काठमाण्डौ क्षेत्र नं ४ का तिन जना नेपाली कांग्रेस केन्द्रीय प्रचार समितिमा मनोनित

काठमाण्डौ क्षेत्र नं ४ का तिन जना नेपाली कांग्रेस केन्द्रीय प्रचार समितिमा मनोनित

कपन अनलाइन

काठमाण्डौ,फगुन ३।

काठमाण्डौ क्षेत्र नं ४ का तिन जना नेपाली कांग्रेस केन्द्रीय प्रचार समितिमा मनोनित भएका छन।

कांग्रेसले गठन गरेको देवराज चालिसे संयोजकत्वको केन्द्रीय प्रचार  समितिको सदस्यमा विसुकुमार केसी, सुदर्शन आचार्य र केशव पाठक  मनोनीत भएका छन् ।

बुढानीलकण्ठ- ११ निवासी विसुकुमार केसी पूर्व प्रशासकका साथै नेपाली लेखक संघका केन्द्रीय कोषाध्यक्ष हुन् भने  बुढानीलकण्ठ- २ निवासी सुदर्शन आचार्य प्रेस काउन्सिलका पूर्व सदस्य रहेका उनि नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका पूर्व अध्यक्ष पनि हुन् ।

बुढानीलकण्ठ- १ निवासी केशव पाठक लामो समयदेखि  लेखन तथा पत्रकारितामा सक्रिय रहेका  छन् ।

तपाइँको प्रतिक्रिया ।