ग्लोरी बचत तथा ऋण सहकारी संस्थाको १६ औ साधारण सभा सम्पन्न

ग्लोरी बचत तथा ऋण सहकारी संस्थाको १६ औ साधारण सभा सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,पुस ३०।

ग्लोरी बचत तथा ऋण सहकारी संस्था बुढानिलकण्ठ नगरपालिका वडा नं ३  को १६ औ साधारण सभा सम्पन्न भएको छ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष राजकाजी श्रेष्ठ अध्यक्षतामा भएको सो साधारण सभामा विभिन्न प्रतिवेदनहरु पारित गरिएको थियो।

उक्त साधारण सभामा संस्थाका प्रवन्धक जनक थापाले स्वागत मन्तव्य राख्दै सहकारीलाई नमुना बनाउनका लागि विभिन्न सामाजिक र आर्थिक गतिविधिहरु निरन्तर संचालन गरिरहेको जानकारी दिएका थिए।

संस्थाका शेयर सदस्यहरु , अन्य सहकारी संस्थाका प्रतिनिधि तथा अन्य सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको उक्त साधारण सभामा संस्थाको शेयर पुँजी ६ करोड ९ लाख २२ हजार ५ सय त् निक्षेप ३३ करोड ४७ लाख ८२ हजार ९३० रुपैया रहेको जानकारी दिइएको थियो ।

तपाइँको प्रतिक्रिया ।