दोश्रो प्रयासलाई सुखद बनाउने अभियानमा काठमाडौं-४ का स्वतन्त्र उम्मेदवार डा.अर्चन शमशेर राणा
कपन अनलाइन
काठमाण्डौ ,माघ २०।
काठमाण्डौ क्षेत्र नं ४ मा स्वतन्त्र उम्मेदवार रहेका डा. अर्चन शमशेर राणा अहिले आक्रामक चुनावी अभियानमा रहेका छन। चुनावी मैदानमा दोश्रो पटक ओर्लिएका बरिष्ठ मृगौला रोग विसेसज्ञ डा. राणाले मेडिकल सुई ( Syringe) चुनाव चिन्ह लिएका छन।
काठमाण्डौ क्षेत्र नं ४ का विभिन्न क्षेत्रमा निरन्तर स्वास्थ्य सिविर आयोजना गर्दै सामाजिक अभियान संचालन गर्दै आएका उनले जनसरोकारका मुद्दाहरुलाई केन्द्रीय तहमा उठाउन आफुले प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वारी दिएको बताएका छन।२०७९ शालको निर्वाचनमा लौरो चुनाव चिन्ह लिएर उठेका उनले १२१४ मत प्राप्त गरेका थिए।
काठमाण्डौ महानगरपालिका वडा नं १ नक्सालका स्थायी बासिन्दा उनले MD,MPH र MBBS सहित विभिन्न विशेष शैक्षिक योग्यता प्राप्त गर्नुका साथै त्रिवी शिक्षण अस्पताल र मार्क केनेडी किड्नी सेन्टरमा व्यवसायिक योगदान समेत गरेका छन।
नेपालमा स्वस्थ मृगौला स्वस्थ जीवन अभियान संचालन गरेका उनले लायन्स क्लव अफ काठमाण्डौ कर्पोरेटमा आवद्ध हुदै समाजसेवाको क्षेत्रमा पनि आफ्नो विशेष योगदान दिएका छन।
सन् २०१६ मा स्थापना भएको मार्क रिडिंग रुमका प्रवर्द्धक समेत रहेका राणाल स्वास्थ्य क्षेत्रका विभिन्न अभियान तथा कार्यक्रमहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन।
तपाइँको प्रतिक्रिया ।
