काठमाण्डौ क्षेत्र नं ३ कांग्रेसको पहिलो चुनावी नारा “सभ्य,सालिन निस्कपट: रमेश अर्याल यस पटक”

काठमाण्डौ क्षेत्र नं ३ कांग्रेसको पहिलो चुनावी नारा “सभ्य,सालिन निस्कपट: रमेश अर्याल यस पटक”

कपन अनलाइन

काठमाण्डौ,माघ ८।

फागुन  २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै  काठमाण्डौ क्षेत्र नं. ३ बाट रमेश अर्याल  चुनावी मैदानमा उत्रिएका छन्।नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका अर्यालको पहिलो चुनावी नारा सामाजिक संजालमा सार्वजनिक  गरिएको छ।

गोकर्णेश्वर नगरपालिका वडा नं ६ का पुर्व अध्यक्ष रहेका अर्यालले सभ्य, शालीन र निष्ठावान् राजनीतिक गर्ने बताउदै सुशासन, जवाफदेहिता र जनमुखी विकासलाई आफ्नो प्राथमिकता दिने धारणा राखेका छन।

नेपाली कांग्रेसको चुनाव चिह्न रुख लिएर मैदानमा उत्रिएका उनले लोकतान्त्रिक मूल्य, समावेशी विकास र काठमाण्डौ क्षेत्र नं ३ मा  संस्थागत सुधारलाई अगाडि बढाउने बताउदै सहयोगका लागि सबैलाई आव्हान समेत गरेका छन।

“सभ्य,सालिन निस्कपट: रमेश अर्याल यस पटक”  पहिलो चुनावी नारा रहेको छ।

तपाइँको प्रतिक्रिया ।