प्रतिभावान् कर्मयोगी कलाकार तथा कविको सम्झनामा : डा. महेश्वर शर्मा

प्रतिभावान् कर्मयोगी कलाकार तथा कविको सम्झनामा : डा. महेश्वर शर्मा

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १७।

यो हो एकजना बिर्सनै नसकिने मुर्धन्य कलाकार चराविज्ञ तथा कविहेम पौड्यालको यही २०८१ साल माघ २० गते आइतबार सम्पन्न प्रथम स्मृति दिवस कार्यक्रमसँग सम्बन्धित संक्षिप्त विवरण ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकको संयुक्त आयोजनामा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सभा हलमा हेम पौड्यालको चित्रकला र चित्रकला प्रतियोगितामा सहभागी विद्यार्थी कलाकारहरूको चित्रकला प्रदर्शनी, पुस्तक लोकार्पण तथा प्रतियोगीतामा सहभागी पहिलो दोस्रो तेस्रो हुने कवि, कलाकारलाई पुरस्कार अर्पण गरि कार्यक्रम सम्पन्न गरिएको थियो ।
प्रमुख अतिथि कुलपति भुपाल राई नेपाल प्रज्ञा प्रतिष्ठान र सभापति नारदमणि हार्तम्छाली कुलपति नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान रहनुभएको उक्त कार्यक््रmममा ललित कला प्रज्ञाप्रतिष्ठानका पूर्व, वर्तमान प्राज्ञहरू, नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व, वर्तमान प्राज्ञहरू, कलाकार साहित्यकारहरू, आफन्तजनहरूको बाक्लो उपस्थिति रहेको थियो । समारोहमा साहित्य तर्फबाट कविता विधामा शीषर््ाक हेम र कला, हेम र चरा, हेम र सौन्दर्य शीर्षकमा कविता लेखि प्रथम हुनुहुने अनाम उपेक्षितलाई रु.१० हजार, द्वितीय हुने अनिता ढकालाई रु ६ हजार, तृतीय हुने सुन्दर सिरिसलाई रु.४ हजार र त्यही शीर्षकमा चित्रकला सिर्जना गरि प्रथम हुने करिना बस्नेतलाई १० हजार, द्वितिय हुने चिराग राईलाई रु.६ हजार, तृतिय हुने शीतल महर्जनलाई रु.४ हजार सहित प्रमाणपत्र पुरस्कार अर्पण गरिएको थियो ।
स्वागत मन्तव्यका क््रmममा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कला विभाग प्रमुख प्राज्ञ सन्जय वान्तवाले एउटा सर्जक जैविक रुपमा विलिन हुन सक्छ तर प्रकृति सँगको सामिप्यता,सिर्जनामा मौलिक शिल्पगत विशेषतामा रहेका सिर्जना शक्तिले अमरत्व प्राप्त गर्ने हैसियत पनि सर्जक स्वयम्ले निर्माण गर्ने ल्याकत राख्ने विचार ब्यक्त गर्र्दै साहित्यकार र कलाकारका रुपमा हेम पौड्याल सदैव जिवित रहने बताउनु भयो ।
कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका माननीय कुलपति भुपाई राइले भन्नुभयो ‘कवि तथा कलाकारका रुपमा प्रशिद्धि कमाएका हेम पौड्याल एक दुरदर्शी कलाकार रहेको बताउँदै चरालाई विंव बनाएर कलाको सिर्जना गर्नु भनेको वातावरणीय सन्तुलनमा जीवजन्तु, कितपतङ्ग आदिको प्रमुख भूमिका रहेको सत्यलाई उजागर गर्नु रहेका बताउँदै कवि तथा कलाकार पौड्याल जनमानसमा युगौबाँची रहने विचार व्यक्त गर्नुभयो ।”
कार्यक्रममा सभापतीय मन्तव्य दिँदै ललित कला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले भन्नुभयो “हेम पौड्याल कलामा मात्र नभइ साहित्यमा समेत खुवी भएको बहुप्रतिभाशाली व्यक्तित्व भएकामा आफूलाई गर्वलागेको कुरा व्यक्त गर्नुभयो । हेम पौड्यालले २०६५ साल देखि वातावरण र चरा शीर्षककमा अभियान चलाएर, आफूले कला सिर्जना गरेर,कलाकारलाई युवा कला प्रतिभा पुरस्कार, महिला कला प्रतिभा पुरस्कारको ब्यवस्था गरेर नेपाली कला (ललित कला) को समृद्धिमा अतुलनीय योगदान पु¥याउनुभएको छ । आजको कार्यक्रममा पनि कविता प्रतियोगिता, चित्रकला प्रतियोगिता गरि पुरस्कार समेत अर्पण गरिनाले नयाँ पुस्तासँग जोडिने संबन्ध सेतुु निर्माण भएको छ । यसले हेम पोैड्याललाई जीवन्त बनाई राख्नेछ । उहाँ ससरिर यो संसार नरहेपनि उहाँले गर्नुभएको सत्कार्यले गर्दा उहाँलाई अमर बनाउने छ र हामी सबैको मन मस्तीष्कमा रहिरहनु हुनेछ ।
