१२ औं एक्सेल्सियर कप : फुटलसमा काष्ठमण्डपको तेहोरो जित

१२ औं एक्सेल्सियर कप : फुटलसमा काष्ठमण्डपको तेहोरो जित
कपन अनलाइन
काठमाण्डौ ,माघ १९।

काष्ठमण्डप विद्यालयले १२ औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलमा सोमबार तीन खेलमा जित हात पारेको छ । तीन फरक उमेरसमूहमा जित हात पारेको काष्ठमण्डपले यु–९, यु–११ र यु–१३ सफलता पायो ।
यु–९ मा काष्ठमण्डपले राई स्कुललाई ४–० गोलले पराजित ग¥यो । काष्ठमण्डपका स्लोक रिमालले २ तथा अनय रेग्मीले १ गोल गरे । एक गोल आत्माघाती थियो ।
यु–११ मा काष्ठमण्डपले आयोजक एक्सेल्सियर (यल्लो) लाई ४–२ गोलले हरायो । विजेताका अधिराज श्रेष्ठले २ तथा नडुप प्रसाईं र शिभांकराज भट्टले १–१ गोल गरे । एक्सेल्सियरका दृशान्त कार्की र जम्बाला डोर्जे लामाले समान १–१ गोल गरे ।
यु–१३ मा काष्ठमण्डपले एक्सेल्सियर (नीलो) लाई ५–१ गोलले पाखा लगायो । काष्ठमण्डपका वैभव बुढाथोकीले २ तथा सुजस्विन ओझा, नेयोन भण्डारी र साहस्य सिंहले समान १–१ गोल गरे । एक्सेल्सियरका ओजस पाठकले सान्त्वना गोल गरे ।
यु–९ मा दोहोरा जित निकालेको कोहिनुरले लाइफ स्कुललाई १–० तथा एक्सेल्सियर (यल्लो) लाई समान २–० को नतिजामा पन्छायो ।
यु–१३ मा रिब्सले ज्ञानोदय बालवाटिकालाई १–०, एक्सेल्सियर (यल्लो) ले ज्ञानोदयलाई २–१, कोहिनुरले बोधीसत्वलाई ३–०, एआई स्कुलले सेक्रेड हार्टलाई ३–० र हार्ट ल्यान्डले सेक्रेड हार्टलाई २–१ गोलले पराजित गरे । किड्स लर्निङ र बोधीसत्वले गोलरहित बराबरी खेले । यु–१६ मा रिब्सले एलआरआईमाथि २–० को जित दर्ता ग¥यो ।
बोस्केटबल ः
एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको यु–१२ गल्र्समा आयोजक एक्सेल्सियर (यल्लो) ले युरो स्कुललाई २२–२ ले सहजै पराजित ग¥यो । जितमा सम्भावी अधिकारीले ६ अंक योगदान गरिन् ।
सिनियर ब्वाइजमा ज्ञानोदयले एलआरआईलाई ३४–२३, पुष्पसदनले संसकृति इन्टरनेसनल स्कुललाई ३९–३४ र रेडियन्ट पब्लिकले एक्सेल्सियरलाई २७–१३ ले हराए । ज्ञानोदयका साइमन क्षेत्रीले २१, पुष्पसदनका सम्राट लामाले २६ र रेडियन्टका सुसनराज न्यौपानेले १० स्कोर गरे ।
सिनियर गल्र्समा रिब्सले न्यु जेनिथलाई ३१–५, ल्यान्डमार्क एकेडेमीले ज्ञानोदयलाई २८–१५ र रेडियन्ट पब्लिकले चाँदबागलाई ८–६ ले पाखा लगाए । रिब्सकी सिस्का थापाले १०, ल्यान्डमार्ककी प्रतिक्षा राईले २२ र रेडियन्टकी सेजल रोकाले ५ अंक बटुले ।

तपाइँको प्रतिक्रिया ।