तोकिएका बाहेक अन्य कम्पनी संग फोहोरमैला व्यवस्थापन नगर्न वडा नं १० को सुचना !

तोकिएका बाहेक अन्य कम्पनी संग फोहोरमैला व्यवस्थापन नगर्न वडा नं १० को सुचना !

कपन अनलाइन

काठमाण्डौ ,असोज २४।

बुढानीलकण्ठ नगरपालिका वडा नं १० ले फोहोर मैला संकलन तथा व्यवस्थापन सम्बन्धी सूचना जारी गरेको छ।

वडाले सार्वजनिक गरेको सूचना अनुसार सो क्षेत्रमा फोहोर संकलन तथा व्यवस्थापनका लागि पूर्वी मल्टिप्रोजेक्ट प्रा.लि. र इञ्जिन हाइज मल्टिप्रोजेक्ट प्रा.लि. लाई जिम्मेवारी तोकिएको छ।

 माथि तोकिएका कम्पनि बाहेक अन्य संग फोहोर व्यवस्थापन नगर्न आग्रह गर्दै वडाले सम्पूर्ण घरधनी तथा सरोकारवालालाई तोकिएका कम्पनीमार्फत मात्रै फोहोर व्यवस्थापन गर्न अनुरोध गरेको छ।

यसअघि वडामा देखिएका अव्यवस्थित फोहोर संकलन र व्यवस्थापनलाई व्यवस्थित बनाउन यस किसिमको कदम चालिएको कार्यालयले जनाएको छ।

तपाइँको प्रतिक्रिया ।