त्यसै गरि हेम पौड्यालकी धर्म पत्नी साहित्यकार गङ्गा कर्माचार्य पौडेलले कार्यक्रम आयोजक लगाएत उपस्थित सबैजनालाई धन्यवाद दिएकी थिइन् । समारोहमा गङ्गाले पुनरजन्म भए फेरि हजुरनै पति पाउँ शीर्षकको कविता वाचन गर्दा पुरै हल स्तब्द बनेको थियो ।
हेम पौड्यालका पुर्खा खोटाङ जिल्लाको प्वाँला गाउँका आत्रेय गोत्र बाह्मण वंशका थिए । पहिला प्वाँला भोजपुरमा थियो । पछि केही गाउँ भोजपुरबाट खोटाङ्खमा गाभेर सिमाना छुट््याइएको थियो । ब्राह्मण भएपनि हेमका बाजे माधवराज पौडेलको सारिरिक बनावट तन्दुरुस्तीका कारण सेनामा जागिरे हुन सफल भएका थिए ।उनी जागीरको सिलसिलामा यतै अर्थात् नेपालमै (उतीबेला काठमाडौंलाई नेपाल भन्ने गरिन्थ्यो) बस्नु पर्ने र पहाड घरकी जेठी पत्नी बाट सन्तान नहुँदा माधवराजले यतैको कन्यासित दोस्रो बिहा गरि मैतिदेवीमा बसेछन् । उनिबाट तीनभाईछोरा एउटी छोरी जन्मिएका रैछन् ।दुईभाई छोरा सानैमा वितेकोले बाँकी रहे १ छोरा १ छोरी । छोराको नाम गोपालकृष्ण छोरीको नाम कृष्ण कुमारी थियो ।माधवराव सेवा निवृत्त भएपछि गाउँमै गएर तेस्रो बिबाह गरि बसेकोे र यताकी पत्नी उता जान नमानेर यतै बसेको रहेछन् । गोपालकृष्ण १३ वर्षको भएपछि आफूसँग गाउँमालगेर उतैको कन्यासँग बिाबाह गराई गाउँमै राख्ने इच्छ्या भएपनि उनी त्यहाँ नबसेर नेपाल मै आएपछि कहिल्यै पनि गाउँ फर्किएन छन् । उनै गोपाल कृष्णका ६ जना सान्तान मध्य का कान्छ छोरा थिए हेम पौड्याल ।
१९९७ साल वैशाख ४ गते राम नवमी तिथिमा काठमाडौं मैती देवी जन्मिएका हेम पौड्याल पछि सपरिवार बत्तीस पुतली सरेपछि त्यहींका बासिन्दा बने । २०५०सालमा बत्तसिपुतलीबाट बूढानिलकण्ठ नगरपालिका १० शिवपुरी चोक कपनमा बस्दै आएका थिए । उनको कला सिर्जनाका सम्बन्धमा बुझ्दा हेमले सानै देखि चित्र कोर्न थालेका रैछन् । पुजाकोठामा भएका देवी देवताको फोटा हेर्दै, उनको घरको कौशीबाट देखिने राम मन्दीरको गजुर, आकासमा देखिने बादलको थुप्रो कापीमा उतार्न थालेछन् । ती चित्रहरू देखेर उनका भिनाजु बद्री प्रसाद थपलियाले यो केटाको प्रतिभा प्रस्फुटन गर्न गुरुको आवश्यकता पर्छ भनेर आफूसँगै लगेर भारतबाट कला विषय पढेर आउनु भएका कलाकार चन्द्रमान मास्केसँग भेटाइदिनु भएछ । त्यतीबेला अहिले जस्तो स्कूूूलमै कला विषयको पढाई हुदैनथ्यो । न त अरु कला विषयको कुनै छुट्टै संस्था थियो । त्यस्तो अवस्थामा चन्द्रमान मास्के जस्तो गुरु पाउनु हेमको अभोभाग्यनै मान्नु पर्छ । उनले पुुुरा एकवर्ष उहाँसँग कलाको प्रारम्भिक ज्ञान प्राप्त गरेपछि २०१६ सालमा घरेलु विभाग त्रिपुरेश्वरमा सरकारी तहबाटै कला प्रशिक्षणका लागि विदेशबाट प्रशिक्षक ल्याएर नेपालमा कलाकार उत्पादन गर्र्ने प्रशिक्षणको ब्यवस्था भएको रैछ । हेम ले पनि उक्त प्रशिक्षण कार्यशालामा सहभागी हुन दरखास्त हाले र छानिए पनि । उनी रात्री कलेजमा पढ्ने र दिउँसो कला प्रशिक्षणमा जाने गरि जर्मन प्रशिक्षक म्याकम्यानको नेतृत्वमा संचालित तिन वर्षे कोर्ष पुरा गरे ।

