काठमाण्डौ-४ को चुनावी मैदानमा चार “डाक्टर” : तिन प्राज्ञिक एक मेडिकल…..

काठमाण्डौ-४ को चुनावी मैदानमा चार “डाक्टर” : तिन प्राज्ञिक एक मेडिकल…..
कपन अनलाइन
काठमाण्डौ ,माघ १९।
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ मा चार जना डाक्टरहरु प्रतिस्पर्धामा उत्रिएका छन।विगतका तिन निर्वाचनमा निकै चर्चामा रहने गरेको काठमाण्डौ क्षेत्र नं ४ मा तिन प्राज्ञिक र एक मेडिकल डाक्टर चुनावी मैदानमा रहेका छन।
यस पटक यस निर्वाचन क्षेत्रमा नेकपा एमालेबाट डा.राजन भट्टराई, रास्ट्रिय प्रजातन्त्र पार्टीका डा. सुरेन्द्र भण्डारी संगै श्रम संस्कृति पार्टीका डा. बरण अमात्य र बरिष्ठ मृगौला रोग विषेशज्ञ डा.अर्चन शमशेर राणा विच चुनावी प्रतिस्पर्धा हुनेछ।
नेकपा एमालेका उम्मेदवार डा.भट्टराई काठमाण्डौ-४ मा २०७४ र २०७९ को निर्वाचमा उम्मेदवार रहेका थिए भने  डा. राणा २०७९ शालको निर्वाचनमा उम्मेदवार रहेका थिए।
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले तिन पटक जितेको यस क्षेत्रमा डा. अमात्य र भण्डारी पहिलो पटक मैदानमा रहेकी छन्
तपाइँको प्रतिक्रिया ।