प्रेस विज्ञप्ति जेनजी आन्दोलनका सहिद सन्तानका लागि काठमाडौं युरो स्कुलको पूर्ण छात्रवृत्ति
कपन अनलाइन
काठमाण्डौ ,असोज २४।
गोंगबु–बनियाटारस्थित काठमाडौं युरो आईबी वर्ल्ड स्कूलले परिवर्तनकालागि ज्यान आहुति दिएका जेनजी आन्दोलनका सहिद परिवारका बालबालिकालाई पूर्ण छात्रवृत्तिमा अध्ययनको अवसर प्रदान गर्ने घोषणा गरेको छ।
विद्यालयले जेनजी आन्दोलनमा सहादत प्राप्त वीर सहिदहरूको सम्मानमा उनीहरूका सन्तान मध्ये एक जनालाई पूर्ण छात्रवृति (Full Scholarship) मा अध्ययन गर्ने अवसर दिने निर्णय गरेको हो।
विद्यालयका अध्यक्ष प्रमोद पाण्डेका अनुसार विद्यालयको सामाजिक उत्तरदायित्वर सहिदहरूको बलिदान प्रतिको सम्मान स्वरूप यस्तो घोषणा गरिएको हो ।
विद्यालयले सहिद परिवारका अभिभावक वा नातेदारहरूलाई आवश्यक प्रमाण सहित विद्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।
काठमाडौं युरो आईबीवल्र्ड स्कूलले यसअघि पनि सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग मूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।विद्यालयले सहिद सन्तानका लागि सुरु गरिएको यो छात्रवृत्ति कार्यक्रम अन्य शैक्षिक संस्थाका लागि पनि प्रेरणादायी उदाहरण बन्ने विश्वास व्यक्त गरेको छ।