त्यसपछि पनि हेमले लैनसिंह वाड्देलबाट थप कला शिक्षा प्राप्त गरेका थिए । त्यतीबेला उनीसँगै अरू १६ जना प्रशिक्षर्थी पनि थिए । लैन सिंह बाङ्देल तत्कालिन नेपाल राजकिय प्रज्ञाप्रतिष्ठानको कुलपति भएको बेला हेम सहित केही कलाकारहरूलाई जागिरको ब्यवस्था गरेका थिए । २०२६ सालमा अमेरिकी नागरिक रवर्ट ल्फेमिङ्ख सिनियर र रवर्ट ल्फेमिङ्ख जुनियर बाबुछोरा मिलेर धेरै वर्षको अध्ययन पछि द वर्ड अफ नेपाल शीर्षकको पुस्तक प्रकाशन गर्न लाग्दा लैनसिंङ्ख वाङ्देलको संपर्कमा आएछन् । उनले आफ्ना १६ जना शिष्यहरूबाट छानेर हेम पौड्याल र हिरालाल डङगोलको नाम सिफारिस गरेछन् ।
हेम पौड्याल कम बोल्ने, काम धेरै गर्ने स्वभावका भएकाले उनलाई अँग्रेजहरूले धेरै रुचाउँथे । हेमले पनि गुुुरुको मार्गनिदेशन र अँग्रेजहरूको सङ्गत्ले गर्दा जीवनमा कामलाग्ने धेरै कुरा सिक्न पाए । हेमले त्यो किताबको काम सकिएपछि छपाईमा लाग्ने समयलाई सदुपयोग गर्दै पहिलो पटक २०३० सालमा दार्जिलिङ्, भोजपुर, विराटनगरमा एकल चित्रकला प्रदर्शनी गरेर आफनो कला प्रतिभा देखाए ।
। वर्डस् अफ नेपाल (नेपालका चराहरू)को त्यो पुस्तक तयार भएपछि संसारका ठूला सहरमा भएका अधिकाँस पुस्तकालयमा पुग्यो र उनले पुस्तक भित्र बनाएको चराको चित्र हेरेर कतिले त अर्डर पनि गर्न थाले । त्यो पुस्तकको माध्यमबाट उनि विदेशमा चिनिनुका साथै केही धन पनि आर्जन गरे ।
हेम पौड्यालले २०३४ साल फागुन ९ गते स्याङ्जाली चेली गङगा कर्माचार्यसंग लगन गाँठो कसेका थिए । गङ्गा स्याङ्जाकी पहिलो नारी कृतिकार हुन् । उनले बालसाहित्यमा प्रसिद्धि कमाएकीछन् ।२०३३ सालमा गङ्गाका केहीछालहरू कविता सङ्ग्रह किताब छाप्ने बेलामा हेमले त्यो किताबको आवरण बनाएका रहेछन् । हेमपनि कवि भएकाकारण दुइजनाको भावना मिल्यो ।त्यसपछि आफ्नो घरपरिवारको मन्जुरीमै उनले कवितामै गङ्गालाई विवाहको प्रस्ताव राखेछन् तर गङ्गाले उनको घरमा सोध्दा बुुबा कट्टर नेवार कुलका पूर्णलाल कर्माचार्यले मानेनछन् । त्यसपछि आमाले छोरीको सम्बेदनालाई बुझेर काठमाडौंबाटै विवाह गर भनेर अनुमति दिइछन् । आमाको आज्ञा लिएर काठमाडौंकी आफ्नो मिल्ने साथी उमागिरीको श्रीमान मङ्गलाप्रसाद गिरीले कन्यादान गरेर गुहेश्वरीमा गङ्गा र हेमको विवाह भएको रहेछ । हेम कला साधक गङ्गा साहित्य साधिका यि दुइको जोडीको मेल मिलाप र कला साहित्यमा प्राप्त गरेका ख्यातीका कारण उदाहरणीय मानिन्थ्यो । उनिहरू मिलेर कला र साहित्यमा पुरस्कारकोपनि स्थापना गरेका छन् । हेमले कला र साहित्य साधना गर्दा गर्दै २०८०साल माघ १७ गते यो संसारबाट बिदा लिए । अनि आफ्नो प्राण विहिन सरिरलाई माहाराजगञ्ज शिक्षण अस्पताललाई दान गरे । यो काम उनले तीनवर्ष अगाडि नै एनाटोमी विभागमा गएर सरिरदानको लागि इच्छ्या पत्र बुझाएका रहेछन् । उनको निधनबाट नेपालाी कला र साहित्य क्षेत्रमा अपुरणीय क्षती पुग्न गएको छ । दुःखका साथ भन्छु । अब अहिले हामीसँग उनको सम्झना मात्र बाँकी छ । गङ्गासँगै उनि बेलाबेलामा हाम्रो घरमा आउने गरेको झझल्को आउँछ । आखिर रहने त त्यही सम्झना मात्र न रहेछ । अन्तमा दिवङ्गत मित्र हेम पोड्यालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।