होइन, जिम्मेवारी र कानुनी चेतनासँग पनि जोडिनुपर्ने बेला आएको छ। अनिवार्य दर्ता गर्नाले प्रयोगकर्ताको पहिचान स्पष्ट हुन्छ । अपराध गर्दा जिम्मेवार व्यक्ति सजिलै पत्ता लाग्न सक्छ । गलत सूचना फैलाउने, चरित्र हत्या गर्ने, वा साइबर अपराध गर्नेहरूलाई सजाय दिलाउन सजिलो हुन्छ । सामाजिक सञ्जाल प्रयोग गर्नेहरूलाई सचेत बनाउने वातावरण तयार हुन्छ ।

नेपाल सरकारले सामाजिक सञ्जालका प्लेटफर्महरूलाई नेपालमा दर्ता गर्नुपर्ने प्रस्ताव अघि सारेको कुरा स्वागतयोग्य छ । प्रयोगकर्ताले पनि आफ्नो खाता (id), सामग्री र व्यवहारप्रति जिम्मेवार हुनुपर्ने बेला आएको छ । सचेत नागरिक, सुरक्षित संजालको अभाव भनौ वा यथेष्ट सूचना र जानकारीको अभावमा आज धेरै युवाहरू साइबर समस्यामा परिरहेका छन् ।

उनीहरूको सुरक्षाको जिम्मा केवल सरकारको मात्र होइन, हाम्रो, समाजको र सामूहिक चेतनाको पनि हो । सामाजिक सञ्जालमा सशक्त उपस्थिति जनाउन पहिले सजग, सचेत र कानुनी रूपमा तयार हुन जरुरी छ , हामी सबैले यो बुझ्नुपर्छ “सञ्जाल स्वतन्त्रताको माध्यम हो, तर त्यो स्वतन्त्रता जिम्मेवारीविहीन हुनु हुँदैन , यो जिम्मेवार भएन भने सेप्टेम्बर ८ ,९ दोहोरिरहने छ्न ।

“अब के गर्ने ?

खाता खोल्दा फोन नम्बर र नागरिकता वा वैध परिचयपत्र प्रयोग गरी दर्ता अनिवार्य गरौं। एक ब्यक्ति एक id मात्र खोल्न मिल्ने ब्यवस्था गरौ । साइबर अपराधको शिकार हुँदा साइबर ब्युरोमा उजुरी गरौं। आफू प्रयोग गर्ने सामग्री वा पोस्टबारे दुईपटक सोचौं ।

डिजिटल साक्षरता अभियानमा सहभागी बनौं । नेपालमा सामाजिक सञ्जालको प्रयोग बढ्नु सकारात्मक विकास हो, तर यससँगै चुनौतीहरू पनि दिनप्रतिदिन गम्भीर बन्दै गइरहेका छन् ।

दर्ता प्रणाली, कानुनी चेतना र सामाजिक जिम्मेवारीको संयोजनले मात्र हामी सामाजिक सञ्जालको सुरक्षित, मर्यादित र उपयोगी प्रयोगतर्फ उन्मुख हुन सक्छौं । अब समय आएको छ सामाजिक सञ्जाल प्रयोग गर्दा ‘Like’ मात्र होइन, ‘लाइफ’ पनि सुरक्षित बनाऔं ।

तपाइँको प्रतिक्रिया ।